Skip to main content

धनगढी न्यूज

प्रदेश

अत्तरियामा जब प्रहरीले जुस सेन्टर राति १० बजेपछि पनि खुलै देख्यो…

अत्तरियामा जब प्रहरीले जुस सेन्टर राति १० बजेपछि पनि खुलै देख्यो…

अत्तरिया- अत्तरियाको लोटस गल्लीमा रहेको थ्रिडिभिएल जुस सेन्टरमा राति प्रहरी आएर दुर्व्यवहार गरेको जुस सेन्टरमा कार्यरत क्षितिज साउदले बताएका छन् । उनले राति १० बजेपछि खाना खाइरहेका बेला प्रहरी आएर दुर्व्यवहार गरेको बताएका हुन् । साउदले राति पसल बन्द गर्ने बेलामा भ्यानसहित आएको प्रहरी टोलीले पसल बन्द गर भनेको तर आफूहरु खाना खाइरहेकाले खाएर बन्द गर्छु भन्दा प्रहरीले गाडीमा जबरजस्ती हाल्न खोजेको बताए । राति सवा १० बजे थ्रिडिभिएलकै चार जना बसेर खाना खाइरहेका बेला प्रहरीले खाना खाएर बन्द गर्छौँ भन्दा नमानी गाडीमा हालेर लगौँ भनेर दुर्व्यवहार गरेको उनले बताए । प्रहरीले थ्रिडिभिएलकै डबल साउँदलाई भ्यानमा हालेर चौकी लगेका थिए ।…
Read More
डडेल्धुराका प्रमोदको भारतमा निधन

डडेल्धुराका प्रमोदको भारतमा निधन

डडेल्धुराः डडेल्धुराका एक जनाको भारतमा निधन भएको छ। जिल्लाको अमरगढी नगरपालिका–८ टाँटरका ५३ वर्षीय प्रमोद जोशीको भारतको सिक्किममा मृत्यु भएको हो। इञ्जिनियरसमेत रहेका जोशीले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणको काम गरेका थिए। त्यस्तै गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि उनले काम गरिसकेका थिए। उनी विद्यावारिधी गरेपछि पछिल्लो समय सिक्किममै काम गर्दै आएका थिए। जोशीको ह्रदयघातका कारण मृत्यृ भएको अमरगढी नगरपालिका–८ का वडा अध्यक्ष नरबहादुर साँकीले बताए। उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको बताइएको छ।
Read More
दार्चुलामा तितरा हेडसरले अफिसमै चुरोट तानेपछि…

दार्चुलामा तितरा हेडसरले अफिसमै चुरोट तानेपछि…

काठमाडाैं: दार्चुलाको एक विद्यालयका प्रधानाध्यापकले कार्यकक्षमै चुरोट सल्काएको पाइएको छ। विद्यार्थी मात्र होईन, शिक्षकलाई पनि नेतृत्व गर्ने हेडमास्टरले नै कार्यकक्षमा चुरोट तानेको भिडियो बाहिर आएको हो। शैल्यशिखर नगरपालिका–१ मा रहेको कृष्ण मावि बलाचका प्रधानाध्यापक जनक तितराले कार्यकक्षमै चुरोट तानेको भन्दै चर्को आलोचना भइरहेको छ । ‘प्रअले अफिसमै चुरोट खाइरहेका छन्। हेर्नुहोस योबाट विद्यार्थीले के सिक्ने त ? यस्ता शिक्षकलाई तुरुन्त काबाही होस्। यो घर होइन सरकारी अफिस हो ’ स्थानीय चन्द्रदेव भन्छन्। यस विषयमा प्रअ तितराले कुनै प्रतिक्रिया दिएका छैनन्।कानुनी रुपमा नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ। उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी…
Read More
कञ्चनपुरमा पानीमा डुबेर एक बालिका घाइते

कञ्चनपुरमा पानीमा डुबेर एक बालिका घाइते

कञ्चनपुरः कञ्चनपुरमा पानीमा डुबेर एक बालिका घाइते भएकी छन्। जिल्लाको  बेदकोट नगरपालिका–५ धरमपुरकी १ वर्षीया बालिका भागरति डगौरा घाइते भएकी हुन्। उनी आफ्नै घरको आगनमा खेल्ने क्रममा बाल्टीको पानीमा डुबेर घाइते भएकी हुन्। घाइते भागरतिको महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा सामान्य उपचार पछि थप उपचारका लागी सेती प्रादेशीक अस्पताल धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  
Read More
प्रधानमन्त्री ओलीको उद्घोष:२०/३० वर्षमै बिहे गरेर सन्तान जन्माउनुपर्ने

