Skip to main content

धनगढी न्यूज

Year: 2025

धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढीः धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ रानामार्गस्थित सडकमा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमवार बिहान मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दिनेश खबर बाट साभार
Read More
एस.पी.ए कलेजकी नितिका अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा छनोट

एस.पी.ए कलेजकी नितिका अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा छनोट

धनगढीको एस.पी.ए कलेजमा कक्षा ११ मा व्यवस्थापन संकाय अध्ययनरत छात्रा नितिका अवस्थीले नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को राष्ट्रिय चरणमा रजत पदक जित्दै अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्। फेब्रुअरी २८ देखि मार्च २ सम्म काठमाडौँमा आयोजित नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैटौँ संस्करण मा देशभरका १०० उत्कृष्ट विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। उनीहरू १४ विभिन्न क्षेत्रीय केन्द्रहरूबाट छनोट भएका थिए, जहाँ १८५ विद्यालय र कलेजका १,०८४ विद्यार्थीले भाग लिएका थिए। नितिकाले रजत पदक जित्दै जुलाई ३ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाले प्रतियोगितामा विद्यार्थीहरूको उत्कृष्ट…
Read More
धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने

धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने

धनगढीः धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ। देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक संग्राहलय निर्माणका लागि ज्ञान महायज्ञ २०८१ हुने भएको हो। सुदूरपश्चिमाञ्चल साहित्य समाजले आइतबार पत्रकार सम्मेलन मार्फत सप्ताहव्यापी ज्ञान महायज्ञबारे जानकारी दिएको हो। यही फागुन २१ गतेदेखि २७ गतेसम्म हुने ज्ञान महायज्ञमा भागवत मञ्जरी पूज्या राधिका दासीबाट भावगत कथा बाचन हुने भएको छ। महायज्ञकी प्रमुख बाचिका समेत रहेकी उनले पत्रकार सम्मेलनमा पुण्य कार्यका लागि भइरहेको महायज्ञमा सबैलाई सहभागिताका लागि आग्रह गरिन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थ पाण्डेले ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठ सहित पवित्र र पावन रहेको भूस्वर्ग सुदुरपश्चिमेली समाजमा धर्म, संस्कृति…
Read More

बालविहानी बोर्डिङ स्कुलको १८ औँ वार्षिक उत्सव सम्पन्न

श्री बालविहानी बोर्डिङ स्कुलले १८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले १ दिने कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। उक्त अवसरमा विद्यालयले 2 जना उत्कृष्ट शिक्षकलाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरेको प्रिन्सिपल त्रिलोक प्रसाद जोशीले जानकारी दिएका छन्। बिहीवार भएको उक्त कार्यक्रममा सुशीला मिश् रजिउ प्रमुख आतिथ्य रहेको थियो। उक्त अवसरमा अध्ययनरत श्री बाल बिहानी स्कुलका विद्यार्थीहरूमध्ये विद्यालयका विभिन्न विधाका कार्यक्रममा प्रथम, दोस्रो र तृतीय हुने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रमाणपत्र तथा मेडलद्वारा पुरस्कृत गरिएको थियो। कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका ५५ जना विद्यार्थी विभिन्न…
Read More
ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीहरु सुदूरपश्चिम भ्रमणमा

ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीहरु सुदूरपश्चिम भ्रमणमा

ग्लोबल कलेज इन्टरनेशनल , काठमाडौँमा बिएचएम छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले होमस्टे तथा भ्रमणको लागि सुदूरपश्चिम प्रदेशलार्ई गन्तव्यको रुपमा छानेका छन् । सुदूर पश्चिम नेपालमा अवस्थित विभिन्न धार्मिक सांस्कृतिक , प्राकृतिक तथा महत्व बोकेका क्षेत्रहरुमा अवलोकन , त्यहाँको रहनसहन , चालचलन आदिको ज्ञान हासिल गर्ने उद्देश्यले यस क्षेत्रलाई आफ्नो भ्रमणको गन्तव्य बनाइएको क्याम्सले जनाएको छ । देशका अन्य भुभागभन्दा पृथक महत्व तथा चालचलन बोकेको सुदूर पश्चिम प्रदेशको अवलोकन भ्रमण तथा आतिथ्यताबाट आफूहरु प्रभावित भएको भ्रमण सहभागी विद्यार्थीहरुले बताएका छन् । उक्त भ्रमण टोली सुदूर पश्चिमको धनगढी पुगी पहाडि जिल्लाहरु अन्तर्गत खप्तड राष्टिय निकुन्ज क्षेत्र , डोटीको शैलेश्वरी मन्दिर , डडेल्धुराको उग्रतारा…
Read More
महासंघद्धारा विरोध सभाको आयोजना

महासंघद्धारा विरोध सभाको आयोजना

नेपाल शिक्षक महासंघ , प्रदेश आन्दोलन परिचालन समिति , सुदूर पश्चिम प्रदेशद्धारा आज सुदूर पश्चिमको धनगढीमा ध्यानाकर्षण , खबरदारी जुलुश तथा विरोध सभा आयोजना गरिएको छ । सबै किसिमका शिक्षकहरुलाई समेट्ने गरी गठन भएको उक्त महासंघ अन्तर्गतको प्रदेश आन्दोलन परिचालन समितिले आज ठिक १२ः०० बजे धनगढीमा भेला भई सो जुलुस तथा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगी विरोध सभा आयोजना गरेको हो । लामो समयसम्म देशमा शिक्षा ऐन जारी नभइसकेको परिप्रेक्ष्यमा संसदको यसै हिँउदे अधिवेशनबाट शिक्षकका माग सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न दवाब स्वरुप यस विरोध सभाको आयोजना गरिएको समितिले जनाएको छ । विभिन्न शिक्षक संघसंगठनका तर्फबाट कार्यक्रमलाई…
Read More
क्रिकेट प्रवर्धक शाही सम्मानित

