09
Aug
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा न १० को खमौरामा विशाल खानेपानी आयोजनाको निर्माण शुरु भएको छ। एक घर एक धारा भन्ने उद्देश्यका साथ शुक्रबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा उक्त खानेपानी ट्याङ्कीको सिल्यान्यास गरिएको हो। शिलन्यास पश्चात् नगर प्रमुख विरेन्द्र भट्टले गोदावरी नगरपालिकाबाट आफ्नै स्वामित्वमा निर्माण हुन गइरहेको खानेपानी ट्याङ्की सुदुरपस्चिम प्रदेशको स्थानीय सरकारको यो पहिलो योजना रहेको बताए। उनले वडा नं १० बासीहरुको घर-घरमा धारा पुर्याई २ वर्ष भित्रमा शुद्ध खानेपानीको पहुँचमा ल्याउने उद्देश्यका साथ नगरपालिका यस कार्य अघि बढाएको बताए। गोदावरी नगरपालिका ईन्जिनियर तथा खानेपानी आयोजना प्रमुख पूर्ण कुँवरका अनुसार यस क्षेत्रका करिब १ हजार १ सय…