प्रधानमन्त्री ओलीको उद्घोष:२०/३० वर्षमै बिहे गरेर सन्तान जन्माउनुपर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २०/३० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा उनले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताएका हुन् । ‘४० कटेसी रमाउँला’ भनेर गीत गाउने गरिएको प्रशंग जोड्दै ओलीले अघि भने,‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन्, त्यसो भएपछि जनसंख्या झन् घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन् ।’ उनले युवाले फ्युचर जेनेरसन (भावी…
Read More
हिलाम्मे दशरथ रंगशाला, खेलाडीको जिउभरी हिलो

हिलाम्मे दशरथ रंगशाला, खेलाडीको जिउभरी हिलो

काठमाडौं (हाम्रो खेलकुद)- भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिग समूह चरणका‌ लागि छनोट भएको छ। दशरथ रंगशालामा मंगलवार नेपालको चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै पारो समूह चरणमा पुगेको हो। पारोको जितमा किंगा वाङचुक र विलियम ओकोपोले गोल गरे। लाकेन लिम्बुको गोल सान्त्वना गोलमा सिमित बन्यो। खेलको ३९औं मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो। मोजेजको हेडर पासमा क्लोज रेन्जबाट लाकेन लिम्बुको ट्याप इन गोलमा परिणत भयो। तर यो अग्रता एक मिनेट पनि टिक्न सकेन। गोल भएर रिलिज भएकै बलमा चर्च ब्वाइजका दीप कार्कीले मिस गरेको बलमा किंगा वाङचुकले खाली पोष्टमा गोल गरे। पहिले हाफ एक-एक गोलको बराबरीमा सकियो। खेलको ६७औं मिनेटमा पारोले…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् । बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइनजिक पुग्छ । तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एकढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन ।
Read More
प्रधानमन्त्री ओलीलाई कतार भ्रमणको निम्तो

प्रधानमन्त्री ओलीलाई कतार भ्रमणको निम्तो

कतारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी अक्टोबरमा कतारमा हुने एसियन कोअपरेसन डायलग (एसीडी) सम्मेलनमा सहभागी हुन निम्तो दिएको छ । नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले प्रधानमन्त्री ओलीलाई भेट गर्दै कतारका राजाका तर्फबाट निमन्त्रणा दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्दै निमन्त्रणा दिएको हो । एसीडी मञ्चमा नेपालसहित ३५ मुलुक आबद्ध छन् । उक्त मञ्चको १९ औँ मन्त्रीस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि यसको सदस्य भएको हो । प्रधानमन्त्री ओली र कतारी राजदूत अन्सारीबीच भएको भेटमा अवसरमा दुई देशका आपसी हित र सम्बन्धबारे छलफल भएको…
Read More
दिनभर पालिका, साँझबिहान खेतबारीमा

दिनभर पालिका, साँझबिहान खेतबारीमा

सुर्खेत, साउन ३० गते । चिँगाड गाउँपालिका–५ का अवलचिङका खड्क चन्द गाउँपालिकाका सहकारी उद्योग शाखा प्रमुख हुनुहुन्छ । दिनभर पालिकामा आएका सेवाग्राहीलाई सेवा दिई बिहानबेलुका नजिकैको बारीमा पुगी तरकारीको हेरविचार गर्नुहुन्छ । त्यति मात्र होइन पाकिसकेका तरकारीको बजारीकरण गर्न सदरमुकाम वीरेन्द्रनगरसहित यताउता खटिनुहुन्छ । पालिकाको उद्योग र सहकारी शाखाबाट यससम्बन्धमा सेवा दिने उहाँ आफैँ तरकारी खेतीमा संलग्न भई कृषक बन्नुभएको छ । तरकारी खेती गर्ने उहाँ मात्रै एक्लो कर्मचारी होइन । पालिकाका अन्य १६ जना कर्मचारी मिलेर अहिले स्थानीयको जग्गा भाडामा लिई तरकारी खेती गरिरहेका छन् । स्थानीय बासिन्दाको १५० रोपनी जग्गा भाडामा लिएर उनीहरूले साझा कृषि तथा पशुपन्छी फर्म दर्ता…
Read More
सुदूरपश्चिममा एक उपाध्यक्षसहित चार वडाध्यक्षका लागी उपनिर्वाचन हुँदै

सुदूरपश्चिममा एक उपाध्यक्षसहित चार वडाध्यक्षका लागी उपनिर्वाचन हुँदै

धनगढी: सुदूरपश्चिममा एक गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगका अनुसार बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा उपाध्यक्षको पद रिक्त छ। बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगले मङ्गलवार विज्ञप्ति जारी गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका पाँचवटा पद रिक्त रहेको जनाएको छ। निर्वाचन आयोगले आगामी मङ्सिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन…
Read More