Skip to main content

धनगढी न्यूज

समाज

दाउन्नेमा फेरि भासियो सडक, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

दाउन्नेमा फेरि भासियो सडक, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं : पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार साँझ बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो । मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन शुरु गरिए पनि फेरि सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनँका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रयास भइरहेको छ । सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उनले बताए।
Read More
किन हुन्छ कपाल झर्ने र फुल्ने समस्या, जोगाउने कसरी?

किन हुन्छ कपाल झर्ने र फुल्ने समस्या, जोगाउने कसरी?

सामान्यतया कपाल फुल्नु (सेतो हुनु) लाई बुढ्यौली लागेको उपमा दिइने गरिन्छ। तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ सही हुँदैन। आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ। उमेर पुगेपछि कपाल फुल्नु स्वाभाविक भए पनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ। सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्। कपाल फुल्नुको मुख्य कारण वंशाणुगत हो। आइरन, क्याल्सियम, भिटामिन डी, भिटामिन बी-१२ को कमीले…
Read More
मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली  बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई…
Read More
नवरात्रि : आश्विन शुक्ल तृतीयाको पूजाविधि

नवरात्रि : आश्विन शुक्ल तृतीयाको पूजाविधि

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।। आज हामी नवरात्रिको तेस्रो दिन अर्थात् आश्विन शुक्ल तृतीयाको पूजाविधि सम्बन्धमा चर्चा गर्नेछौँ । सर्वप्रथम कुरा गरौँ, तिथि र मितिबारे । २०८१ आश्विन महिनाको १९ गते तृतीया तिथि परेको छ । यस दिन सदाजस्तै बिहान ब्रह्म मुहूर्तमा उठेर स्नान गर्नुपर्छ । स्नानपश्चात् शुद्ध र पवित्र वस्तुहरू धारण गरेर पूजाकोठामा प्रवेश गर्नुहोस् । शुद्ध पवित्र आसनमा बस्नुहोस् । आफ्ना अगाडि एक भाग सामान्य पूजासामग्री, पञ्चपात्र, आचमनी, कर्मपात्र, पञ्चामृत, फूलहरू, मालाहरू, चढाउने नैवेद्य लगायत सबै सामग्री तयार पारेर राख्नुहोस् । पूजा गर्दा निम्न मन्त्र भनेर तीनपटक आचमन…
Read More
सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० सय रुपैयाँ कायम भएको हो। आइतबार प्रतितोला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदी तोलाको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला चाँदी सोही रकममा खरिदबिक्री भएको थियो।अन्नपूर्ण पोस्ट बाट साभार
Read More
डडेल्धुराको अमरगढी किल्लाको बेहाल, तीनै तहका सरकारको बेवास्ता

डडेल्धुराको अमरगढी किल्लाको बेहाल, तीनै तहका सरकारको बेवास्ता

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा रहेको ऐतिहासिक अमरगढी किल्लाको बेहाल भएको छ। राष्ट्रिय बिभुती अमरसिंह थापाले निर्माण गरेको किल्लाको संरक्षण तथा मर्मत–सुधारको अभावमा बेहाल भएको हो। बाइसे–चौबिसे राज्य एकीकरणसँगै डोटेली राज्यमा रहेर पश्चिम प्रशासक भएका बडाकाजी अमरसिंह थापाले कुमाउमा रहेको अग्रेजसँग लडाइँ लड्न अमरगढी किल्ला बनाएका हुन्। समुद्री सतहबाट किल्लाको उचाइ लगभग ६ हजार पाँच सय फिट छ। बडाकाजी थापाले निर्माण गरेको किल्लामा कलात्मक र ठूलाठूला ढुङ्गा प्रयोग गरिएका छन्। तर, अमरगढी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारको बेवास्ताका कारण किल्लाको बेहाल भएको छ।   पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासन…
Read More
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढ्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढ्यो

