09
Aug
काठमाडौँ — माओवादी केन्द्रको शुक्रबार सुरु हुने स्थायी समिति र त्यसपछि हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरूबाट दर्जनौं प्रश्न सामना गर्नुपर्ने भएको छ । ३६ वर्षदेखि पार्टीको मुख्य नेतृत्वमा रहेका उनीमाथि सत्ता मोहका कारण पटकपटक गठबन्धन फेरेको, पार्टीमा सामूहिक निर्णय नगरेको, दोस्रो तहका नेताहरूको नेतृत्व विकासका लागि बाटो खुला नगरेको जस्ता प्रश्न उठाउने तयारीमा नेताहरू रहेका छन् । माओवादीको गत साता भएको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले खुलेर धारणा राख्न भनेपछि पदाधिकारीहरूले सत्ताका लागि पटकपटक गठबन्धन फेर्दा सर्वसाधारणमा गलत सन्देश गएको, संगठनले गति लिन नसकेको, नेता तथा कार्यकर्ताको कार्यशैली झन् बिग्रिएको टिप्पणी गरेका थिए । उनीहरूले कांग्रेस–एमालेको गठबन्धन बनेपछि माओवादीलाई संगठन…






