Skip to main content

धनगढी न्यूज

धनगढी विशेष

नवजीवन सहकारीको साधारणसभा टीकापुरकामा सम्पन्न

नवजीवन सहकारीको साधारणसभा टीकापुरकामा सम्पन्न

टीकापुर : नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा टीकापुरमा सम्पन्न भएको छ। नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी रहेका थिए । भेलालाई सम्वोधन गर्दै मन्त्री लक्ष्मणकिशोर चौधरीले केही व्यक्तिका कारण सहकारी देशव्यापी रुपमा बदनामी भैरहेको र राजनीतिक रुपमा निराकरण हुन नसक्दा समस्या बल्झिएको बताए। मन्त्री चौधरीले कैलाली जिल्लाको आर्थिक विकासमा नवजीवन सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै आफू निर्वाचन लडदा सहकारीले ऋण दिएको र सफल भएको बताए। पूर्वराज्यमन्त्री चन्द्रसिह भट्टराईले शंकैशंकामा सदस्य भएको सहकारीले ठूलो प्रगति गरेकोमा धन्यवाद दिए । जानकी…
Read More
सेतीलाई गेटा विश्वविद्यालयमा गाभ्न सुदूरपश्चिम सरकारको प्रस्ताव

सेतीलाई गेटा विश्वविद्यालयमा गाभ्न सुदूरपश्चिम सरकारको प्रस्ताव

धनगढी : कैलालीको सेती प्रादेशिक अस्पताललाई गेटा विश्वविद्यालयमा गाभ्न सुदूरपश्चिम सरकारले प्रस्ताव गरेको छ। सेतीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा गाभ्न प्रदेश सरकारले प्रस्ताव गरेको हो। चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा सुचारुका लागि सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको अस्पताललाई सङ्घीय सरकारमा फिर्ता पठाउने प्रस्ताव गरिएको छ। चाँडो चिकित्सा शिक्षाको पठनपाठन गर्न कानुनी समस्या रहेको दाबी गरिएका बेला प्रदेश सरकारले सञ्चालनमा रहेको सेती अस्पताल सङ्घीय सरकारलाई फिर्ता गर्न तयार रहेको बताएको हो। सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ भने, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गरेका छन। विश्वविद्यालयमा चिकित्सा शिक्षा र विशिष्टीकृत…
Read More
धनगढीमा खोलाको क्षेत्राधिकार छुट्याउन राखियो ‘डिजिपिएस’

धनगढीमा खोलाको क्षेत्राधिकार छुट्याउन राखियो ‘डिजिपिएस’

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेर खोलाको क्षेत्राधिकार खाली गर्न थालेको छ। उपमहानगरपालिकाले बजार क्षेत्रमा अतिक्रमणमा परेका खोलाको क्षेत्राधिकार खाली गर्न र अतिक्रमण हुन नदिन नयाँ प्रविधिको प्रयोग गरेको छ। यसका लागि खोलाको किनारामा पोलहरू गाड्न थालिएको छ। पोलहरू सारेको खण्डमा तथा खोलाले बगाएमा स्याटलाइट प्रविधिबाट हेरचाहा गर्न सकिने गरी प्रबन्ध गरिएको छ। नदी तथा खोलाको किनारामा पोल गाडिने भएकाले सम्वन्धित जग्गाधनीलाई पनि सहज हुने उपमहानगरपालिकाको तर्क छ। चालु आर्थिक वर्षमा ५० किलोमिटर खोला किनारमा सीमाङ्कन, रेखाङ्कन तथा पोलहरू गाड्ने काम हुने उपमहानगरले जनाएको छ। वडा नम्बर १ र ५ को सीमा क्षेत्रमा पर्ने सुकुटी नालाबाट बुधवारदेखि यस्तो अभियानको…
Read More
लम्कीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

लम्कीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

धनगढीः कैलालीमा स्कुल बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–१० चुहा स्थित भित्रि सडक खण्डमा मप.०३–००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले बिपरित दिशाबाट आउदै गरेको से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक जोशिपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरी गम्भिर घाईते भएका थिए। एकतनलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन नै मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी कबिन्द्रसिँ बोहराले बताए। मोटरसाइकल पछाडी सवार लम्कीचुहा नगरपालिका–६ पिपरकोटी बस्ने २४ वर्षीय विक्रम चौधरीको बर्दगोरिया अस्पताल बौनियामा उपचार भईरहेको डीएसपी बोहराले जानकारी दिए। बस र बस चालक घोडाघोडी नगरपालिका–२…
Read More
सुदूरपश्चिमसँग विराटनगरको लज्जास्पद हार

सुदूरपश्चिमसँग विराटनगरको लज्जास्पद हार

धनगढीः विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हार बेहोरको छ। मंगलबार भएको दोस्रो खेलमा विराटनगर ९० रनले पराजित भएको हो। सुदूरपश्चिमले दिएको १८३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो। यो प्रतियोगितामै बनेको सबैभन्दा कम स्कोर हो। यसअघि काठमाडौं गुर्खाजले चितवन राइनोजविरुद्ध सबैभन्दा कम १११ रन बनाएको थियो। उक्त कीर्तिमान पनि विराटनगरले तोडेको हो। जितसँगै सुदूरपश्चिमले डेब्यु खेलमै दुई अंक जोडेको छ। विराटनगर भने अघिल्लो खेलमा जनकपुर बोल्ड्ससँग आठ विकेटले पराजित भएको थियो। विराटनगरका बसिर अहमद र राजेश पुलामीबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। २८ बल खेलेका बसिरले…
Read More
बडीमालिकालाई संरक्षित क्षेत्रको रूपमा विकास गरिने

