Skip to main content

धनगढी न्यूज

खेलकुद

आजदेखि एनपीएल सुरु हुँदै, यस्ता छन् सहभागी ८ टिम

आजदेखि एनपीएल सुरु हुँदै, यस्ता छन् सहभागी ८ टिम

१ मंसिर, काठमाडौं । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक सिटमा बसेर फ्लडलाइटमूनी खेल । धेरैको सपना थियो यो तर अब भने त्यो सपना बिपना बन्दैछ । क्रिकेट खेलाडीले फ्लडलाइटमूनि डे-नाइट म्याच खेल्नेछन् भने दर्शकले सिटमा बसेर त्यो खेल हेर्नेछन् । हो नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज देखि सुरु हुँदा नेपाली क्रिकेटमा नयाँ इतिहासको सुरुवात हुनेछ । त्यसको साक्षी बस्नका लागि खेलाडी, क्यान पदाधिकारी क्रिकेट समर्थक र सारा नेपाली तयार छ । पहिलो संस्करणको एनपीएल दिउँसो मात्र भएको थियो चने दोस्रो संस्करणमा ३२ मध्ये २३ खेल डे-नाइट म्याच हुनेछ र त्यसमा फ्लडलाइट बालिनेछ । आइतबारै मात्रै फ्लडलाइट र प्यारापिट…
Read More
क्रिकेटप्रति उत्साह जगाउन ‘ट्रफी टुर’

क्रिकेटप्रति उत्साह जगाउन ‘ट्रफी टुर’

धनगढी : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन लागेको सुदूरपश्चिम रोयल्सले सुरु गरेको एनपिएल ‘ट्रफी टुर’ समापन गरिएको छ। कैलालीको टीकापुरबाट शुक्रवार आरम्भ भएको ट्रफी टुर कञ्चनपुरको महेन्द्रनगर हुँदै पुनः कैलालीको धनगढी पुगेर शनिवार समापन गरिएको हो। समापनअघि धनगढीमा बाजागाजासहित ट्रफी प्रदर्शन गरिएको थियो। विज्ञापन एनपिएलको प्रचारप्रसारका साथै क्रिकेटप्रति सबैको उत्साह जगाउन रोयल्सले यो टुर आयोजना गरेको सुदूरपश्चिमवासी समेत रहनुभएका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए। समापनपछि आयोजित पत्रकार सम्मेलनमा रोयल्स टोलीका प्रशिक्षक जगत टमटासहित खेलाडीले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए। दोस्रो संस्करणको एनपिएल प्रतियोगिता आगामी मङ्सिर १ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। सुदूरपश्चिम रोयल्सबाट एनिपिएल खेल्ने टोलीमा…
Read More
क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चन्द

क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चन्द

कैलाली : नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताए। “यो क्रिकेटको स्वर्णिम युग हो। यसभन्दा पहिले नेपाली क्रिकेट यो उचाइमा कहिल्यै पुगेको थिएन,” उनले भने, “यो अवस्थासम्म पुग्नका लागि नेपाली क्रिकेटलाई माया गर्ने क्रिकेटप्रेमीको महत्वपूर्ण हात छ।” विज्ञापन नेपाललाई विश्वमा चिनाउनका लागि क्रिकेटले विशेष भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष चन्दले विश्वभरबाट माया र सहानुभूति पाइरहेको बताए। नेपाल प्रिमियर लिग ९एनपिएल०ले क्रिकेटलाई थप बलियो बनाएको भन्दै उनले…
Read More
फर्कियो नेपाली क्रिकेट टोली

