Skip to main content

धनगढी न्यूज

प्रदेश

रौतहटमा वृद्धको हत्या

रौतहटमा वृद्धको हत्या

रौतहटमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या भएको छ । गौर नगरपालिका- ५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । आफ्नो घरमा सुतेका महतोको गौरस्थित झोलुङ्गे पुलको दक्षिणपट्टी धान खेतमा आज विहान शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिनुभयो । महतोको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर लगत्तै रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता गिरीले बताउनुभयो ।
Read More
नेपाली बजारमा ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य !

नेपाली बजारमा ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य !

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।   घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।  
Read More
धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु

धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु

बाजुरा । धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मिक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पूजाका लागि धार्मीक बिहीबारबाट तीर्थयात्रा सुरु भएको छ । दुवै शक्ति पीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नुपर्ने धार्मिक मान्यता छ । सयौँको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका गएको छ । नगर उपप्रमुख नन्दाकुमारी थापा नेतृत्वमा टोली बडीमालिका तीर्थयात्रामा प्रस्थान गरेको हो । बडीमालिका नगरपालिकाले…
Read More
डोटीको सिलगडी नगरपालिका-४ समुहगाडमा बस दुर्घटना

डोटीको सिलगडी नगरपालिका-४ समुहगाडमा बस दुर्घटना

डोटीः डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ।
Read More
भ्रष्टाचार मुद्दा लागे पनि निलम्बन गर्न नहुने पक्षमा सांसदहरू

भ्रष्टाचार मुद्दा लागे पनि निलम्बन गर्न नहुने पक्षमा सांसदहरू

काठमाडौँ — सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर हुनेबित्तिकै निलम्बन हुने व्यवस्था हटाउन सांसदहरू एकमत देखिएका छन् । मुद्दा दायरलगत्तै निलम्बन हुने कानुनी व्यवस्था बदल्नुपर्ने सांसदहरूको धारणा छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा सांसदहरूले भ्रष्टाचार मुद्दा दर्ता हुनेबित्तिकै पद निलम्बन हुने व्यवस्थामा पुनर्विचार गर्नुपर्ने प्रस्ताव राखेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गर्नेबित्तिकै सार्वजनिक पदधारी व्यक्ति निलम्बन हुने र फैसला आउन लामो समय लाग्ने भएकाले कानुनमा उक्त व्यवस्था राख्न नहुनेमा सत्ता र प्रतिपक्षी दलका सांसदहरू एकमत देखिएका छन् । अख्तियार प्रमुख प्रेम राईले…
Read More
देशभर मनसुनी वायुको प्रभाव कायम, कम वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव कायम, कम वर्षा हुने

काठमाडौँ, साउन ३२ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी,…
Read More
धनगढीमा:एक्सपर्ट एजुकेसन एक्सोपो

धनगढीमा:एक्सपर्ट एजुकेसन एक्सोपो

धनगढी : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले धनगढीमा एजुकेसन एक्सो पो कार्यक्रमको आयोजना गर्ने भएको छ। एक्सपर्ट एजुकेशन धनगढीले पत्रकार सम्मेलन गर्दै बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म धनगढीमा कार्यक्रमको आयोजना हुने बताएको हो। धनगढीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा आयोजना हुने सो एक्सो कार्यक्रममा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिन सक्ने र उनीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक निलम चौधरीले बताइन्। उनले सो कार्यक्रममा अभिभावकहरु पनि आउन सक्ने बताइन्। कार्यक्रममा विदेशका विभिन्न विश्वविद्यालयहरुका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ । कार्यक्रममा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको परामर्श र मार्गदर्शन गरिने चौधरीको भनाइ…
Read More
काठमाडौं उपत्यकाका सडक भासिने समस्या बढ्दै

काठमाडौं उपत्यकाका सडक भासिने समस्या बढ्दै

काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलतर्फ जाने भित्री सडकमा बुधबार बिहान भ्वाङ पर्‍यो । झन्डै ३ मिटर क्षेत्र भासिएपछि सडक नै अवरुद्ध भयो । सडकमा भ्वाङ पर्नुको कारण खुलिसकेको छैन । एक साताअघि (साउन २४) काठमाडौंको दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीचबाटोमै भ्वाङ परेको थियो । त्यो भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको छ । टुकुचाको कल्भर्ट जीर्ण भई सडक भासिएको सडक डिभिजन काठमाडौंले जनाएको छ । त्यहाँ ५ मिटर गहिराइ र ४ मिटर चौडाइको भ्वाङ परेको थियो । गत असार १९ मा सोह्रखुट्टेबाट बालाजुतर्फ जाँदै गर्दा नयाँबजारमा बनेको खाडलमा एक मोटरसाइकल नै खस्यो । मोटरसाइकल चालक जसोतसो निस्किए । करिब ३ घण्टा लगाएर काठमाडौं महानगर र सशस्त्र प्रहरी बलको…
Read More
विकासको पहिलो आधार राजनीतिक स्थिरता : मुख्यमन्त्री शाह

विकासको पहिलो आधार राजनीतिक स्थिरता : मुख्यमन्त्री शाह

धनगढी,  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासको पहिलो आधार राजनीतिक स्थिरता रहेको बताउनुभएको छ । प्रदेश सभामा आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि नयाँ राजनीतिक सहमति भएको मुख्यमन्त्रीको भनाइ छ । मुख्यमन्त्री शाहले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान भइसकेको जनाउँदै बजेटको समस्या पनि चाँडै निकास दिने प्रयासमा प्रदेश सरकार रहेको उल्लेख गर्नुभयो । “विनियोजन ऐन र आर्थिक ऐन पास गरेर चाँडै नै चालु र पुँजीगत खर्च अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री…
Read More
भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि

भारतको ७८औँ स्वतन्त्रता दिवसमा छ हजार विशेष अतिथि

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा दिल्लीको ऐतिहासिक लालकिल्लाबाट ७८औँ स्वतन्त्रता दिवस मनाउन राष्ट्रको नेतृत्व गर्नुहुनेछ । यस वर्षको स्वतन्त्रता दिवसको नारा ‘विकसित २ भारत २०४७’ रहेको छ । बुधबार जारी गरिएको आधिकारिक विज्ञप्तिमा यस उत्सवले सन् २०४७ सम्ममा देशलाई विकसित राष्ट्रमा परिणत गर्ने सरकारको प्रयासलाई नयाँ बल प्रदान गर्ने मञ्चको रूपमा काम गर्ने उल्लेख गरेको छ । समारोहमा जनसहभागिता बढाउने उद्देश्यले यस वर्ष लालकिल्लामा मनाइने कार्यक्रममा करिब छ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको छ ।   कार्यक्रममा विभिन्न राज्य-केन्द्र शासित प्रदेशहरूका लगभग दुई हजार परम्परागत पोशाकमा सजिएका मानिसलाई पनि भव्य समारोहमा आमन्त्रित गरिएको छ । रासस, एएनआई
Read More