Skip to main content

धनगढी न्यूज

मनोरञ्जन

गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक

गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन ।  यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ । ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक…
Read More
एसिया कपमा नेपालको ऐतिहासिक जित

एसिया कपमा नेपालको ऐतिहासिक जित

महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको छ । शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ७२ रनको योगदान दिइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् । करिअरको पहिला अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । उनले त्यसक्रममा ८ चौका प्रहार गर्दै नेपालको इनिङ सम्हालिन् । पुजा महतो ७ रनमा नटआउट रहिन् । नेपालका लागि…
Read More
नेपालमा फस्टाउँदै स्केटिङ

नेपालमा फस्टाउँदै स्केटिङ

खेलको संरक्षण र प्रवर्धनमा काम गरेको पाइन्छ । सन् २०१५ मा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ पनि गठन भयो । त्यसपछि नेपालले पनि स्केट बोर्डका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अनुसार हाल नेपालभरि करिब एक हजार स्केट खेलाडी सव्रिmय रहेका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले नेपालमा पहिलो स्केट बोर्ड, दोस्रोमा रोलर स्केट र तेस्रोमा आइस स्केट भनेर छुट्याइएको जानकारी दिनुहुँदै विगतमा ‘फेसन’ का रूपमा लिने स्केटिङ अहिले खेलका रूपमा विकास भइसकेको बताउनुभयो । अध्यक्ष खनालका अनुसार विभिन्न विद्यालय र क्याम्पसमा यस खेलसम्बन्धी सचेतनामूलक कार्यव्रmम हुँदै आएका छ । जसले गर्दा स्कुल…
Read More
इंग्ल्यान्ड लगातार दोस्रोपल्ट युरो फाइनलमा

इंग्ल्यान्ड लगातार दोस्रोपल्ट युरो फाइनलमा

ओली वाट्किन्सले इन्ज्युरी समयमा गरेको उत्कृष्ट गोलमा इंग्ल्यान्डले युरो-२०२४ मा बुधबार नेदरल्यान्ड्सलाई २–१ ले हराएर फाइनल प्रवेश गरेको छ । अब आइतबार हुने उपाधिको भिडन्तमा इंग्ल्यान्डले स्पेनको सामना गर्नेछ । इंग्ल्यान्ड प्रतियोगिताको फाइनल पुगेको यो लगातार दोस्रो पल्ट हो । डर्टमन्डमा भएको यसपल्टको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले जाभी सिमोन्सको गोलले सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो । यो अग्रता लामो समय टिकेन् र इंग्ल्यान्डका लागि ह्यारी केनले पेनाल्टीबाट बराबरी गोल फर्काए । केनले १८ औं मिनेटमा गोलपछि खेल बराबरीको स्थितिमा रह्यो र प्रतिस्पर्धा अतिरिक्त समय जाने सम्भावना बढेको थियो । तर वाटकिनसले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेट निर्णायक गोल गरे र इंग्ल्यान्डलाई जित दिलाए । अब इंग्ल्यान्डसामु…
Read More

युरो २०२४ : फ्रान्सलाई पन्छाउँदै स्पेन फाइनलमा

स्पेनले युरो २०२४ मा मंगलबार फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । स्पेन कुनै ठूलो प्रतियोगिताको फाइनल पुगेको १२ वर्षयता पहिलो पटक हो । अब फाइनलमा स्पेनले इंग्ल्यान्ड अथवा नेदरल्यान्ड्सको सामना गर्नेछ । स्पेनका लागि लामिन यामल प्रतियोगिताको इतिहासमा गोल गर्ने सर्वाधिक कान्छा खेलाडी बने । उनी १६ वर्षका मात्र रहेका छन् । म्युनिकमा भएको खेलमा स्पेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर खेल जितेको हो । फ्रान्सले रान्डल कोलो मोनीको हेडबाट नवौं मिनेटमा गरेको गोलको मदतले अग्रता लिएको थियो । त्यसका लागि केयलिन एमबापेले पास उपलब्ध गराएका थिए । त्यसपछि स्पेनले चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो । आइतबार हुने…
Read More
‘कल्की २८९८ एडी’ : ९ दिनको कमाइ ७ सय करोड

