14
Jun
14
Jun
कलेजोले हामीले खाएको खानेकुराबाट प्राप्त पोषक तत्वलाई ग्रहण, प्रशोधन, रगत छान्नेदेखि संक्रमणविरुद्ध लड्छ । यस्तोमा कुनै कारणवश कलेजो सुन्निएर क्षति पुगेमा यसको कार्य प्रभावित हुन्छ । कलेजो सुन्निने प्रमुख कारण ‘हेपाटाइटिस’ हो । के हो त हेपाटाइटिस ? कुनै कारणवश कलेजो सुन्निनु हेपाटाइटिस हो । जसको मुख्य कारण ‘हेपाटोट्रोपिक भाइरस’को संक्रमण हो । यो भाइरसले मौका पाउने बित्तिकै कलेजोलाई हमला गर्छ । फलस्वरुप कलेजो सुन्निंदै गई कालान्तरमा त्यहाँ रहेका कोषलाई क्षति गरी मार्नेसम्मको असर देखिन्छ । हेपाटाइटिस पनि धेरै प्रकार छन्, जसलाई हेपाटाइटिस ‘ए’, बी’, ‘सी’ ‘डी’ र ‘ई’ को नामले चिनिन्छ । यी सम्पूर्णले कलेजो रोग निम्ताउँछ । जसको…
14
Jun
धनगढी । धनगढी-२ बैयाबेहेडीमा रहेको एलाईन्स इन्टरनेसनल मोडेल स्कुलमा रक्तदान कार्यक्रम हुने भएको छ । अहिलेको वर्तमान अवस्थामा रक्त सञ्चार केन्द्रमा रगतको अभाब भएकाले रक्तदान कार्यक्रम हुन लागेको हो । भोलि असार १ गते बिध्यालयमै रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान गरौँ जीवन बचाऔँ भन्ने नारासहित बिहान ८ बजे देखि रक्तदान कार्यक्रम गर्न लागेको बिद्यालय प्रशासनले जनाएको छ । उक्त कार्यक्रममा अभिभाबक,शिक्षक कर्मचारी सहभागी भई बढी भन्दा बढी रगत संकलन गरि अरुको जीवन बचाउन तिर लाग्न प्रिन्सिपल मनोज पन्तले बताएका छन्।
13
Jun
धनगढीः कैलालीको गोदावरी नगरपालिकाले ऐन विपरीत दुई जना स्वकीय सचिव नियुक्त गरेको छ। नियुक्त गरिएका दुबै जना स्वकीय सचिवलाई झण्डै ८ लाख रुपैयाँ भुक्तानी समेत गरिएको छ। नगरपालिकाले ऐनले तोकेकोभन्दा फरक पदमा कर्मचारी नियुक्त गरेको पाइएको हो। नगरप्रमुख बिरेन्द्र भट्ट र उपप्रमुख शारदादेवी रोकायले ऐन विपरीत स्वकीय सचिव नियुक्त गरेका हुन्। सुदूरपश्चिम प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन २०७५ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव र सल्लाहकार राख्न नपाउने व्यवस्था छ। तर गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुबै जनाले स्वकीय सचिव राखेर ऐन विपरीत भुक्तानी समेत गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३…
13
Jun
कन्चनपुर । भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ प्राविधिकको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताए । ‘वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको छ’, कार्यकारी निर्देशक गजुरेलले भने, ‘हाम्रो गुरुयोजनाभन्दा आकारमा…
12
Jun
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका छन्। उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। उनले यही जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ ग्लोबल कोलिसन फर सोसल जस्टिसको उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओका महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको…
12
Jun
३० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।
12
Jun
अछाम । खच्चड हिँडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ । सोमबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिँडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको उक्त पुलमा आवागमन बन्द गरिएको हो । प्राविधिक नापजाँच, मूल्याङ्कन एवं परीक्षण नगरी उक्त पुलबाट मानिस आवतजावत गर्न जोखिम युक्त हुँदा तत्कालका लागि पुलको दुवै प्रवेश स्थानमा तारजाली लगाइपुल प्रयोगमा रोक लगाइएकोले तत्कालका लागि पुल प्रयोग नगर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अपिल गरे । अछाम जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रि नर्सरी स्कुलमा…