फर्कियो नेपाली क्रिकेट टोली

नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। एक महिनाभन्दा लामो समय विदेश भ्रमणपछि नेपाली क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको हो। स्वदेश फर्किएको क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्का लगायतले स्वागत गरेका थिए। नेपाली टोली असोजको दोस्रो साता युएई पुगेको थियो। त्यहाँ वेस्ट इण्डिजसँग तीन खेलको टी-२० सिरिज खेलेको थियो। त्यसमा पहिलो दुई खेल जितेको नेपालले अन्तिम खेल गुमाएको थियो। तर टी-२० सिरिज भने कब्जा गर्न नेपाल सफल भएको थियो। त्यसपछि नेपाली टोली ओमान प्रस्थान गरेको थियो। त्यहाँ आइसिसी टी-२० विश्वकप २०२६ को एसिया छनोट खेल्यो। एसिया छनोटमा नेपालले अपराजित रहँदै विश्वकपमा स्थान पक्का गर्‍यो। समूह चरणका दुई…
Read More
चीनका विदेशमन्त्री वाङ यी अर्को साता भारत जाने, डोभालसँग सीमा वार्ता गर्ने

चीनका विदेशमन्त्री वाङ यी अर्को साता भारत जाने, डोभालसँग सीमा वार्ता गर्ने

चीनका विदेशमन्त्री वाङ यी अर्को साता भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग दुई देशबीचको लामो समयदेखि जारी सीमा विवादबारे वार्ता गर्नेछन्। यो भ्रमणलाई दुई विशाल छिमेकीबीचको सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार वाङ यीको भ्रमण आगामी सोमबार, अगस्ट १८ का लागि तय भएको छ। चिनियाँ विदेशमन्त्री र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारलाई दुई देशले आफूहरूबीचको विवाद समाधान गर्न 'विशेष प्रतिनिधि' नियुक्त गरेका छन्। त्यही हैसियतमा दुई जनाबीच भेट हुँदैछ। उनीहरूबीचको वार्ताको मुख्य एजेन्डा दुई देशबीचको सीमा विवादको राजनीतिक हल खोज्नु हो। यो भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सांघाई सहयोग…
Read More
काठमाडौं महानगरले दियो खोखो विश्वकप उपविजेतालाई ११-११ लाख पुरस्कार

काठमाडौं महानगरले दियो खोखो विश्वकप उपविजेतालाई ११-११ लाख पुरस्कार

रवीन्द्र ढाँटलाई दुई लाख नगद पुरस्कार दुई लाख नगद पुस्कार लिँदै रवीन्द्र ढाट। काठमाडौं महानगरपालिकाले खोखो विश्वकप प्रतियोगितामा उपविजेता बनेका पुरूष र महिला टोलीलाई ११/११ लाख नगद पुरस्कार प्रदान गरेको छ। यस्तै महानगरले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ। खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ। सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति थियो। यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो।   उक्त सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले यस्ता खेलले नेपालको शिर ठाडो बनाएको बताए।…
Read More
च्याम्पियन क्लाइम्बर स्वस्तिकाको अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्य

च्याम्पियन क्लाइम्बर स्वस्तिकाको अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्य

राष्ट्रिय च्याम्पियन बन्नका लागि उनले लागि धेरै संघर्ष र मिहिनेत पनि गरेकी छन् । त्यसैले उनको मन पहिलो सफलतामै रोकिन चाहन्न । ‘पहिलो पटक क्लाइम्बिङ स्पोर्टको राष्ट्रिय च्याम्पियन बन्दा एकदम गर्वको क्षण थियो’ नवलपरासी रामग्राम-१३ की स्वस्तिकाले अनलाइनखबरसँगको कुराकानीमा भनिन्, ‘एउटा नेशनल च्याम्पियनसिप जित्ने सपना पूरा भयो तर अझ धेरै गर्न बाँकी छ । जितेपनि अझै सन्तुष्ट भएको छैन किनभने यो सुरुवात जस्तै हो।’ च्याम्पियन बन्नका लागि उनले धेरै संघर्ष र मिहिनेत पनि गरेकी छन् । त्यसैले उनको मन पहिलो सफलतामै रोकिन चाहन्न । ‘सन् २०१६ देखि नै सुरु गरेको हो । स्टेप बाई स्टेप प्रोग्रेस भइरहेको थियो । सिधै…
Read More
एसपीएसँग ३ वर्षको सम्झौता

