Skip to main content

धनगढी न्यूज

सुदूरपश्‍चिम प्रदेश

१७ वर्षीय किशोरको मृत्यु प्रकरणमा धनगढीमा अश्रुग्यास प्रयोग

१७ वर्षीय किशोरको मृत्यु प्रकरणमा धनगढीमा अश्रुग्यास प्रयोग

धनगढीः कैलालीको धनगढीस्थित नोभा अस्पतालमा शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिभ चौधरीको मृत्युको घटनापछि उत्पन्न विवादका कारण अस्पतालमा ढुंगामुढा भएको छ मृतकका आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा ढुंगामुढा प्रहार गरेर तोडफोड गरेका हुन्। अवस्थालाई नियन्त्रण लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्यास प्रहार गरेका छन्। ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेको हो। मृतकका आफन्तहरूका अनुसार अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको आरोप छ। अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको दाबी गरिरहेका उनीहरूले मृतकको शव उठाउन मानेका छैनन्। उपचारमा संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तको माग छ। नसिभ साउन ७ गते उपचारका लागि नोभा अस्पताल आएका…
Read More
शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला भेटियो

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला भेटियो

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्य १९ शङ्कास्पद बिरामी फेला परेका छन् । शङ्कास्पद बिरामीमा दादुरा–रुबेला भए नभएकाबारे परीक्षण गर्ने काम भइरहेको छ । दादुरा–रुबेला नियन्त्रण तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय सहकार्य गरी जनशक्ति परिचालन गरेको छ । विश्वस्वास्थ्य सङ्गठन, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कञ्चनपुरको टोलीले छुट्टाछुट्टै रुपमा दादुरा–रुबेला देखिएको क्षेत्रमा पुगेर अनुसन्धान अध्ययन गरेका छन् । बाइस महिनाका बालकले दीपनगर आधारभूत स्वास्थ्य केन्द्रमा नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएका हुन् भने आठ…
Read More
बागमती र सुदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा हुने जानकारी

बागमती र सुदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा हुने जानकारी

१२ साउन,काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका…
Read More
कैलाली भन्सारले सात अर्ब राजस्व उठायो!

कैलाली भन्सारले सात अर्ब राजस्व उठायो!

धनगढी: कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयलाई सो आवमा एघार अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो। सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधन, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो। आव २०८०/८१ मा भन्सार महसुलबापत तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्कबापत २० करोड ४४ लाख र अन्य शुल्कबापत एक अर्ब ५२ करोड राजस्व सङ्कलन भएको उनले बताए। कार्यालयले आव २०८०/८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत…
Read More
१८ वर्षपछि पनि महाकाली आयोजना २२ प्रतिशत मात्र सम्पन्न

१८ वर्षपछि पनि महाकाली आयोजना २२ प्रतिशत मात्र सम्पन्न

कञ्चनपुरः अठार वर्षअघि प्रारम्भ भएको  भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् । विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ। ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु सात अर्ब ६८ करोड खर्च भएको छ। कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२…
Read More

धनगढीमा अस्पतालका नाममा चर्च खोल्ने तीन जना पक्राउ

धनगढी : धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयहरुले विवाद गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका तीनैजनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डिएसपी) कविन्द्र बोहराले बताए ।
Read More
सुदूरपश्चिममा साबिकका मन्त्रालय पुनः स्थापित, नयाँ जिम्मेवारी तोकियो

सुदूरपश्चिममा साबिकका मन्त्रालय पुनः स्थापित, नयाँ जिम्मेवारी तोकियो

सुदूरपश्चिम प्रदेश प्रमुखले साबिककै मन्त्रालय कायम गरेर जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख मियाँले साबिककै मन्त्रालय कायम गरी ६ जना मन्त्रीको जिम्मेवारी तोकेका हुन । जसअनुसार अक्कल बहादुर रावललाई आर्थिक मामिला मन्त्रालय, कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, लक्ष्मी विकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, टिका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, ओम विक्रम भाटलाई सामाजिक विकास मन्त्रालय र माया पन्तलाई उद्योग पर्यटक वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसअघि नेकपा एमाले सहितको सरकारमा भागबन्डा मिलाउन असार १४ गते ४ मन्त्रालय फुटाएर कुल ९ मन्त्रालय कायम गरिएको थियो । भौतिक पूर्वाधार विकास…
Read More
सुदूरपश्चिम प्रदेशमा बजेट अभावको अवस्था

सुदूरपश्चिम प्रदेशमा बजेट अभावको अवस्था

एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ। प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि बजेट शून्यता भएको हो। बजेट पारित नहुँदा साउन १ गतेदेखि प्रदेश सरकारको राजस्व सङ्कलन र खर्च ठप्प छ। सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, नेकपा ९एमाले०ले  समय छँदै बजेटमाथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गरेको र अन्य वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याएको आरोप विपक्षीले लगाउँदै आएका छन्। मुख्यमन्त्री सोडारी भने प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्। मुख्यमन्त्री विश्वासको मत लिने मनस्थितिमा रहेका उनका…
Read More
छ वर्षको अनुसन्धानमा निर्मला पन्त हत्या प्रकरण: नतिजाविहीन महँगो प्रयास

छ वर्षको अनुसन्धानमा निर्मला पन्त हत्या प्रकरण: नतिजाविहीन महँगो प्रयास

१० साउन, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । गृह प्रशासन ‘अनुसन्धान जारी छ, अत्यन्त नजिक पुगेका छौं’ भन्ने रेडिमेट जवाफमा सीमित छ । १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त-१८ का १५ वर्षीय सनी खुनाको ज्यानै…
Read More
“ईन्जिनियर पन्तकी आमाको असामयिक निधन: विश्व हिन्दु परिषद धनगढीमा शोक”

“ईन्जिनियर पन्तकी आमाको असामयिक निधन: विश्व हिन्दु परिषद धनगढीमा शोक”

धनगढीः विश्व हिन्दु परिषद धनगढीका अध्यक्ष ईन्जिनियर महेन्दराज पन्त र ईन्द्रराज पन्तकी आमाको निधन भएको छ। धनगढी उपमहानगरपालिका-५ हसनपुरका ईन्जिनियर पन्तकी आमा ९० वर्षीया नर्वदा देवी पन्तको आज निधन भएको हो। उनको शव यात्रा एकताटोल हसनपुरबाट आज दिउँसो १ बजे त्रिवेणाी घाटका लागि हुने पारिवारिक स्रोतले जनाएको छ।  
Read More