27
Mar
धनगढी : १९ चैतमा कैलालीको धनगढीमा हुने छैठौं संस्करणको एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा गायक दुर्गेश थापाले प्रस्तुति दिने भएका छन् । आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अनुसार गायक थापाले अवार्ड कार्यक्रममा प्रस्तुति दिने तय भएको हो । थापा पछिल्लो गीत ‘दुश्मन हेरेको हेर्यै’को कारण चर्चामा छन् । उनको यो गीत युट्युबलको ग्लोबल ट्रेन्डिङमा समेत परेको छ । चैत १९ गते धनगढी रंगशालामा हुने कार्यक्रममा आठ विधामा अवार्ड प्रदान गरिनेमा वर्ष खेलाडी महिला, सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती बिष्ट र…






