08
Aug
धनगढी: सुदुरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउन लागेको छ । तत्कालिन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट फेल भए सगैं प्रदेशमा बजेट शुन्यता शुरु भएको थियो । साउन १ गतेदेखी प्रदेश सरकारले राजश्व समेत सकंलन गर्न पाएको थिएन । राजश्व सकंलनका लागी प्रदेशको मन्त्रीपरिषद बैठकले कर संकलन सम्बन्धी अध्यादेश पारित गरिसकेको छ । अब केही दिन भित्रे नयाँ बजेट सदनमा पेष गर्ने सरकारको तयारी छ । बिगतको सरकारले ल्याएको बजेट फेल भइसक्यो हामीले तत्कालको समस्या हल गर्न राजश्व सम्बन्धी अध्यादेश पास गरेका छौँ मुख्यमन्त्री कमल बहादुर शाहले भने “अब बजेट शुन्यताको समस्या हल गर्ने गरी चाँडै प्रदेशसभामा बजेट पेस गरेर…






