Skip to main content

धनगढी न्यूज

प्रदेश

गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ-प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी…
Read More
बालिकाको मृत्यु दुरुत्साहनमा शिक्षक पक्राउ

बालिकाको मृत्यु दुरुत्साहनमा शिक्षक पक्राउ

सिन्धुपाल्चोक, भदौ ३ गते । सुनकोसी गाउँपालिका–२ ठोकर्पाको १५ वर्षीया बालिकाको आत्महत्या दुरुत्साहन मुद्दामा सोही गाउँका ‘मनोज’ भनिने निरन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रमुख सन्तोष खड्काले आरोपित निरन कार्कीलाई पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । निरन कार्कीले आफ्नै छात्रा सन्ध्या रोक्कालाई प्रेम जालमा पारेर मानसिक, शारीरिक यातना दिई सामाजिक सञ्जालबाट बदनाम गराएपछि  आत्महत्या गर्न बाध्य बनाएको वालिकाको दाजु दीपक रोक्काको आरोप छ । निरन ठोकर्पा माबिका अङ्ग्रेजी शिक्षक हुन भने रोक्का उनकै छात्रा हुन् । निरनले ‘मनोज कार्की’ नामक फेसबुक एकाउन्ट खोलेर सन्ध्याको चरित्रहत्या गर्ने विभिन्न आपराधिक कुरा पोस्ट गरेका थिए ।…
Read More
व्यक्ति, समूह, संस्थालाई बजेट विनियोजन नगर्ने मुख्यमन्त्री शाहको भनाई

व्यक्ति, समूह, संस्थालाई बजेट विनियोजन नगर्ने मुख्यमन्त्री शाहको भनाई

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्ति, समूह, संस्थालाई बजेट विनियोजन नगर्ने बताएका छन्। धनगढी स्थित मुख्यमन्त्री निवासको सभाहलमा आजं (सोमबार) आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारबाट बजेट तोकेर  व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारी आदिलाई नियोजन नगरिने बताएका हुन्। सरकार बजेट निर्माणका बाँकी प्रक्रियाहरू पूरा गर्न प्रदेश सभामा छलफलका लागि बजेट तथा कार्यक्रम पेश गर्दै सबै प्रदेशसभा सदस्यको सहमतिमा प्रक्रियागत ढंगले अगाडि बढ्न प्रतिबद्ध रहेको उनले बताए। बजेट निर्माणका सन्दर्भमा प्रदेश सरकार सबै क्षेत्रका सम्बद्ध व्यक्ति, दल र नागरिक समाजसँग संवाद र छलफल गरिरहेको बताए ।  विभिन्न क्षेत्रबाट प्राप्त सुझाव साथै विषेश गरी गठबन्धन दलको सहमतिमा वार्षिक…
Read More
ओल्केमा धुमारीको भाका घुमाउँदै

ओल्केमा धुमारीको भाका घुमाउँदै

डडेलधुरा, भदौ ३ गते । ८४ वर्षीय दानसिंह बोहोरा चैत खेलमा गीतका टुक्का हाल्न खुबै रौसिनुहुन्छ । त्रेतायुगका राजा दशरथका छोरा भगवान् रामको कथालाई गीतका माध्यमबाट डोट्याली भाषामा बनाइएको चैत गीतको टुक्का दानसिंहले यसरी गाउनुभयो– हिरालाल जटम्बर घागो, नन्नरी पैरायो सपुरस्याबागो दशरथ राजाको रामचन्द्र वेटा, तीनले समन्द्र सारासेतू लाईछ लाई हाल्यो सारासेतु, लाईहाल्यो पार हनुमन्त चलिगया लंकापार यो टुक्कामा हिन्दी भाषाको समेत प्रयोग भएको छ । परापूर्वकालदेखि सुदूरपश्चिम क्षेत्रमा चैत, धुमारी गीतको भाकामा बुढापाकाले गोलो घेरा बनाई खुट्टा दायाँ, बायाँ सारी हल्का बसे जस्तो गरी पैतला पछाडि सार्दै खेलिँदै आएको छ तर पछिल्ला वर्षमा यो लोकसंस्कृति त्यति देख्न पाइन्न । भदौ…
Read More
आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, भदौ ३ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने…
Read More
जनैपूर्णिमा : गाउँघरमा हराउँदै हुँदैछ जनै बनाउने सीप

जनैपूर्णिमा : गाउँघरमा हराउँदै हुँदैछ जनै बनाउने सीप

मध्यविन्दु (नवलपरासी), भदौ ३ गते । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताउनुभयो । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ”, उहाँले भन्नुभयो, “सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप हुँदै गएका छन् ।” केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको कावासोती–१७ का धनपति अधिकारीले…
Read More
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर

पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ। खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले मुद्दा दायर गरेका हुन्। अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन्। खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौं रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलले दाबी गरेका छन्। कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन्। सही सुराकीलाई नदिइकन नक्कली सुराकी खडा गरी सुराकी रकम लिन…
Read More
धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव २०८१ आयोजना हुने

धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव २०८१ आयोजना हुने

कैलालीको धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव २०८१ आयोजना हुने भएको छ।  सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमिति धनगढी कैलालीको संयुक्त आयोजनामा गौरा महोत्सव हुने भएको हो। आयोजकले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी यहीँ भदौ ८, ९ र १० गते धनगढी उपमहानगरपालिका–९ स्थित पुरानो एयरपोर्र्ट खुल्ला मञ्चमा नवौँ संस्करणको गौरा महोत्सव आयोजना गरिने जनाएको छ। सुदूरपश्चिम गौरा महोत्सवका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिने सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले जानकारी दिए। उनका अनुसार गौराको महत्त्व झल्किने धार्मिक परम्परागत मौलिक प्रस्तुतिमा विशेष जोड दिइनेछ। चैत, धमारी, ढुस्को, भारीखेललगायतका प्रस्तुतिहरू महोत्सवमा प्रस्तुत गरिने उपकुलपति जोशीले बताए। यसका साथै गौरा महोत्सवमा सुदूरपश्चिम प्रदेशका…
Read More
धनगढीमा एचए पढ्ने बेलौरीकी आस्था मृत फेला

धनगढीमा एचए पढ्ने बेलौरीकी आस्था मृत फेला

धनगढी: धनगढीमा एक किशोरी मृत फेला परेकी छन्। आज (आइतबार) धनगढी उपमहानगरपालिका १ मा किशोरी मृत फेला परेकी हुन्। कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा भाडामा बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थापा आफू बस्ने कोठाको झ्यालको ग्रीलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनी शैलेश्वरी स्कुल अफ हेल्थ साइन्समा एचए प्रथप वर्षमा अध्यनरत थिइन्। निकटस्थ स्रोतका अनुसार प्रेम सम्बन्धमा थिइन्। अहिले प्रहरीले भने घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
Read More
दुई दल मात्रै रहने गरी संविधान संशोधन गर्न खोजे मान्दैनौँ : भुसाल

दुई दल मात्रै रहने गरी संविधान संशोधन गर्न खोजे मान्दैनौँ : भुसाल

काठमाडौं : राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताएका छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको बताए। उनले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने? कस्तो संशोधन गर्ने? केका निम्ति संशोधन गर्ने? भन्ने प्रश्न रहेको बताए। उनले दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने चेतावनी दिए। उनले भने, ‘अनियमितता बढेर गएका छन्। बेरुजु बढेर गएको छ। भ्रष्टचार बढेर गएको छ। यसलाई नियन्त्रण…
Read More