धनगढी न्यूज

Breaking News 2

सुनको मूल्य तोलामा रु ९०० ले घट्यो।

सुनको मूल्य तोलामा रु ९०० ले घट्यो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो शुक्रबार तोकिएको रु १,५०,५०० प्रति तोलाको मूल्य घटेर आज सुनको हॉलमार्क मूल्य रु १,४९,६०० कायम गरिएको छ। तर, चाँदीको मूल्य भने तोलामा रु २० ले बढेको छ। शुक्रबार रु १,७४० प्रति तोला रहेको चाँदीको मूल्य आज रु १,७६० कायम भएको छ।
Read More
सुदूरपश्चिम: ओल्के र बुढी हाल्ने पर्वको रौनक

सुदूरपश्चिम: ओल्के र बुढी हाल्ने पर्वको रौनक

बैतडी:  आज भदौ १ गते, ओल्के संक्रान्ति । बैतडी सहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाईदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ । यसका साथै विहानै नुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ । वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न,…
Read More
अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

काठमाडौं-  दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मूलकी नर्स ममता काफ्ले अझै सम्पर्कविहीन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ। भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँगसमेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गराएको जनाएको छ। प्रहरीको अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। उनी २७ जुलाइमा युभीए हेल्थ  प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको र उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका पाइएको…
Read More
रक्षाबन्धन गर्न सर्वसाधारणले साइत हेरिरहनु नपर्ने, सत्तामा रहेकाका लागि साढे १ बजेपछि उपयुक्त

रक्षाबन्धन गर्न सर्वसाधारणले साइत हेरिरहनु नपर्ने, सत्तामा रहेकाका लागि साढे १ बजेपछि उपयुक्त

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने प्रतिक्रिया दिएको छ। शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ।   समितिले शुक्रबार विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १: ३१ बजेसम्म भद्रा परेको जनाएको छ। यो वर्ष भद्रा परेकाले रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो। भद्रामा श्रावणीसम्बधी कर्म गरेमा शासन सत्तामा रहेकालाई नकारात्मक असर पर्ने ज्योतिषशास्त्रमा उल्लेख भएको समितिका  कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए। त्यसैले शासनसत्तामा रहेकाका लागि १: ३१ बजेपछिको समय सुझाएको उनले बताए। सर्वसाधारणलाई भने…
Read More
विराज र समीरको एक्सनमा ‘१२ गाउँ’ टिजर

विराज र समीरको एक्सनमा ‘१२ गाउँ’ टिजर

आगामी असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट २१ सेकेण्ड लम्बाईको टिजरमा अभिनेता विराज भट्ट र उनका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत भएका छन् । विराजको ‘भ्वाइस ओभर’बाट सुरु भएको टिजरमा समीरलाई योद्धाको रुपमा चित्रित गरिएको छ । टिजर हेर्दा फिल्मले बदलाको कथा उठाएको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको छ । विराज र समीर दुवै एक्सनमा छरितो देखिन्छन् । तर, टिजरमा समीरको संवाद छैन । उनले यही फिल्मबाट डेब्यु गरेका हुन् । लामो समय भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका…
Read More
दूधकोशीमा आएको बाढीले थला पर्‍यो सुन्दर थामे गाउँ

दूधकोशीमा आएको बाढीले थला पर्‍यो सुन्दर थामे गाउँ

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले थामे गाउँलाई बिरुप बनाएर गएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा थामे गाउँमा ठूलो क्षति भएको हो बाढीले थामे गाउँका कयौँ घर पुरिएका छन् केही बगेका छन् । स्कुलदेखि होटल र रेस्टुराँसमेत दूधकोशीको बाढीमा पुरिएका छन् । थामे गाउँमा मात्रै कम्तीमा पनि २० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । दिउँसोको समय भएकाले मानवीय क्षति भएको छैन । एकजना भने बेपत्ता भएको खबर आएको छ । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि प्रहरी र सेना परिचालन गरेर…
Read More
टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्दै, आज ४ घण्टा सेवा प्रभावित हुने

टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्दै, आज ४ घण्टा सेवा प्रभावित हुने

काठमाडौं - नेपाल टेलिकमले आज ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्दै छ ।   ' ग्राहक सेवा प्रणालीको स्तरोन्नति कार्य आज राति हुने भएकोले राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । टेलिकमले आज सूचना जारी गरी स्तरोन्नति कार्य नियमित भएको पनि उल्लेख गरेको छ ।
Read More
रौतहटमा वृद्धको हत्या

रौतहटमा वृद्धको हत्या

रौतहटमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या भएको छ । गौर नगरपालिका- ५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । आफ्नो घरमा सुतेका महतोको गौरस्थित झोलुङ्गे पुलको दक्षिणपट्टी धान खेतमा आज विहान शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिनुभयो । महतोको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर लगत्तै रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता गिरीले बताउनुभयो ।
Read More
नेपाली बजारमा ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य !

नेपाली बजारमा ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य !

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।   घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।  
Read More
धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु

धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु

बाजुरा । धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मिक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पूजाका लागि धार्मीक बिहीबारबाट तीर्थयात्रा सुरु भएको छ । दुवै शक्ति पीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नुपर्ने धार्मिक मान्यता छ । सयौँको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका गएको छ । नगर उपप्रमुख नन्दाकुमारी थापा नेतृत्वमा टोली बडीमालिका तीर्थयात्रामा प्रस्थान गरेको हो । बडीमालिका नगरपालिकाले…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×