26
Jul
पहिलो पटक रङ्गशाला बाहिर उद्घाटन। विगतका धेरै ओलम्पिक खेलकुद महोत्सवमा प्रभाव जमाएको रुसको अनुपस्थिति। केही नयाँ खेल। यी र यस्तै कारणले पेरिसमा शुक्रबार मध्यरातमा उद्घाटन हुने ओलम्पिक खेलकुदको विशेष महत्त्व छ। महत्त्व यत्तिमा सीमित छैन। एक सय वर्ष अघि पनि ओलम्पिक खेलकुदको आयोजना गरेको पेरिसमा अहिले पनि ओलम्पिक खेलकुदको आयोजना हुँदैछ। एक शताब्दी बिचका पेरिस ओलम्पिकमा धेरै भिन्नता आएका छन्। खेल सङ्ख्यामा, खेल स्तरमा र प्रविधिमा ठुलो उपलब्धि भएको छ। सबै क्षेत्रमा संसारले फड्को मारेको छ। यो दुई साता भन्दा लामो समयको खेल महोत्सवलाई संसारले चासो पूर्वक हेरेको छ। ओलम्पिक खेलकुदको इतिहासमा फ्रान्सको सबै भन्दा ठुलो र महत्त्वपूर्ण भूमिका छ।…






