Skip to main content

धनगढी न्यूज

प्रदेश

सिंहदरबार धाउँदै जनप्रतिनिधि

सिंहदरबार धाउँदै जनप्रतिनिधि

काठमाडौँ, साउन ११ गते । हरेक नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै सिंहदरबारमा बेग्लै चहलपहल हुने गर्छ । सिंहदरबारमा हुने यो चहलपहल बजेट र योजना माग गर्नेको नभई कर्मचारी माग गर्ने स्थानीय तहका जनप्रतिनिधिहरूको हो । नयाँ आव सुरु भएसँगै स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन् । यो समस्या धेरैअघिदेखि र बर्सेनि आउने भए पनि यसको समाधानका लागि ठोस प्रयास हुन सकेको छैन । त्यसै कारण यस वर्ष पनि स्थानीय तहका अध्यक्ष र प्रमुखहरू आफ्नो नेतृत्वको सरकार चलाउन प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउन थालेका छन् । सरकारले स्थानीय तहमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड तर्जुमा गर्दै छ । उक्त मापदण्ड निर्माणमा ढिलाइ भएकाले कर्मचारी खोज्न जनप्रतिनिधि…
Read More
सौर्यका पाइलटले डाक्टरलाई भने- सय फिट उडेपछि जहाज उड्न नसकेर अड्कियो

सौर्यका पाइलटले डाक्टरलाई भने- सय फिट उडेपछि जहाज उड्न नसकेर अड्कियो

काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य हुँदै गएको जनाएको छ । काठमाडौंबाट बुधबार बिहान ११ः११ मिनेटमा प्राविधिक र इन्जिनियर बोकेर पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको थियो । घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार जारी छ । उक्त दुर्घटनामा परेका क्याप्टेन शाक्यलाई उद्धार गरिएपछि अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको  छ ।   के भने पाइलट शाक्यले?  यसैबीच…
Read More
आठ विद्यालयमा न्यून विद्यार्थी

आठ विद्यालयमा न्यून विद्यार्थी

हुम्ला, साउन १० गते  । उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका आठ वटा विद्यालयमा पच्चीस भन्दा कम विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । माथिल्लो कक्षा छोड्ने क्रम वृद्धि भएसँगै ती विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको हो । नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बुढाले आफ्नो गाउँपालिकामा पच्चीस भन्दा कम विद्यार्थीहरू भएको विद्यालय सङ्ख्या आठ वटा रहेको बताउनुभयो । उक्त गाउँपालिकामा जम्मा चौध वटा विद्यालयहरू रहेका छन् । उहाँले बर्सेनि विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको बताउँदै यसो हुनुमा माथिल्लो कक्षा चढ्ने बित्तिकै विद्यार्थीहरूले विद्यालय छोड्दा यो अवस्था आएको बताउनुभयो । यो सङ्ख्या इसिममा प्रविष्टि गरेको विवरणमा देखिए पनि वास्तव मै…
Read More
सुदूरपश्चिम प्रदेशमा बजेट अभावको अवस्था

सुदूरपश्चिम प्रदेशमा बजेट अभावको अवस्था

एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ। प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि बजेट शून्यता भएको हो। बजेट पारित नहुँदा साउन १ गतेदेखि प्रदेश सरकारको राजस्व सङ्कलन र खर्च ठप्प छ। सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, नेकपा ९एमाले०ले  समय छँदै बजेटमाथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गरेको र अन्य वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याएको आरोप विपक्षीले लगाउँदै आएका छन्। मुख्यमन्त्री सोडारी भने प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्। मुख्यमन्त्री विश्वासको मत लिने मनस्थितिमा रहेका उनका…
Read More
छ वर्षको अनुसन्धानमा निर्मला पन्त हत्या प्रकरण: नतिजाविहीन महँगो प्रयास

छ वर्षको अनुसन्धानमा निर्मला पन्त हत्या प्रकरण: नतिजाविहीन महँगो प्रयास

१० साउन, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । गृह प्रशासन ‘अनुसन्धान जारी छ, अत्यन्त नजिक पुगेका छौं’ भन्ने रेडिमेट जवाफमा सीमित छ । १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त-१८ का १५ वर्षीय सनी खुनाको ज्यानै…
Read More
“ईन्जिनियर पन्तकी आमाको असामयिक निधन: विश्व हिन्दु परिषद धनगढीमा शोक”

“ईन्जिनियर पन्तकी आमाको असामयिक निधन: विश्व हिन्दु परिषद धनगढीमा शोक”

धनगढीः विश्व हिन्दु परिषद धनगढीका अध्यक्ष ईन्जिनियर महेन्दराज पन्त र ईन्द्रराज पन्तकी आमाको निधन भएको छ। धनगढी उपमहानगरपालिका-५ हसनपुरका ईन्जिनियर पन्तकी आमा ९० वर्षीया नर्वदा देवी पन्तको आज निधन भएको हो। उनको शव यात्रा एकताटोल हसनपुरबाट आज दिउँसो १ बजे त्रिवेणाी घाटका लागि हुने पारिवारिक स्रोतले जनाएको छ।  
Read More
पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, बागमती, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको…
Read More
सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

काठमाडौँ, साउन ९ गते । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । उहाँका अनुसार सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन,  डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल रहनुभएको छ । त्यस्तै शोकका लागि साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले २०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय…
Read More
अदालतको आदेशको अवज्ञा: गोदावरी-१० मा विद्यालय विवादले वडाबासीलाई आन्दोलित गरायो

अदालतको आदेशको अवज्ञा: गोदावरी-१० मा विद्यालय विवादले वडाबासीलाई आन्दोलित गरायो

कैलालीको गोदावरी -१० मा रहेको श्री शंकर आधारभुत माध्यमिक बिधालय मा वडा कार्यालय तत्काल नबनाउन र बिधालय समायोजन नगर्न अदालत आदेश दिएपछि पनि गोदावरी नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै  स्थानीय आन्दोलित भएका छन् । उनिहरुले बुधबार पत्रकार सम्मेलन गरी नगरपालिका विरुद्ध खनिएका छन् । संघर्ष समितिका संयोजक एबम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बासुदेब भट्टले बदनियतपुर्ण तवर ले बिधालय मर्ज गरिएको बताए। सरकारी मापदण्ड अनुसार नै बिधालयमा बिद्यार्थी भएपनी गाउँमा बिबाह परेको दिन नगरप्रमुख नेतृत्वमा छड्के अनुगमन गरिएको आरोप लगाए । उनले अहिले पनि बिधालय मा ९६ जना विद्यार्थी रहेको दाबी गरे। नगरपालिका मा गएको रिपोर्टमा योजना बद्द  रूपमा ५५ जना मात्रै…
Read More
प्रधानमन्त्रीलाई गेटामा विश्वविद्यालय खोल्न आग्रह गर्दै ज्ञापनपत्र

प्रधानमन्त्रीलाई गेटामा विश्वविद्यालय खोल्न आग्रह गर्दै ज्ञापनपत्र

धनगढी: कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र सञ्चानल प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल सरकारले २०७९ माघ २९ गते गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय अनुसार विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ। उक्त विधेयक चालु अधिवेशनबाट नै पारित गरी विश्वविद्यालय स्थापना र सञ्चालनको वातावरण बनाउन संघर्ष समितिले आग्रह गरेको छ। राज्यबाट सुदूरपश्चिम अहिलेसम्म उपेक्षित पारिएकाले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउनु पर्ने माग गरिएको छ। सरकारलाई ६ सय शय्या क्षमताको अस्पताल चलाउन र विधेयक समेत पास गर्न ज्ञापनपत्रमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको…
Read More