06
Jul
यो सिनेमामा सबैभन्दा आकर्षक पात्र कोही छन् भने ती अश्वत्थामा नै हुन् अर्थात् अमिताभ बच्चन । उनको ‘गेटअप’ मात्रै होइन, अभिनय पनि उत्तिकै चित्ताकर्षक छ । उनले अश्वत्थामा पात्रलाई मज्जाले जीवन्त तुल्याएका छन् । काठमाडौँ — सुरुमा कथा बुझ्नै गाह्रो छ । के भइरहेको र किन भइरहेको छ भन्नेमै अलमल छ । त्यसैले सुरुमा दिक्क पनि लाग्न सक्छ । तर एकपल्ट बुझेपछि यो सिनेमाले दिने रोमाञ्चकता बेग्लै छ । कुरा ‘कल्की २८९८ एडी’ को हो । अहिले यो सिनेमाबारे चारैतर्फ चर्चा चलिरहेको छ । प्रत्येक दिन कमाइ बढ्दै छ । खासमा यो तेलगु भाषाको सिनेमा हो । यसलाई अरू भाषामा अनुवाद पनि गरिएको छ र त्यसमा हिन्दी प्रमुख…






