Skip to main content

धनगढी न्यूज

शिक्षा

डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा ढोल बजाउँदै मनाइयो ओल्के–बुढेली पर्व

डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा ढोल बजाउँदै मनाइयो ओल्के–बुढेली पर्व

डडेल्धुरा: डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा ढोल, दमाहलगायत स्थानीय बाजा बजाउँदै चैत धुमारी खेल खेल्दै ओल्के–बुढेली पर्व मनाइँदै छ । बुढेलीसँगै स्थानीयले एक महिनापछि बुढी पोल्ने बन्ढुनी मेला मनाउन रुखका हाँगाबिँगा एकै ठाउँमा थुपारी बन्ढुनी बार्ने गरेका छन् । बन्ढुनी बार्ने दिन ऐरी गाउँमा सुदूरपश्चिमको संस्कृति अनुसार चैत, धुमारी खेल्दै बुढेली मनाउने परम्परा छ । पहाडी क्षेत्रमा बन्ढुनी बारिन्छ र त्यसको ठिक एक महिनापछि बुढी पोल्ने भन्दै घर घरबाट आगोको राँको निकाली जलाइन्छ । हरेक वर्ष भदौ सङ्क्रान्तिका दिन मनाइने यो चाडमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको कलिलो पात, चिउरीको पात, दुध, दही दिएर स्वागत गर्ने गरिन्छ । सुदूरपश्चिमेली भाषामा…
Read More
सुदूरपश्चिम: ओल्के र बुढी हाल्ने पर्वको रौनक

सुदूरपश्चिम: ओल्के र बुढी हाल्ने पर्वको रौनक

बैतडी:  आज भदौ १ गते, ओल्के संक्रान्ति । बैतडी सहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाईदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ । यसका साथै विहानै नुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ । वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न,…
Read More
रक्षाबन्धन गर्न सर्वसाधारणले साइत हेरिरहनु नपर्ने, सत्तामा रहेकाका लागि साढे १ बजेपछि उपयुक्त

रक्षाबन्धन गर्न सर्वसाधारणले साइत हेरिरहनु नपर्ने, सत्तामा रहेकाका लागि साढे १ बजेपछि उपयुक्त

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने प्रतिक्रिया दिएको छ। शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ।   समितिले शुक्रबार विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १: ३१ बजेसम्म भद्रा परेको जनाएको छ। यो वर्ष भद्रा परेकाले रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो। भद्रामा श्रावणीसम्बधी कर्म गरेमा शासन सत्तामा रहेकालाई नकारात्मक असर पर्ने ज्योतिषशास्त्रमा उल्लेख भएको समितिका  कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले बताए। त्यसैले शासनसत्तामा रहेकाका लागि १: ३१ बजेपछिको समय सुझाएको उनले बताए। सर्वसाधारणलाई भने…
Read More
पढाइ छाडेर यार्चागुम्बा टिप्न व्यस्त

पढाइ छाडेर यार्चागुम्बा टिप्न व्यस्त

कर्णालीका विद्यार्थी हरेक वर्ष मुगुको उत्तरी भेगमा यार्चागुम्बा सङ्कलन गर्न जान्छन् । मुगुको विकट क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकाका पाटनमा यार्चागुम्बा पाइन्छ । हिमाली भेगका अग्ला पहाडमा रहेका सम्म परेका मैदानलाई पाटन भनिन्छ । त्यहाँ जान निकै जोखिम मोल्नु पर्छ । लेक लाग्ने वा हिउँ पहिरोमा परेर बर्सेनि कतिपय विद्यार्थीले ज्यानसमेत गुमाउने गरेका छन् । हिमाली क्षेत्रमा जति जति उचाइ बढ्दै जान्छ उति उति अक्सिजनको मात्रा र हावाको चाप कम हुँदै जान्छ । उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम भई टाउको दुख्ने, सास रोकिएला जस्तो हुने, वाकवाकी लाग्ने आदि समस्या हुन्छ । यसलाई लेक लागेको भनिन्छ । समयमा पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा मानिसको ज्यानसमेत जानसक्छ । यार्चागुम्बा वनस्पति र…
Read More
गोदावरीमा सर्पले टोक्दा एक जना घाइते