क्रिकेट प्रवर्धक शाही सम्मानित

सुदूरपश्चिम क्रिकेटको प्रवर्धक सुवास शाही सोमबार सम्मानित भएका छन् । एलआरआई स्कुलले आफ्नो ३७ औं स्थापनाको अवसरमा शाहीसहित विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सोमबार राजधानीमा सम्मानित गरेको हो । एसपीए कपबाट सुदूरपश्चिममा क्रिकेटको रौनक ल्याएका शाहीले सन् २०१६ मा धनगढीमा अक्सनमार्फत सिटीबेस फ्रेन्चाइज क्रिकेटको नेपालमा पहिलो पटक सुरु गराएका थिए । त्यसपछि शाहीको नेतृत्वमा धनगढी क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइएको थियो । शाहीलाई एलआरआईमा लक्ष्मण राजवंशी अवार्डसहित १ लाख रुपैयाँबाट सम्मानित गरिएको हो । यसै वर्षदेखि उनको संस्था गो ड्रिमर्समार्फत अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता गरिएको छ । सरकारले शाहीलाई फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको बोर्ड…
Read More
धनगढीका पाँच विद्यालयका एक हजार १८३ छात्रालाई पोसाक

धनगढीका पाँच विद्यालयका एक हजार १८३ छात्रालाई पोसाक

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले एक हजार एक सय ८३ छात्रालाई पोसाक वितरण सुरु गरेको छ। धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषको रकमले छात्राहरूलाई विद्यालय पोसाक वितरण थालिएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयले कोषमा जम्मा भएको ५७ लाख ४० हजार सात सय ५० रुपैयाँबाट विद्यालय पोसाक वितरणको काम सुरु भएको बताएको छ। धनगढी उपमहानगरपालिकाका पाँच वटा नमुना विद्यालयहरूका छात्राहरूलाई पोसाक वितरण थालिएको हो। धनगढी उपमहानगरपालिकाको भवानी माध्यमिक विद्यालय, ठेकराज माध्यमिक विद्यालय, शिद्धनाथ माध्यमिक विद्यालय, बेहडाबाबा माध्यमिक विद्यालय र चन्द्रदोय माध्यमिक विद्यालयका एक हजार एक सय ८३ छात्रालाई एक जोड सट र पाइन्ट, एक जोड ट्राउजर र भेस्ट, एक झोला, २…
Read More
नवरात्रीको अवसर पारेर गंगेश्वर धाममा महायज्ञको आयोजना गरिने

नवरात्रीको अवसर पारेर गंगेश्वर धाममा महायज्ञको आयोजना गरिने

सुदूर पश्चिमको प्रसिद्ध तीर्थस्थल गंगेश्वर धाम अर्थात गहनान क्षेत्रमा श्रीमद् भागवत महायज्ञको आयोजना गरिने भएको छ । डोटी र डडेल्धुरा क्षेत्रको सीमानामा पर्ने उक्त गहनान क्षेत्रमा नवरात्रीको अवसर पारेर यही चैत्र १७ गतेबाट महायज्ञको आयोजना गर्न लागिएको हो । स्कन्द पुराणको मानसखण्डमा समेत चर्चा गरिएको उक्त क्षेत्रमा शाकल्य ऋषिले तपस्या गरेको तपोभूमीका रुपमा समेत गहनान क्षेत्रलाई लिने गरिन्छ । विभिन्न देवीदेवता मन्दिरहरु अवस्थित उक्त क्षेत्रमा पौराणिक महत्व बोकेका दुई नदीहरु कौसिक तथा शाकिल्या नदीको संगम पनि रहेको छ । त्यस क्षेत्रको सांस्कृतिक एवम् पर्यटकीय महत्व दर्शाउने हेतुले प्रचार प्रसार तथा प्रवद्र्धन गर्न आवश्यक ठानेर गहनान क्षेत्र विकास समितिले उक्त महायज्ञ…
Read More
अत्तरियादेखि धनगढीसम्म भोलि वृहत मोटरसाईकल र्‍याली

अत्तरियादेखि धनगढीसम्म भोलि वृहत मोटरसाईकल र्‍याली

अत्तरिया– कैलालीको अत्तरियादेखी धनगढीसम्म वृहत मोटरसाईकल र्‍याली निकालिने भएको छ । भोली (मंगलबार) राष्ट्रवादी युवा समुहले राष्ट्रिय झण्डासहितको वृहत र्‍याली निकाल्ने भएको हो । र्‍यालीको संयोजन गरिरहेका युवा विराज बिष्टले सार्वभौमता, स्वाधिनता र राष्ट्रिय एकता कायम राख्नका लागि र्‍याली आयोजना गर्न लागिएको बताए । त्यसका साथै पछिल्लो केही समययता अन्तरराष्ट्रिय स्तरमा देशको स्वाभिमान घट्दै आएको बेलामा राष्ट्रवादी योद्धाहरु जाग्न जरुरी रहेको सन्देश दिनलाई पनि र्‍याली आयोजना गर्न लागिएको बताए । उनले देशमा घटिरहेका विभिन्न घटनाक्रमहरुका विरुद्ध युवाहरुले आवाज उठाउन जरुरी रहेको समेत बताए । अत्तरिया बसपार्कबाट मंगलबार दिउँसो १२ बजेदेखी धनगढीसम्मका लागि र्‍याली आयोजना हुने बताउदै उनले र्‍यालीमा सहभागी भईदिन सम्पुर्णलाई…
Read More