बडीमालिकालाई संरक्षित क्षेत्रको रूपमा विकास गरिने

धनगढीः बडीमालिका बाजुरा, अछाम र कालीकोट जिल्लाको सीमा क्षेत्रमा पर्छ। बाजुराको त्रिवेणी, बडीमालिका र बुढीनन्दा नगरपालिका तथा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका एवं अछामको रामारोसन गाउँपालिकाको करिब पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा बडीमालिका फैलिएको छ। बडीमालिका क्षेत्र समुद्र सतहबाट २ हजारदेखि ४ हजार २ सय मिटरसम्मको उचाइमा अवस्थित छ। प्रत्येक वर्ष श्रावण शुक्ल द्वादशीदेखि चतुर्दशीका दिनसम्म चल्ने जनैपूर्णिमा मेलामा बडीमालिका क्षेत्रमा विशेष भीड लाग्ने गरेको छ। बाजुरा जिल्लाका स्थानीय तहहरू, सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकार गरेर बडीमालिकालाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने तयारी गरिएको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बडीमालिका धार्मिक क्षेत्रको विकास गर्न आवश्यक रहेको बताए। उनले भने, ‘बडीमालिकालाई…
Read More
कैलालीको लम्कीचुहामा तीन दिन विद्यालय बन्द

कैलालीको लम्कीचुहामा तीन दिन विद्यालय बन्द

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिएको छ। उद्योग वाणिज्य संघले तीन दिने लम्की महोत्सवको आयोजना गरेपछि विद्यालयमा विदा दिइएको हो। सोही महोत्सवलाई लक्षित गर्दै नगरपालिकाले महोत्सव अवधिभरका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले बिहीबार सूचना जारी गर्दै महोत्सव अवलोकनका लागि मंसिर १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बन्द गर्न निर्देशन गरेको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तबहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा प्रस्तूत हुने विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिका उपकरणहरुको प्रदर्शनी अवलोकन तथा नृत्य प्रतियोगिता हुने भएकाले स्थानीय विदा…
Read More
साल्ट ट्रेडिङ धनगढीले इन्डक्सन चुलोसँगै त्यसमा लाग्ने भाडासमेत बिक्री गर्दै

साल्ट ट्रेडिङ धनगढीले इन्डक्सन चुलोसँगै त्यसमा लाग्ने भाडासमेत बिक्री गर्दै

धनगढीः साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले इन्डक्सन चुलो र त्यसमा लाग्ने भाडाँकुडाँ बिक्री गर्न थालेको छ। यो वर्षको दशैंदेखि साल्ट ट्रेडिङले विद्युतीय चुलो र त्यसमा लाग्ने भाडाँवर्तन बिक्री गर्न थालेको हो। खाना पकाउने ग्यास र दाउराको खपत घटाउने उद्देश्यले इन्डक्सन चुलो बिक्री गर्न सुरु गरिएको छ। यो वर्षको दशैंदेखि साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय धनगढीले विद्युतीय चुलो र त्यसमा प्रयोग हुने खाना पकाउने भाडाँ बिक्री गर्न सुरू गरेको हो। साल्ट ट्रेडिङले बाल्ट्रा कम्पनीको दुई हजार वाटको इन्डक्सन चुलो, ५ लिटरको प्रेसर कुकर, कराई, ननस्टिक प्यान र फ्राइङप्यान बिक्रीका लागि राखेको छ। दुई हजार वाट क्षमताको इन्डक्सन चुलोको मूल्य चार हजार तोकिएको छ भने…
Read More
आम्दानीको स्रोत तरकारीखेती

आम्दानीको स्रोत तरकारीखेती

कैलालीः कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन्। त्यसमध्ये एक छन् कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना। उनले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए। रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए। उनले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएक छन्। 'पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु। वर्षमा एक लाख पचास हजारको आलु मात्रै बिक्री गर्छु। गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए। यसपटक पनि राम्रै उत्पादन हुने आशा छ', रानाले भने, 'छ जनाको परिवार छ। तरकारी खेतीबाट…
Read More
गेटा विश्वविद्यालय सञ्चालनको प्रश्न गर्दा गृहमन्त्री लेखकले सुनाए आफ्नै व्यथा

गेटा विश्वविद्यालय सञ्चालनको प्रश्न गर्दा गृहमन्त्री लेखकले सुनाए आफ्नै व्यथा

धनगढी : गृहमन्त्री रमेश लेखकलाई कैलालीको गेटामा चिकित्सा शिक्षा विश्वविद्यालय सञ्चालनको विषयमा प्रश्न गर्दा उनले आफ्नै व्यथा सुनाएका छन। गृह प्रदेश सुदूरपश्चिमको धनगढीमा बिहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा गेटामा विश्वविद्यालय सञ्चालनमा भएको ढिलाइका विषयमा प्रश्न गर्दा उनले आफ्नो व्यथा सुनाएका हुन। कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा पुगेको छ। प्रतिनिधि सभाको शिक्षा समितिमा दफावार छलफलका लागि विधेयक पुगेको हो। लामो समयदेखि विधेयक प्रतिनिधि सभामा पेस नभएको विषयमा पत्रकारले सोधेको प्रश्नमा गृहमन्त्री लेखकले स्पष्ट जवाफ दिएनन। उनले प्रतिनिधि सभामा लामो समयदेखि धेरै विधेयकहरु जान नपाएको बताए। उनले भने, ‘यलाई चाँडो सञ्चालन…
Read More