‘कल्की २८९८ एडी’ : ९ दिनको कमाइ ७ सय करोड

यो सिनेमामा सबैभन्दा आकर्षक पात्र कोही छन् भने ती अश्वत्थामा नै हुन् अर्थात् अमिताभ बच्चन । उनको ‘गेटअप’ मात्रै होइन, अभिनय पनि उत्तिकै चित्ताकर्षक छ । उनले अश्वत्थामा पात्रलाई मज्जाले जीवन्त तुल्याएका छन् । काठमाडौँ — सुरुमा कथा बुझ्नै गाह्रो छ । के भइरहेको र किन भइरहेको छ भन्नेमै अलमल छ । त्यसैले सुरुमा दिक्क पनि लाग्न सक्छ । तर एकपल्ट बुझेपछि यो सिनेमाले दिने रोमाञ्चकता बेग्लै छ । कुरा ‘कल्की २८९८ एडी’ को हो । अहिले यो सिनेमाबारे चारैतर्फ चर्चा चलिरहेको छ । प्रत्येक दिन कमाइ बढ्दै छ । खासमा यो तेलगु भाषाको सिनेमा हो । यसलाई अरू भाषामा अनुवाद पनि गरिएको छ र त्यसमा हिन्दी प्रमुख…
Read More
रोड्रिगेजको पुनरागमनमा कोलम्बियाको कोपा यात्रा

रोड्रिगेजको पुनरागमनमा कोलम्बियाको कोपा यात्रा

२३ असार, काठमाडौं । कोपा अमेरिका २०२४ मा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगिसकेको छ । कोलम्बियाको यो यात्रामा कोही खेलाडी लयमा छन् भने ३२ वर्षीय मिडफिल्डर जेम्स रोड्रिगेज नै हुन् । कोलम्बियाले अहिलेसम्म चार खेल खेल्दा रोड्रिगेज तीन पटक त प्लेअर अफ दि म्याच नै बने । उनले मैदानमा पनि त्यही अनुसार प्रदर्शन गरेका छन् । सन् २०१४ को फिफा विश्वकपका रोड्रिगेजले लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता स्टार खेलाडीलाई पछि पार्दै गोल्डेन बुटको अवार्ड जितेपछि चर्चामा आएका थिए । लगत्तै उनी स्पेनिस जायन्ट क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए । तर उनले त्यहाँ नियमित खेल्ने अवसर नपाउँदा आफ्नो…
Read More
धनकुटामा साकेला, केलाङ उभौली महोत्सव

धनकुटामा साकेला, केलाङ उभौली महोत्सव

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–१ लेउतीमा रहेको सिंहदेवी सिंहसिला, साकेला केलाङ पार्कमा एकदिने साँस्कृतिक महोत्सव आयोजना गरिएको छ। पार्कमा साकेला, केलाङ, उभौली पूजाका अवसरका महोत्सव आयोजना गरिएको हो।   लेउती जलाधार प्राकृतिक-साँस्कृतिक प्रवर्धन समितिको आयोजनामा भएको महोत्सवमा किँरातीहरूको विभिन्न साँस्कृतिक झाँकी सहित साकेला नाच र ढोल नाच प्रस्तुत गरिएको थियो। आ-आफ्नो कला संस्कृतिलाई जोगाई राख्न साथै पर्यटकलाई आकर्षित गर्न पार्क निर्माण गरिएको र साकेला, केलाङ उभौली साँस्कृतिक महोत्सव आयोजना गरिएको लेउती जलाधार प्राकृतिक–साँस्कृतिक प्रवर्धन समितिका अध्यक्ष बलबहादुर राईले बताए। सो अवसरमा साकेला र केलाङ स्तम्भको उद्घाटन गर्दै कोशी प्रदेशकी पूर्वमन्त्री निर्मला तावाले किराँतीको बहुसाँस्कृतिक स्थलको प्रदर्शन साथै निर्माणका कारण पर्यटक आकर्षित हुने…
Read More
मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक

मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक

काठमाडौँ, १९ कात्तिक । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’  बोलको गीत सार्वजनिक गरिएको भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सरना श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको  गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।
Read More
काठमाडौँबाट सुरु गरियो ‘महाजात्रा’को छायाङ्कन

काठमाडौँबाट सुरु गरियो ‘महाजात्रा’को छायाङ्कन

काठमाडौँ, १६ कात्तिक । चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरु गरिएको छ । काठमाडौँमा अधिकांश र जनकपुरमा केही छायाङ्कन हुने कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । ‘हामीले शृङ्खला थप्न हतार गरेनौँ । कथा अगाडी बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि सुरु गरेका हौँ । यसको छायाङ्कन सेड्युल ४५ दिन तय गरेका छौँ’, कार्यकारी निर्माता बानियाँले भने । अघिल्लो दुई शृङ्खलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जङ्ग…
Read More