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले गैँडाको संख्या तेब्बरले बढेको बताए। निकुञ्जमा वासस्थान राम्रो भएकै कारण गैँडाको संख्यामा वृद्धि भएको उनले बताए। निकुञ्जमा झन्डै डेढ दशकको अवधिमा तेब्बर बढीले एकसिंगे गैँडाको वृद्धि भएको हो। सन २००८ मा दुई पोथी, एक भाले र दुईको पहिचान नभएका गरी पाँच मात्रै रहेको गैँडाको संख्या २०२४ मा आइपुग्दा बढेर ६ थाले, १० पोथी र सात पहिचान नभएको गरेर २३ पुगेको छ। निकुञ्जको तथ्यांकअनुसार २००८ मा पाँच, २०१३ मा दुई भाले, दुई पोथी र तीन लिंग पहिचान नभएको गरेर सात, २०१५ मा एक भाले,…
Read More
एमाले सांसदका पुत्र सुमन खनालले गरे एक करोड ३८ लाख अनियमितता

एमाले सांसदका पुत्र सुमन खनालले गरे एक करोड ३८ लाख अनियमितता

विराटनगर । सहकारी ठगीका नयाँनयाँ समाचार आइरहँदा झापा शिवसताक्षी नगरपालिका–३ को उन्नति बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ता र सेयर सदस्यहरूको झण्डै डेढ करोड रुपैयाँ अनियमितता गरेको पाइएको छ । संस्थाका अध्यक्ष सुमन खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको देखिएको हो । ठगीमा संलग्न खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् । २०७९ साल मंसिरमा निर्वाचन हुनुपूर्व खनालले आफ्नो छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्न पनि आफूलाई जिताउन सर्वसाधारणलाई अपिल गरेका थिए । ‘तपाईंहरूको पैसा डुब्दैन, मलाई जिताउनु, पैसा म फिर्ता गर्छु’…
Read More
सुदूरपश्चिममा २८६ टुक्रे तटबन्धनका योजनामा सवा ३२ करोड बजेट विनियोजन

सुदूरपश्चिममा २८६ टुक्रे तटबन्धनका योजनामा सवा ३२ करोड बजेट विनियोजन

धनगढीः सुदूरपश्चिममा नदी तटबन्धनका लागि सवा ३२ करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ५ र १० लाख गरेर नदी तटबन्धन गर्न सवा ३२ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो। टुक्रे योजनामा बजेट नहाल्ने बताएको सुदूरपश्चिम सरकारले २८६ तटबन्धका टुक्रे योजनाका लागि बजेट विनियोजन गरेको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले कार्यान्वयन गर्ने योजनामा ५ लाख, १० लाख र २० लाख बजेट छुट्याइएको छ। १० लाख बजेटमा तटबन्धका सबैभन्दा बढी योजना पहाडी ७ जिल्लामा परेका छन्। टुक्रे योजनामा बजेट नहाल्ने घोषणा गरेको प्रदेश सरकारले तटबन्धका २८६ योजनामा ३२ करोड २२ लाख…
Read More
धनगढी एफसी र कैलाली जिल्ला फुटबल संघवीच समझदारी पत्रमा हस्ताक्षर

धनगढी एफसी र कैलाली जिल्ला फुटबल संघवीच समझदारी पत्रमा हस्ताक्षर

धनगढी एफसी युवा एकेडेमीका लागि कैलाली जिल्ला फुटबल संघ सँग आधिकारिक रूपमा समझदारी पत्र(MOU)मा हस्ताक्षर सम्पन्न भएको छ । धनगढी लगायत सिंगो सुदूर पश्चिम प्रदेश क्षेत्रमा युवा फुटबल प्रतिभा फस्टाउनका लागि सहकार्य गरिने गरि एउटा महत्वपूर्ण कदमको सुरुवात भएको आज आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै धनगढी एफसीका अध्यक्ष सुवास शाहीले जानकारी गराए ।"हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा, विशेष गरी नेपाल सुपर लिग (NSL) मार्फत धनगढी एफसी द्वारा खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्नका लागि अवसरहरू प्रदान गर्ने लक्ष्य राख्छौं। "उनले भने । फुटबल जगतमा नव प्रतिभा जन्माउने उद्देश्य राखेको उक्त प्राजेक्टको लक्ष्य १४ वर्ष र सो भन्दा मुनिका युवाहरूको प्रतिभा विकासमा केन्द्रित हुनेछ।…
Read More