Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक

गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन ।  यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ । ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक…
Read More
घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलामा महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलामा महिलाको मृत्यु

दार्चुलाः भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ।  जिल्लाको लेकम गाउँपालिका-१ काँटैकी सरिता साउँदको मृत्यु भएको हो । साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त दीपकबाबु साउँदले बताए ।
Read More
कञ्चनपुर झलारीकी किशोरीको रहस्यमय बेपत्ता: खोजी कार्य जारी

कञ्चनपुर झलारीकी किशोरीको रहस्यमय बेपत्ता: खोजी कार्य जारी

कञ्चनपुरः कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीकी १८ वर्षीया ममता नेपाली बेपत्ता भएकी हुन्। उनको खोजीकार्यमा सहयोग गरिदिन वा फेला परेमा ९८१२६५१९४५ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्।
Read More
धनगढीस्थित बाबा बिजुली भण्डारमा आगलागी

धनगढीस्थित बाबा बिजुली भण्डारमा आगलागी

धनगढीस्थित बाबा बिजुली भण्डारमा आगलागी भएको खबर छ। धनगढी चौराहमा रहेको बाबा बिजुली भन्डारको गोदाममा आइतवार साँझ बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त आगलागी नगरपालिकाको दमकल, प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएको हो। आगलगीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।  
Read More
सुदूरपश्चिम विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बिच शैक्षिक बिकासको लागी द्विपक्षीय समझदारी

सुदूरपश्चिम विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बिच शैक्षिक बिकासको लागी द्विपक्षीय समझदारी

सुदूरपश्चिम विश्वविद्यालय (FWU) नेपाल र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्‌की IITR, INDIA बिच हालै  दुई संस्थाबीच शैक्षिक र अनुसन्धानात्मक सहकार्यलाई सुदृढ गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । उक्त द्विपक्षीय समझदारी पत्र  मा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, र समकक्षी इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी रुड्‌की का निर्देशक प्रा. डा. के. के. पन्तले हस्ताक्षर गरे। उक्त द्विपक्षीय सामझदारीले विश्वविद्यालयको शैक्षिक इतिहासमा नयाँ अध्याय थपिएकोमा प्रा. डा. के. के. पन्तले खुशी ब्यक्त गर्दै  दुई संस्थाहरू बीच दिगो र पारस्परिक रूपमा प्राज्ञिक सहकार्यलाई बढावा दिन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । FWU र IITR बिचको साझेदारीले संयुक्त…
Read More
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौँ– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति रायको हत्या भएको हो । ८० वर्षीय रायको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाबारे प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेकाे छ । राय २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।
Read More
त्रिविमा पनि मौका परीक्षा

त्रिविमा पनि मौका परीक्षा

काठमाडौँ, साउन ७ गते । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अन्तर्गत अन्तिम वर्षको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।  कुनै एक विषयमा मात्र अनुत्तीर्ण भए पनि अर्को परीक्षाका लागि वर्ष दिनसम्म कुर्नपर्ने बाध्यताको अन्त्य गर्दै त्रिविले मौका परीक्षा दिन पाउने नीतिगत व्यवस्था गरेको हो । यो व्यवस्था कार्यान्वयनमा आएपछि विद्यार्थीले राहत महसुस गर्ने विश्वविद्यालयको अनुमान छ । विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालका अनुसार प्राज्ञिक परिषद्ले यस विषयमा निर्णय गरिसकेको छ । सम्बन्धित निकायमा पत्राचार गरेर कार्यान्वयनका लागि निर्देशन दिइने उहाँले जानकारी दिनुभयो । मौका परीक्षाको अवसर एक वा दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई मात्रै दिइने छ । बरालका अनुसार अन्तिम वर्षको परीक्षाको नतिजा सार्वजनिक…
Read More
काठमाडौँ, साउन ६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाउनुभएको छ।  प्रधानमन्त्री नियुक्त भएको एक सातामै उहाँले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाउनुभएको हो। प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुभएको थियो। उक्त प्रस्तावमाथिको लामो छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा कुल उपस्थित २६३ सांसद सङ्ख्यामध्ये उहाँको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको हो । एक जना सदस्य भने तटस्थ बस्नुभएको छ । सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान…
Read More
सुदूरपशिचम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसले कमलवहादुर शाहलाई बनाउने

सुदूरपशिचम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसले कमलवहादुर शाहलाई बनाउने

नेपाली कांग्रेसले सुदूरपशिचम प्रदेशमा कमलवहादुर शाहलाई नै मुख्यमन्त्री बनाउने भएको छ। अहिले भएको केन्द्रमा कांग्रेस र एमालेको गठबन्धनपछि नेपाली कांग्रेसले शाहलाई नै फेरि प्रदेशको मुख्यमन्त्री बनाउने तयारी गरिरहेको जनाएको हो। नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले केन्द्रमा नेकपा एमाले र माओवादी, रास्वपा लगायतका दलको नयाँ समीकरण बनेपछि गत चैत २२ गते राजिनामा दिएका थिए। यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तीको सर्मथनमा १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरेका शाहले फेरि मुख्यमन्त्रीको जिम्मेवारी पाउने भएका हुन्।मुख्यमन्त्री शाह २०७९ माघ २६ गते सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा नयाँ समिकरणपछि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घवहादुर…
Read More
यमनमा इजरायलको हवाई आक्रमण

यमनमा इजरायलको हवाई आक्रमण

साउन ६, २०८१ हुथी विद्रोहीले इजरायलको राजधानी तेल अभिवमा ड्रोन आक्रमण गरेको एक दिनपछि इजरायलले यमनमा हवाइ आक्रमण गरेको छ । हुथी विद्रोही समूहलाई लक्षित गर्दै इजरायलले लाल सागर क्षेत्रमा रहेको तेल भन्डारण र त्यसको नजिकै रहेको ऊर्जा केन्द्रमा हवाइ आक्रमण गरेको बीबीसीले जनाएको छ । इजरायली आक्रमणमा तीन जनाको ज्यान गएको र ८० जनाभन्दा धेरै घाइते भएका हुथी विद्रोही समूह समर्थित संचारमाध्ययमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हुथी अधिकारी मोहम्मद अब्दुल सलामले इजरायलको बर्बर आक्रमण भन्दै यसको जवाफ दिने चेतावनी दिनुभएको छ । इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले आफ्नो देशले हुथी आन्दोलनकारीलाई सन्देश दिन मात्रै चाहेको भन्दै हुथीले थप…
Read More