Skip to main content

धनगढी न्यूज

आजको तस्वीर

प्रधानमन्त्री ओली: देशको विकास योजना कार्यान्वयनमा उच्च मानक अपनाउनु पर्ने

प्रधानमन्त्री ओली: देशको विकास योजना कार्यान्वयनमा उच्च मानक अपनाउनु पर्ने

काठमाडौँ, साउन ११ गते। प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशको समग्र विकासको योजना कार्यान्वयन नमूनायोग्य बन्न सक्नुपर्ने बताउनुभएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीको शपथ कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो, “नवनियुक्त पदाधिकारीमा हार्दिक बधाइ एवम् शुभकामना। तपाईहरुको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सकोस्। नयाँ उचाइ हासिल हुन सकोस्।” उहाँले मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजनालाई समृद्ध नेपालका नीति तथा गन्तव्यसँग तालमेल गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना…
Read More
खोलाले बगाएर दुई किशोरीको ज्यान गयो

खोलाले बगाएर दुई किशोरीको ज्यान गयो

दुल्लु, साउन ११ गते। पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई   छामघाट खोलाले बगाएर ज्यान गएको छ। महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो। गाई–बाख्रा गोठाला गएका किशोरी छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका थिए। बगेको तीन किलोमिटर तल काफलखेत नजिक सपना र करिब सात किलोमिटर टाढा जडेपिपल नजिक भावनाको शव फेला परेको हो। उद्धारको प्रयास भए पनि खोला धमिलो र बहाव पनि धेरै भएको कारण केहिगरी उद्दार गर्न नसकेको स्थानीय बिष्णु बुढाले बताउनुभयो। मृतक  दुबै जना मालिका मावि बाँसीको कक्षा…
Read More
कैलाली भन्सारले सात अर्ब राजस्व उठायो!

कैलाली भन्सारले सात अर्ब राजस्व उठायो!

धनगढी: कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयलाई सो आवमा एघार अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो। सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधन, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो। आव २०८०/८१ मा भन्सार महसुलबापत तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्कबापत २० करोड ४४ लाख र अन्य शुल्कबापत एक अर्ब ५२ करोड राजस्व सङ्कलन भएको उनले बताए। कार्यालयले आव २०८०/८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत…
Read More
प्रसिद्ध लोकगायक एलपी जोशीको निधन!

प्रसिद्ध लोकगायक एलपी जोशीको निधन!

बिर्तामोड, साउन ११ गते । पूर्वका चर्चित लोकगायक एलपी जोशीको बिहीबार राति निधन भएको छ । बिहिवार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो । दमक –१ निवासी जोशीले  ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाउनुभएको छ । जुन गीत अहिले पनि कालजयी मानिन्छ । एल.पी.जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो । जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहनुभएको थियो । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए । उमेरले ४ दशक पार गरे पनि जोशी हालसम्म…
Read More
अत्यधिक भोजन सेवन गर्दा एकजनाको निधन!

अत्यधिक भोजन सेवन गर्दा एकजनाको निधन!

बेइजिङ । चीनमा एक जना २४ वर्षीय स्ट्रिमरको निधन भएको छ । मृतक मुकबाङ स्ट्रिमर थिइन् । यसमा दर्शकको मनोरञ्जनका लागि एकै ठाउँमा बसेर ठुलो परिमाणमा खानेकुरा खाइन्छ । चाहिनेभन्दा धेरै खाना खाने र खानेकुरा खेर फाल्ने प्रवृत्तिमा अंकुश लगाउन चीनले सन् २०२० मै मुकबाङ स्ट्रिमिङमा रोक लगाएको थियो । यो नियमको उल्लंघन गर्नेहरूलाई १० हजार युआनसम्म जरिवाना लगाइने व्यवस्था छ । तर अझै पनि चीनमा मुकबाङ स्ट्रिमिङ रोकिएकोे छैन । भ्युज बटुल्नकै लागि पत्याउनै नसक्ने परिमाणमा खानेकुरा खाएर भिडियो बनाउनेहरू त्यहाँ हजारौँ छन् । यही महिना पान सियाओतिङ नाम गरेकी मुकबाङ स्ट्रिमरको मृत्यु भएको छ । पानको आन्द्रा नपचेका खानेकुराले…
Read More
१८ वर्षपछि पनि महाकाली आयोजना २२ प्रतिशत मात्र सम्पन्न

१८ वर्षपछि पनि महाकाली आयोजना २२ प्रतिशत मात्र सम्पन्न

कञ्चनपुरः अठार वर्षअघि प्रारम्भ भएको  भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् । विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ। ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु सात अर्ब ६८ करोड खर्च भएको छ। कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२…
Read More
पेरिसदेखि पेरिससम्म: एक शताब्दीको ओलम्पिक यात्रा

