21
Nov
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनादेखि मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेको छैन। सरकारले गत जेठ २ गतेपछि बसेका मन्त्रिपरिषद्को बैठकका निर्णय गुपचुप राखेको हो। मन्त्रिपरिषद्ले गरेको निर्णय २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने अभ्यास हुन्छ। तर सुदूरपश्चिम प्रदेश सरकारले भने जेठ २ गते मन्त्रिपरिषद्को २१३ औं बैठकको निर्णय सार्वजनिक गरेको छ। त्यसयताका बैठको निर्णय भने सार्वजनिक गरेको छैन। विज्ञापन जेठयता ६ महिनामा कति पटक मन्त्रिपरिषद्को बैठक बस्यो र के-कस्ता निर्णय भए भन्ने कुरा मन्त्री बाहेक कसैलाई थाहा छैन। २४ घण्टापछि सार्वजनिक रुपमै हेर्नमिल्ने गरी राख्नुपर्ने निर्णयसमेत मुख्यमन्त्री कार्यालयले सार्वजनिक गर्न आवश्यक नठानेको भेटिएको छ। यो विषयमा मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ओझासँग जिज्ञासा…






