29
Jan
धनगढीः प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानमा भने चुनावभन्दा पनि कृषिबालीको चिन्ता छ। छाडा चौपाया समस्याका कारण हिउँदेबाली जोगाउन हम्मेहम्मे भएको छ। उनीहरूलाई चुनावी कुरा र भाषण सुन्नुभन्दा पनि आफ्नै खेतीपाती कसरी जोगाउने भन्ने पिरलो छ। यतिबेला गहुँ, मुसुरोलगायतका हिउँदेबाली पसाउने र दाना लाग्ने क्रममा छ। यसैबेला छाडा चौपायाले धेरै नोक्सान गरिरहेकाले कृषिबालीको चिन्ता रहेको कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताए। उनले गहुँ, मुसुरो जोगाउन रातभर खेतमा जाग्राम बस्ने गरेको भन्दै थपे, “चुनाव जितेकाले हामी किसानलाई मतलब गर्दैनन्। चुनावभन्दा पनि हामीलाई आफ्नै बाली जोगाउने चिन्ता छ।” कैलालीको कैलारी, भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडीलगायत तराईका…






