Skip to main content

धनगढी न्यूज

पालिका

जितुको ‘ज्वाइँसाब’ र दीपक–दीपाको ‘छक्का पञ्जा-५’ भिड्ने पक्का

जितुको ‘ज्वाइँसाब’ र दीपक–दीपाको ‘छक्का पञ्जा-५’ भिड्ने पक्का

काठमाडौं– यसपालीको दसैंको फूलपातीमा दुई नेपाली फिल्म हलमा लाग्ने भएका छन् । बक्स अफिसमा सर्वाधिक हिट सिरिज छक्का पञ्जाको पाचौँ सिक्वेल ‘छक्का पञ्जा–५’ तथा जितु नेपाल र नीति शाह शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँसाब’ असोज २४ गते प्रदर्शनमा आउन लागेका हुन् ।  छायाकंनमा निस्किँदा जेठमै छक्का पञ्जा टिमले प्रदर्शन मिति फूलपातीलाई तोकेको थियो । प्रचार सामाग्रीका रुपमा यस फिल्मको गीत सोमबार सार्वजनिक भएको छ । यता जितु नेपालको फिल्म ‘ज्वाइँसाब’ले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै फूलापातीलाई नै प्रदर्शन मिति तोकेको छ । यससँगै यी दुई फिल्मले हलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।  महानायक विवादमा मुछिएपछि जितुले ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई निकालेका थिए । त्यसपछि जितु छक्का पञ्जा टिमबाट बाहिरिए । यही कारण जितु र छक्का…
Read More
दार्चुलामा तितरा हेडसरले अफिसमै चुरोट तानेपछि…

दार्चुलामा तितरा हेडसरले अफिसमै चुरोट तानेपछि…

काठमाडाैं: दार्चुलाको एक विद्यालयका प्रधानाध्यापकले कार्यकक्षमै चुरोट सल्काएको पाइएको छ। विद्यार्थी मात्र होईन, शिक्षकलाई पनि नेतृत्व गर्ने हेडमास्टरले नै कार्यकक्षमा चुरोट तानेको भिडियो बाहिर आएको हो। शैल्यशिखर नगरपालिका–१ मा रहेको कृष्ण मावि बलाचका प्रधानाध्यापक जनक तितराले कार्यकक्षमै चुरोट तानेको भन्दै चर्को आलोचना भइरहेको छ । ‘प्रअले अफिसमै चुरोट खाइरहेका छन्। हेर्नुहोस योबाट विद्यार्थीले के सिक्ने त ? यस्ता शिक्षकलाई तुरुन्त काबाही होस्। यो घर होइन सरकारी अफिस हो ’ स्थानीय चन्द्रदेव भन्छन्। यस विषयमा प्रअ तितराले कुनै प्रतिक्रिया दिएका छैनन्।कानुनी रुपमा नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ। उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी…
Read More
कञ्चनपुरमा पानीमा डुबेर एक बालिका घाइते

कञ्चनपुरमा पानीमा डुबेर एक बालिका घाइते

कञ्चनपुरः कञ्चनपुरमा पानीमा डुबेर एक बालिका घाइते भएकी छन्। जिल्लाको  बेदकोट नगरपालिका–५ धरमपुरकी १ वर्षीया बालिका भागरति डगौरा घाइते भएकी हुन्। उनी आफ्नै घरको आगनमा खेल्ने क्रममा बाल्टीको पानीमा डुबेर घाइते भएकी हुन्। घाइते भागरतिको महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा सामान्य उपचार पछि थप उपचारका लागी सेती प्रादेशीक अस्पताल धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् । बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइनजिक पुग्छ । तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एकढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन ।
Read More
गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने

गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ। नगरपालिकाले १६ महिनाअघि नै विद्युत प्राधिकरणसँगको साझेदारीमा बत्ती जडानका लागि रकम जम्मा गरिएको भए पनि पहिलो टेण्डर रद्द गरिएको थियो। गोदावरी नगरपालिकाभित्र पर्ने ६ लेन सडकमा चालु आर्थिक वर्षभित्रै स्मार्ट बत्ती बाल्ने योजना अनुसार दोस्रो पटक टेण्डर आह्वान गरिन लागेको हो। करिब ७ किलोमिटरमा चालु आर्थिक वर्षभित्रै झिलिमिली हुने नगरपालिकाको दाबी छ। नेपाल विद्युत प्राधिकरण र गोदावरी नगरपालिकाको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान हुने भएको छ। नगरपालिकाको ६५ प्रतिशत र प्राधिकरणको ३५ प्रतिशत लगानीमा स्मार्ट सडक बत्ती जडान हुने नगर प्रमुख बिरेन्द्र भट्टले बताए। ‘हामी निर्वाचित…
Read More
धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदी चोरी

धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदी चोरी

धनगढी: धनगढीमा एक जना शिक्षकको घर फुटाएर सुन र चाँदीका गरगहनासहित नगद चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–४ को उत्तरबेहडीका शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने फुलबारीका हर्क गिरीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार गिरीले कोही नभएको मौका छोपेर २३ गते बिहान ११ बजेतिर ओझाको उत्तरबेहडीस्थित घरको ढोका फुटाएर १५ तोला सुनका गरगहना, कम्तीमा ६० तोला चाँदीका गरगहना र २५ हजार रुपैयाँ नगद चोरी गरेका थिए। ओझाले घरमा चोरी भएको प्रहरीलाई खबर गरेपछि बुधबार र बिहीबार उनको खोजी गरिएको थियो। प्रहरीले बिहीबार (हिजो) राति करीब १२ बजेको समयमा एलएनचोकस्थित अमित प्लाजा नजिकै…
Read More
कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु

कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु

धनगढी : कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ दुवाहाका ५२ वर्षीय करन सिंह महराको डुबेर मृत्यु भएको हो। महरा सोही ठाउँको कलभर्टमा डुबेको अवस्थामा मङ्गलवार दिउँसो मृत फेला परेका हुन्।
Read More
दोधारा चाँदनी घटना: बाघले खाएकी आमाको खोजीमा दुधे बालक

दोधारा चाँदनी घटना: बाघले खाएकी आमाको खोजीमा दुधे बालक

धनगढी: कञ्चनपुरमा निकै दु:खद घटना घट्यो। आज बिहानै जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहलाई बाघले आक्रमण गरेपछि उनको स्वर्गारोहण भएको छ। उनी आज बिहीबार बिहानै घर नजिकैको खेतमा घाँस काट्न गएकी थिइन्। उनको घर नजिकै करिब १० बिगाह क्षेत्रफलमा फैलिएको उखुबारी छ। उनी सोही खेतमा घाँस काटिरहेका बेला नरभक्षी बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। प्रहरीका अनुसार बाघले करिब ५० मिटर घिसारेको थियो। त्यसपछि उनको त्यहीँ घटनास्थलमै मृत्यु भयो। अहिले उनको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताइएको छ। केहीदिनदेखि दोधारा चाँदनी नगरपालिका–२ मा बाघ देखिएको थियो। मृतक हीरा र मीना शाह देउरानी जेठानी हुन्, उनीहरू…
Read More
केआईसिंह राजमार्ग अवरुद्ध

केआईसिंह राजमार्ग अवरुद्ध

(धनगढी)- डडेल्धुरामा पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । बुधबार जिल्लाको गन्यापधुरा गाउँपालिका-३ पुलाउ खोला, खडाखोला र कोरालखोलामा पहिरो जाँदा डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आलिताल गाउँपालिका-८ सुनखोलामा पहिरो जाँदा बुडर-जोगबुढा भित्रि सडकखण्ड पनि अवरुद्ध भएको छ ।  
Read More
१८ वर्षपछि पनि महाकाली आयोजना २२ प्रतिशत मात्र सम्पन्न

१८ वर्षपछि पनि महाकाली आयोजना २२ प्रतिशत मात्र सम्पन्न

कञ्चनपुरः अठार वर्षअघि प्रारम्भ भएको  भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् । विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ। ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु सात अर्ब ६८ करोड खर्च भएको छ। कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२…
Read More