एसपीएसँग ३ वर्षको सम्झौता

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि सुदूरपश्चिमकै धनगढीस्थित एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा गर्व महसुस गरेको छ। एसपीए कलेजले सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) पनि सञ्चालन गर्दै आएको छ, जसले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने कार्य गरिरहेको छ। पहिलो सिजनदेखि नै एसपीए कलेजले टिमसँग सहकार्य गर्दै आएकोमा थप २ सिजन यो साझेदारी रहने हामी सहर्ष जानकारी गराउन चाहन्छौं । धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहनुभएका एसपीए कलेजका प्रबन्ध निर्देशक सुभाष शाहीले भन्नुभयो, 'हामीले देखेका छौं कि खेलकुदले युवालाई प्रेरणा दिने ठूलो क्षमता राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षाकोठाबाहिर…
Read More
यु-१६ टोलीका भट्ट र रावललाई एसपिए कलेजद्धारा नगदसहित सम्मान

यु-१६ टोलीका भट्ट र रावललाई एसपिए कलेजद्धारा नगदसहित सम्मान

एसीसी यु-१६ पुरुष ईष्ट जोन कप विजेता नेपाल यु-१६ टोलीका दुई होनहार सदस्य, सुदूरपश्चिमका गौरव क्रिकेटर सचिन भट्ट र सुशील रावल ज्यू लाई एसपीए कलेजले सम्मान गरेको छ । आज क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा खेलाडी द्धयलाई जनही नगद रु. २५ हजार रुपैयाँसहित उक्त सम्मान गरिएको हो । यसै अवसरमा उनीहरुलाई क्याम्पसमा स्नातकोत्तरसम्म अध्ययनका लागि पनि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको छ । सम्मानित खेलाडीहरू हालै मलेसियामा सम्पन्न ‘एसीसी मेन्स यू-१६ ईस्ट जोन कप क्रिकेट प्रतियोगिता’मा सहभागी भई नेपाली यू-१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीसँगै उपाधि जित्न सफल भएका थिए। कार्यक्रममा खेलाडिहरुले विद्यार्थीहरुमाझ आफ्ना विविध खेल अनुभव पनि साटेका थिए ।…
Read More
एलायन्स ‘प्लस टु’ द्धारा  POST SEE फुटसल प्रतियोगिता गरिदै

एलायन्स ‘प्लस टु’ द्धारा POST SEE फुटसल प्रतियोगिता गरिदै

कैलालीको धनगढीमा प्रथम एलायन्स प्लस टु पोष्ट एसइइ फुटसल प्रतियोगिता हुने भएको छ । ‘खेल स्वास्थ्यका लागि, विद्यार्थी राष्ट्रका लागि’ भन्ने मुल नारा सहित एलाइन्स प्लस टु धनगढीले शुक्रबारदेखि प्रतियोगिता गर्न लागेको हो। यही जेठ ३० र ३१ गते धनगढी ४ सौराई स्क्वायरमा उक्त प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगीताका खेलहरु फुटसल खेल नियमको अधिनमा रहि नकआउट स्वरुपमा खेलाइने प्राचार्य मनोज पन्तले जानकारी दिए । साथै बिहिबार कलेजमा नै प्रतियोगितामा सहभागि हुने टिमहरुको टाइसिट सार्वजनिक गरिएको छ । खेलाडीहरुलाई चोटपटक लागेमा प्राथमिक उपचार आयोजकको रहनेछ भने सो बाहेकको उपचार एबम अन्य दुर्घटना टिम आफै जिम्मेवारी हुनुपर्नेछ । खेलाडीहरुको खाना र बस्नको सम्पूर्ण…
Read More