Skip to main content

धनगढी न्यूज

Year: 2025

धनगढीमा आजदेखि मानवसेवा आश्रमको महायज्ञद सुरु

धनगढीमा आजदेखि मानवसेवा आश्रमको महायज्ञद सुरु

धनगढीः मानव सेवा आश्रमले धनगढीमा आजदेखि श्रीमद्‍भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु गरेको छ। आश्रमले धनगढीमा आफ्नै भवन निर्माण गर्ने उद्देश्यले सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु गरेको हो। धनगढी उपमहानगरपालिका–१ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना गरिएको महायज्ञ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन्। महायज्ञ यही माघ ३० गतेसम्म सञ्चालन हुनेछ। आश्रमले भवन निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए। आश्रमको धनगढी शाखाले हालसम्म करिब ४ सय जना सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरेको जनाएको छ।दिनेश खबर बाट साभार
Read More
अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा भेटिइन एक महिला

अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा भेटिइन एक महिला

अत्तरिया – कैलालीको अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका – २ दुर्गालक्ष्मी महिला सामुदायिक वनमा रहेको रुखमा झुण्डिएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिका – २ की मानमती भट्टको शव फेला परेको हो । उनको अग्लो रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए । उनले महेन्द्रनगरबाट आफन्तकोमा अत्तरियामा आएको जानकारी प्राप्त भएपनि थप विवरण नखुलेको बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Read More
सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

सहकारी ठगी प्रकरण : रविसहित ४२ जनाविरुद्ध मुद्दा दायर

चितवन जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका आरोपीमाथि मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतपछि चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेमाथि मुद्दा दायर भएको हो । चितवनमा रविविरुद्ध ठगी मुद्दा दर्ता भएको हो । अन्य अदालतमा भने संगठित अपराध मुद्दा दायर भएको थियो । ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईसहितलाई भने संगठित मुद्दा दायर भएको छ । अदालतमा दायर अभियोगपत्रमा सहकारीमा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ आएको खुलेको छ । त्योबाहेक जीबीको अन्य विभिन्न कम्पनीमा समेत रकम आएको देखिएको छ । रविबाहेक चितवनको साहारा सहकारीबाट रविकी…
Read More
भारतिय अतिक्रमण विरुद्ध नेकपाको गम्भीर ध्यानाकर्षण

भारतिय अतिक्रमण विरुद्ध नेकपाको गम्भीर ध्यानाकर्षण

भारतले बेला बेला गरिरहेको जमिन अतिक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) सुदूरपश्चिम समितिले जनाएको छ । यही माघ २० गते कंचनपुर जिल्लाको दोधरा चाँदनी नगरपालिका वडा नं. ८ धामी टोलमा नेपाली नागरिकको दर्ता जमिनलाई भारतिय सहितको टोलीले ट्याक्टर लगाई अतिक्रमण गरेको थियो । उक्त अतिक्रमणका विरुद्ध जनताले गरिरहेको प्रतिरोध आन्दोलनप्रति पार्टीको समर्थन रहेको पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पार्टीले राष्टियता विरुद्ध हुने हर्कतका विरुद्ध संघर्षमा उत्रिन सम्पूर्ण देशप्रेमी जनसमुदायलाई अपील समेत गरेको छ । त्यस्तै पार्टीले नेपाल सरकार र सम्बन्धित निकायलाई राष्ट विरोधी हर्कत रोक्नन र कुटनैतिक रुपमा समस्या समाधान गर्न अनुरोध गरेको भरत सी…
Read More
कांग्रेसका भीमदत्त नगर सभापति कलौनी मृत फेला

कांग्रेसका भीमदत्त नगर सभापति कलौनी मृत फेला

नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमिति सभापति अच्युत कलौनी मृत फेला परेका छन्। शनिबार बिहान भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिक कलौनीको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार सडक पेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ। नेपाल प्रहरीले हत्याको अनुसन्धान प्रारम्भ गरेको छ । घटनास्थललाई सील गरिएको छ। चिकित्सकसहित टोली मगाइएको प्रहरीले जनाएको छ। मृत्युको कारण खुलेको छैन। नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए। नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री समेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए।
Read More
धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण

धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण

धनगढी : कैलालीको धनगढीमा मापदण्ड विपरीत सडकको नाली निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–१ नैनादेवी सडकमा मापदण्ड विपरीत नाली निर्माण गरिएको हो। सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता मार्फत सुरु गरेको नाली निर्माणको काममा लापर्बाही गरिएको छ। नाली निर्माण गर्दा स्वइलिङ्ग नगरेको भन्दै स्थानीय युवाहरूले रोकेका छन्। उनीहरूले इस्टिमेट विपरीत काम भएको भन्दै विरोध गरेका हुन। स्थानीय युवा सौरभ सत्यालले कोष तथा लेखा नियन्त्रणको कार्यालय अगाडीको क्षेत्रमा सडकको नाली निर्माणमा लापर्बाही गरिएको बताए। उनले भने, ‘आधा नाली स्वइलिङ्ग गरेको छ। केही क्षेत्रमा ठग्ने काम भएको छ। माटोमा मसला खसालिएको छ। नाली निर्माण गर्ने काम भएको छ।…
Read More
गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेनमा तारजाली लगाउदै

गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेनमा तारजाली लगाउदै

धनगढी : कैलालीको गोदावरी नगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडकमा तारजाली लगाउन थालेको छ। नगरपालिकाले २०८१ मङ्सिर २५ गते सडकको मिडियममा दोहोरो तारजालीका लागि ठेक्का सम्झौता गरेको थियो। गोदावरी नगरपालिकाको क्षेत्रमा पर्ने करिब पाँच किलोमिटर सडकखण्डमा तारजाली लगाउन थालिएको छ। पुल र जेब्रा क्रस क्षेत्र भने खुला राखिनेछ। गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले नगर क्षेत्रको ६ लेन सडकमा तारजालीको काम थालिएको बताए। उनले भने, ‘नगरपालिकाको बजेटबाट तारजाली लगाउदैछौ। सडक क्षेत्रमा दुर्घटना कम गर्न, हरियाली बनाउन तथा सौदर्यकरणका लागि तारजाली लगाउन लागेका हौ। यो महिना भित्र काम सकिन्छ होला।’ नगरपालिकाले ८० लाख २३ हजार ४ सय ७४ रुपैयाँमा पाँच किलोमिटर तारजाली लगाउने भएको…
Read More
सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै

सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै

धनगढी: सुदूरपश्चिमका स्थानीय तहहरूका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै गरिने भएको छ। प्रदेश सभाले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार पारेको हो। विज्ञापन दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन विधायन तथा प्रदेश मामिला समितिबाट पारित गरिएको छ। प्रदेशसभाको दसौँ अधिवेशनबाट दफावार छलफलको लागि साउन २९ गते विधायन तथा प्रदेश मामिला समितिमा उक्त विधेयक ल्याइएको थियो। २८ वटा बैठकमा यससम्बन्धी छलफल गरेर समितिले तयार गरेको प्रतिवेदन मङ्गलवार पारित गरिएको हो। विज्ञापन सुदूरपश्चिमका सबै जिल्लाबाट सुझाव सङ्कलन गरेर पुस २१ गते ९ वटै जिल्लाका प्रमुखसँग पनि दफावार छलफल गरिएको थियो। ती सबै छलफललाई आधार बनाएर तयार गरिएको…
Read More
शहीद दिवसको अवसरमा काठमाडौँ महानगरको प्रभातफेरी

शहीद दिवसको अवसरमा काठमाडौँ महानगरको प्रभातफेरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहीद दिवसको अवसरमा प्रभातफेरी सहित माल्ययार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ। १२ वर्षयता काठमाडौँ महानगरपालिकाको अध्यक्षतामा शहीद दिवस मूल समारोह गठन भई सप्ताह व्यापी सहिद दिवस कार्यक्रम हुँदै आएको छ । यसै क्रममा यस वर्ष पनि माघ १० देखि १६ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । त्यसै कार्यक्रमको तालिका अनुसार माघ १६ गते शहीद दिवसको दिन काठमाडौँ महानगरले हरेक वर्ष जस्तै शान्तिबाटिका बाट  सहिद स्मारकसम्म र्‍याली आयोजना गरिएको थियो । र्‍यालीमा नेपाल सरकारका मन्त्रीहरू,  संवैधानिक अङ्गका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसद्का सदस्यहरू सहभागी थिए ।…
Read More
प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक

प्रधानमन्त्री ओलीले डाके सत्तारूढ दलहरूको बैठक

काठमाडौं : सत्तारूढ दलहरूको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। बैठकमा यही माघ १८ गतेबाट सुरु हुने संसदको हिउँदे अधिवेशन, संसदमा लगिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ। सरकारले ल्याएका अध्यादेशलाई लिएर सत्तारूढ दलका नेताहरुले फरक–फरक अभिव्यक्ति दिइरहेका छन्। विपक्षी दलहरुले विरोध गरिरहेका बेला सत्तापक्षको समान धारणा बनाउने प्रयास गर्न लागिएको हो। सरकारमा हाल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टी सहभागी छन्। रासस
Read More