गोदावरीमा सर्पले टोक्दा एक जना घाइते

धनगढीः कैलालीमा सर्पले टोकेर एक जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ बसन्ताका ४० वर्षीय सुरेश मगर सर्पले टोक्दा घाइते भएका छन्। सुरेशको दाहिने खुट्टाको बुढी औँलामा सर्पले टोकेको हो। घाइते सुरेशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Read More
धनगढीमा:एक्सपर्ट एजुकेसन एक्सोपो

धनगढीमा:एक्सपर्ट एजुकेसन एक्सोपो

धनगढी : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले धनगढीमा एजुकेसन एक्सो पो कार्यक्रमको आयोजना गर्ने भएको छ। एक्सपर्ट एजुकेशन धनगढीले पत्रकार सम्मेलन गर्दै बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म धनगढीमा कार्यक्रमको आयोजना हुने बताएको हो। धनगढीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा आयोजना हुने सो एक्सो कार्यक्रममा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिन सक्ने र उनीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक निलम चौधरीले बताइन्। उनले सो कार्यक्रममा अभिभावकहरु पनि आउन सक्ने बताइन्। कार्यक्रममा विदेशका विभिन्न विश्वविद्यालयहरुका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ । कार्यक्रममा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको परामर्श र मार्गदर्शन गरिने चौधरीको भनाइ…
Read More
दार्चुलामा तितरा हेडसरले अफिसमै चुरोट तानेपछि…

दार्चुलामा तितरा हेडसरले अफिसमै चुरोट तानेपछि…

काठमाडाैं: दार्चुलाको एक विद्यालयका प्रधानाध्यापकले कार्यकक्षमै चुरोट सल्काएको पाइएको छ। विद्यार्थी मात्र होईन, शिक्षकलाई पनि नेतृत्व गर्ने हेडमास्टरले नै कार्यकक्षमा चुरोट तानेको भिडियो बाहिर आएको हो। शैल्यशिखर नगरपालिका–१ मा रहेको कृष्ण मावि बलाचका प्रधानाध्यापक जनक तितराले कार्यकक्षमै चुरोट तानेको भन्दै चर्को आलोचना भइरहेको छ । ‘प्रअले अफिसमै चुरोट खाइरहेका छन्। हेर्नुहोस योबाट विद्यार्थीले के सिक्ने त ? यस्ता शिक्षकलाई तुरुन्त काबाही होस्। यो घर होइन सरकारी अफिस हो ’ स्थानीय चन्द्रदेव भन्छन्। यस विषयमा प्रअ तितराले कुनै प्रतिक्रिया दिएका छैनन्।कानुनी रुपमा नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ। उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी…
Read More
प्रधानमन्त्री ओलीको उद्घोष:२०/३० वर्षमै बिहे गरेर सन्तान जन्माउनुपर्ने

प्रधानमन्त्री ओलीको उद्घोष:२०/३० वर्षमै बिहे गरेर सन्तान जन्माउनुपर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २०/३० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रममा उनले जनसंख्या वृद्धिदर न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्ष आसपासमै विवाह गरेर ढिला नगरी बच्चा जन्माउनुपर्ने बताएका हुन् । ‘४० कटेसी रमाउँला’ भनेर गीत गाउने गरिएको प्रशंग जोड्दै ओलीले अघि भने,‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन्, त्यसो भएपछि जनसंख्या झन् घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन् ।’ उनले युवाले फ्युचर जेनेरसन (भावी…
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् । बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइनजिक पुग्छ । तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एकढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन ।
Read More
बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा दर्ता

गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा को एक अदालतले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ । एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भाग्नुभएको थियो र अहिले भारतमै रहनु भएको छ । उहाँको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए । उहाँको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए । निजी नागरिकका तर्फबाट मुद्दा ल्याउनु भएका वकिल मामुन मियाले भन्नुभयो, “शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।”   उहाँका अनुसार महानगरीय…
Read More