पेरिसदेखि पेरिससम्म: एक शताब्दीको ओलम्पिक यात्रा

पहिलो पटक रङ्गशाला बाहिर उद्घाटन। विगतका धेरै ओलम्पिक खेलकुद महोत्सवमा प्रभाव जमाएको रुसको अनुपस्थिति। केही नयाँ खेल। यी र यस्तै कारणले पेरिसमा शुक्रबार मध्यरातमा उद्घाटन हुने ओलम्पिक खेलकुदको विशेष महत्त्व छ। महत्त्व यत्तिमा सीमित छैन। एक सय वर्ष अघि पनि ओलम्पिक खेलकुदको आयोजना गरेको पेरिसमा अहिले पनि ओलम्पिक खेलकुदको आयोजना हुँदैछ। एक शताब्दी बिचका पेरिस ओलम्पिकमा धेरै भिन्नता आएका छन्। खेल सङ्ख्यामा, खेल स्तरमा र प्रविधिमा ठुलो उपलब्धि भएको छ। सबै क्षेत्रमा संसारले फड्को मारेको छ। यो दुई साता भन्दा लामो समयको खेल महोत्सवलाई संसारले चासो पूर्वक हेरेको छ। ओलम्पिक खेलकुदको इतिहासमा फ्रान्सको सबै भन्दा ठुलो र महत्त्वपूर्ण भूमिका छ।…
Read More
१२ कक्षापछि विदेशमा पढ्न जान उचित हो कि अनुचित?

१२ कक्षापछि विदेशमा पढ्न जान उचित हो कि अनुचित?

  १० साउन, काठमाडौं । सरकारी तथ्यांक अनुसार हरेक वर्ष एक लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिने गरेका छन् । यसरी विदेश जानेहरुमा ठूलो संख्या कक्षा १२ पास गरेकाहरु छन् । विदेश जाने विद्यार्थीको संख्या बढेपछि गत फागुनमा सरकारले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ ल्यायो । जसमा उच्च शिक्षा (स्नातक तह वा सोभन्दा माथिको शिक्षा) का लागि वैदेशिक अध्ययन स्वीकृति पत्र अर्थात नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्ने उल्लेख थियो । यो निर्देशिकाले १२ कक्षा पास गरेकाहरुलाई एनओसी नदिने देखिएपछि चर्को बहस भयो । तर शिक्षा मन्त्रालयले १२ कक्षा पास गरेका विद्यार्थीहरुलाई पनि एनओसी दिने गरी निर्देशिका सार्वजनिक गरेपछि त्यो…
Read More
सिंहदरबार धाउँदै जनप्रतिनिधि

सिंहदरबार धाउँदै जनप्रतिनिधि

काठमाडौँ, साउन ११ गते । हरेक नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै सिंहदरबारमा बेग्लै चहलपहल हुने गर्छ । सिंहदरबारमा हुने यो चहलपहल बजेट र योजना माग गर्नेको नभई कर्मचारी माग गर्ने स्थानीय तहका जनप्रतिनिधिहरूको हो । नयाँ आव सुरु भएसँगै स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन् । यो समस्या धेरैअघिदेखि र बर्सेनि आउने भए पनि यसको समाधानका लागि ठोस प्रयास हुन सकेको छैन । त्यसै कारण यस वर्ष पनि स्थानीय तहका अध्यक्ष र प्रमुखहरू आफ्नो नेतृत्वको सरकार चलाउन प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउन थालेका छन् । सरकारले स्थानीय तहमा कर्मचारी खटाउनेसम्बन्धी मापदण्ड तर्जुमा गर्दै छ । उक्त मापदण्ड निर्माणमा ढिलाइ भएकाले कर्मचारी खोज्न जनप्रतिनिधि…
Read More
सौर्यका पाइलटले डाक्टरलाई भने- सय फिट उडेपछि जहाज उड्न नसकेर अड्कियो

सौर्यका पाइलटले डाक्टरलाई भने- सय फिट उडेपछि जहाज उड्न नसकेर अड्कियो

काठमाडौं- सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य हुँदै गएको जनाएको छ । काठमाडौंबाट बुधबार बिहान ११ः११ मिनेटमा प्राविधिक र इन्जिनियर बोकेर पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेको थियो । घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार जारी छ । उक्त दुर्घटनामा परेका क्याप्टेन शाक्यलाई उद्धार गरिएपछि अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको  छ ।   के भने पाइलट शाक्यले?  यसैबीच…
Read More