Skip to main content

धनगढी न्यूज

Year: 2025

मतपेटिका पेरिसडाँडा लान खोजिएपछि विश्वविद्यालय र विशेषको मतगणनामा फेरि लफडा

मतपेटिका पेरिसडाँडा लान खोजिएपछि विश्वविद्यालय र विशेषको मतगणनामा फेरि लफडा

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना मतदान स्थलमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने नयाँ विवादमा फसेको छ । नयाँ नेतृत्वका लागि शनिबार विश्वविद्यालय र विशेषको मतदान केन्द्र प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा रहेको थियो । यसअघि मतपत्रमा प्रयोग भएको आधिकारी रङलाई मात्र मान्यता दिने कि अन्य रङलाई पनि माध्यता दिने लगायत आचार संहितामा विवाद हुँदा मतगणना स्थगित भएको थियो । तर निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिसडाँडामा सार्न खोजेपछि विवाद उत्पन्न भएको एक विद्यार्थी नेताले रातोपाटीलाई बताए । ‘निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिस डाँडामा सार्न खोज्नुभएको छ । तर हेमन्त राई पक्षधर नेताहरूले…
Read More
अछामका समीर `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलमा

अछामका समीर `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलमा

सफल गायक बन्ने सपना बुनेर अछामबाट धनगढी हानिएका समिर परियार `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलिस्ट बनेका छन् । समिर २५१ जनालाई उछिन्दै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विगत चार महिनादेखी चलिरहेको चर्चित गायन ‘रियालिटि शो’ `सुदूरपश्चिम सिङ्गिङ स्टार´ को फाइनलिस्ट बनेका हुन् । ‘रियालिटि शो’ गत असोज १२ गतेदेखी चलिरहेको छ । `ड्रिम्स इन्टरटेनमेन्ट प्रिजेन्ट´ ले आयोजना गरेको सिङ्गिङ एन्ड डान्सिङ स्टार को प्रतियोगिताको गायन तर्फ अछाम लुङ्ग्राका समीरले सेमिफाइनल पार गर्दै फाइनल राउन्डमा पुगेका हुन् । मिठो र बुलन्द आवाजमा गीत गाउन सक्ने भर्सटायल आवाज भएका समीर अछामको लुङ्ग्रामा जन्मिएका पछिल्लो युवा पुस्ताका चर्चित गायक हुन् । उनी विगत…
Read More
बैतडीको वडा नम्बर एक सिगासमा आज शोक बिदा

बैतडीको वडा नम्बर एक सिगासमा आज शोक बिदा

बैतडीः बैतडीको वडा नम्बर एक सिगासगाउँपालिकामा आज शोक बिदा दिइएको छ। सिगास गाउँपालिका–१ मा शनिवार भएको जिप दुर्घटनामा परी एकै गाउँका दुईको जनाको मृत्यु भएको र चार जना घाइते भएकाले आज वडाका शिक्षण संस्था र सरकारी कार्यालयहरुमा शोक बिदा दिएको वडा अध्यक्ष रामचन्द्र ऐरीद्वारा हस्ताक्षिरित सूचनामा भनिएको छ। दुर्घटनामा सिगास–१ खरकेउडाकी १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामीको मृत्यु भएको थियो। जिपमा सवार अन्य ४ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको वडा अध्यक्ष ऐरीले बताए। सिगास–१ कै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामीको उपचार भइरहेको हो। शनिवार…
Read More
एसपिए कलेजमा SPA TECH FEST 0.2 सम्पन्न

एसपिए कलेजमा SPA TECH FEST 0.2 सम्पन्न

धनगढीको एसपिए कलेजमा भव्य कार्यक्रमविच आज SPA TECH FEST 0.2 सम्पन्न भएको छ । कैलाली र कंचनपुरका विभिन्न विद्यालय सहभागी रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेशका सामाजिक विकास राज्य मन्त्री माननिय सरस्वती खड्का रहनुभएको थियो । विभिन्न १५ वटा प्रतियोगिता तथा प्रदर्शनी रहेको उक्त कार्यक्रमको अध्यक्षता एसपीए रोबोर्टिक्स क्लबका अध्यक्ष जैनुल अल जफर सिद्धिकीले गरेका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो कला प्रदर्शनी तथा प्रतियोगिताहरुमा प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि माननिय राज्य मन्त्री खड्काले सुदूर पश्चिम प्रदेशमा रहेका नव प्रवर्तनका कार्यमा सरकारको साथ र समर्थन रहेको बताउनु भयो । विभिन्न प्रदर्शनीको स्थलगत अवलोकनका…
Read More
धरौटी बुझाएर रवि आज छुट्ने

धरौटी बुझाएर रवि आज छुट्ने

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ बढी अनियमितता भएको प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् । अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् । उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर,…
Read More
धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा

धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा

कैलालीको धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा आएको छ । सुदूरपश्चिमका स्थानीय परिकारलाई आधुनिक शैलीमा पस्कन ‘पोटली फुड्स’ सञ्चालनमा ल्याइएको हो । धनगढीस्थित तारानगर क्षेत्रमा यही माघ १ गते बाट पोटलीको सुभारम्भ भएको हो। ‘पोटली फुड्स’ मा कोदो, मकै, फापर लगायतका परम्परागत परिकारलाई विशेष प्राथमिकतामा राखेर सेवा दिइने व्यवस्थापक माधव रोस्याराले बताए । पोटलीमा खाना, नास्ता, चिया, कफीसंगै बार र लाउन्जको पनि व्यवस्था रहेको छ । उपभोक्ताको स्वाद र स्वास्थ्यलाई प्राथमिकता दिँदै यस व्यवसायले कोदो, मकै, फापरजस्ता परिकार र दही, मोहीजस्ता परम्परागत वस्तुहरूलाई विशेष प्राथमिकतामा राखेर सेवा दिनेछ। आधुनिक जीवनशैलीसँग मेल खाने गरी सुदूरपश्चिमको मौलिक खानालाई पुनर्जीवित गर्ने उद्देश्यले पोटली फुड्सले आफ्नो…
Read More
बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

बार्सिलोनाले जित्यो सुपरकपको उपाधि

धनगढी : रियल मड्रिडलाई ५–२ ले  पराजित गर्दै बार्सिलोनाले १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको छ। आइतबार राति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि उचालेको हो।  खेलको पाचौँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। भिनिसियस जुनियरको पासमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको २२ औँ मिनेटमा लामिन यामालको गोलमा बार्सा खेलमा फर्किएको थियो। रोबर्टो लेवान्डोस्कीको पासमा लामिनले गोल गरेका थिए। ३६ औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। राफिन्हाले खेलको ३९ र ४८ औँ मिनेटमा गोल थपेका थिए। एक गोल…
Read More
सुदूरपश्चिममा २९ गते सार्वजनिक बिदा

सुदूरपश्चिममा २९ गते सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। प्रदेश राजपत्रमा पनि पौष २९ गते जिता पर्व भनेर उल्लेख छ। पौष अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिंदै आएको छ।
Read More
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतले धरौटी मागे पनि उनी रिहा हुने अवस्था छैन । काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउनेछ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ रकम बिगो दाबी…
Read More
कैलालीमा लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

कैलालीमा लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषध मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन्। लागूऔषध खैरो हेरोइन मुद्दामा २ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २८ वर्षीय संजित राना र सोही मुद्दामै १ महिना कैद सजाय तोकिएका टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने २६ वर्षीय डायमण्ड बिक्रम शाह पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि फरार रहेका दुबै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।दिनेश खबर बाट शाभार
Read More