30
Jan
काठमाडौँ । नेपालमा दोस्रो जनआन्दोलनको सफलतापछि २०६४ सालमा ६०१ सदस्यीय संविधान सभाको निर्वाचन भयो । त्यति ठुलो सङ्ख्यामा जननिर्वाचित प्रतिनिधि अटाउने हल सिंहदरबारभित्र थिएन । विकल्पको रूपमा सरकारले चिनियाँ सहयोगमा निर्मित नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लियो । त्यो भवन नेपालको गणतन्त्रात्मक इतिहासको साक्षी बन्न पुग्यो । त्यहीँबाट राजतन्त्र अन्त्यको घोषणा भयो । त्यहीँबाट संविधान सभाका बैठक सञ्चालन भए । २०७२ असोज ३ मा नेपालको नयाँ संविधान त्यही भवनबाट जारी भयो । संविधान जारी भएपछि पनि सङ्घीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोही भवनमा सञ्चालन हुँदै आएको थियो । झन्डै दुई दशक संसदीय अभ्यासको केन्द्र बनेको…






