21
Jul
धनगढीः कैलालीको अत्तरियामा जताजतै जुवाखाल चल्ने गरेको पाइएको छ। अत्तरियामा सञ्चालित केही होटल र संघसंस्थाका कार्यालयमा समेत जुवा खेल्न जुवाडे समुह जम्मा हुने गरेको पाइएको हो। २०८१ बैशाख मा मात्र अत्तरियामा ५ जुवाडे पक्राउ परेका थिए। एक लाख ५५ हजार २ सय नगदसहित ५ जुवाडे पक्राउ परेका थिए। अत्तरियामा रहेको रेडसन प्लाजाको दोस्रो तलाको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ५५ हजार २ सय नगदसहित ५ जनालाई पक्राउ गरेको थियो। २०८० असोजमा इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–४ बास्कोटाबाट ५ जुवाडेलाई पक्राउ गरेको थियो। लोकबहादुर खड्काको पसलमा जुवा खेलिरहेको अवस्थामा ३ गड्डी तास र नगद २० हजार ५७० रुपैयाँसहित ५…






