30
Jul
काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ । विश्व बाघ दिवस–२०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको जङ्गल र क्षेत्रफलको हिसाबले धेरै बाघको वृद्धि हुनेगरी संरक्षण गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय फोरममा सन् २०१० मा नै बाघको सङ्ख्या दोब्बर बनाएकाले अब दुई पटक दोब्बर गर्दा मानिसहरूले देश छाड्नुपर्ने अवस्था आउने धारणा राख्नुभयो । उहाँले नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने बताउनुभयो । उहाँले नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट जङ्गल ठुलो रहेकाले बाघका लागि उपयुक्त…






