24
Jul
काठमाडौँ, साउन ९ गते । मनसुन सुरु भएयताको डेढ महिनामा विपत्का घटनामा परी १३३ जनाको मृत्यु भएको छ । जेठ २८ गतेयता एक हजार ५९२ वटा विपत्का घटनामा १३३ जनाको मृत्यु भएको हो । घटनामा १४४ जना घाइते भएका छन् र ४८ जना बेपत्ता छन् । मृतक परिवारलाई व्रmमशः राहत उपलब्ध गराउने कार्य भइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभएको छ । प्रतिनिधि सभामा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले विभिन्न विपत्का घटनामा १३० जनाको मृत्यु भएको जानकारी दिनुभएको थियो । त्यसपछि नेपाल प्रहरीले विवरण अद्यावधिक गरी १३३ जनाको मृत्यु भएको जनाएको छ । विपत्का घटनामा ५९४ पशु चौपायामा नोक्सानी पुगेको र २३१…






