Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा छाउपडी प्रथाजन्य कुरीति विरुद्ध अभियान सञ्चालन गर्ने निर्णय

सुदूरपश्चिममा छाउपडी प्रथाजन्य कुरीति विरुद्ध अभियान सञ्चालन गर्ने निर्णय

धनगढीः सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाजन्य कुरीति तथा जातीय विभेदविरुद्धको आवश्यकतानुसार जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन प्रदेश सुपरिवेक्षण तथा निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको समितिको बैठकले सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले बताए। विज्ञापन छाउपडी गोठमा बसेको अवस्थामा गत साता सर्पले डसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ की २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको थियो। सो घटना समेतको गाम्भीर्यतालाई मध्यनजर गर्दै बसेको समितिको बैठकले छाउगोठ प्रथा उन्मूलन र समाजमा…
Read More
स्वास्थ्यकर्मीको सेवामा विभेद भएको गुनासो

स्वास्थ्यकर्मीको सेवामा विभेद भएको गुनासो

स्वास्थ्यकर्मीले आफूहरू सङ्घीय संरचना अनुसार समायोजनमा परे पनि सेवा, सुविधा र सरुवामा विभेद भएको गुनासो गरेका छन् । बैतडी। सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरू सङ्घीय संरचना अनुसार समायोजनमा परे पनि सेवा, सुविधा र सरुवामा विभेद भएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम पदमा कायम हुने गरी समायोजन ऐन २०७५’ अनुसार समायोजनमा परेका स्वास्थ्यकर्मी लामो समयदेखि ऐनको मर्म अनुसार सेवा प्रवाह गर्न नसकिएको तथा वर्तमान स्थानीय सेवा ऐनमा स्वास्थ्यकर्मीलाई समान व्यवहार गर्नुपर्ने भन्दै सुदूरपश्चिम प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीको सङ्घर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । स्वास्थ्यकर्मीको नेतृत्वमा गठन भएको ‘स्थानीय तह स्वायत्त स्वास्थ्यकर्मी सङ्घर्ष…
Read More
आफैँलाई बढुवा गर्दै पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाह सातौँमा उक्लिए

आफैँलाई बढुवा गर्दै पञ्चेश्वरका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाह सातौँमा उक्लिए

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम सागर शाह आफैँले आफ्नो बढुवा गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको विवादास्पद स्थानीय सेवा ऐन, २०८१ लागु भएसँगै उनले आफ्नै सिफारिसमा आफूलाई अधिकृत सातौँ तहमा पदोन्नति गरेका हुन्। शाह २०५३ साल साउन २४ गते स्वास्थ्य सहायक (अहेव) पदमा नियुक्त भएका थिए। उनी हालसम्म छैटौँ तहका सिअहेव पदमा कार्यरत थिए। तर सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा ऐन, २०८१ को दफा ९ को उपदफा ४ लाई आधार मानी उनले आफैँलाई सातौँ तहमा बढुवा गरेका हुन्। शाहले आफ्नो पहिलो नियुक्ति मितिलाई आधार मानेर २०५३ साल साउन २४ गतेदेखि नै जनस्वास्थ्य अधिकृतका रूपमा जेष्ठता कायम हुने…
Read More
सुदूरपश्चिममा खेतका गरामा ‘हरेलो’ गाडेर साउने सङ्क्रान्ति मनाइँदै

सुदूरपश्चिममा खेतका गरामा ‘हरेलो’ गाडेर साउने सङ्क्रान्ति मनाइँदै

धनगढी : आज साउन सङ्क्रान्तिको दिनलाई सुदूरपश्चिम प्रदेशमा ‘हरेली’ सङक्रान्ति पर्वका रूपमा मनाइँदै छ। मेलसहित विभिन्न प्रजातिका बोटविरुवाको ‘हरेलो’ (हरिया हाँगा अन्नबाली लगाइएका खेतका बीच भागमा गाड्ने) गाडेर यो पर्व मनाइँदै छ। हरेली सङ्क्रान्तिका दिन खेतमा गाडेको ‘हरेलो’ पलाएर आउँदा अन्न उत्पादन वृद्धि हुने जनविश्वास रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीले बताए। असार महिनाभरि कृषि कर्ममा लाग्ने किसान आजका दिन परिवारका सदस्य एवं आफन्तका साथमा एक ठाउँमा भेला भई रमाइलो गरी पर्व मनाउँछन्। सौर्य पद्धति अनुसार आज साउने सङ्क्रान्ति पनि भनिने हुनाले आजकै दिनदेखि दक्षिणायन आरम्भ हुन्छ। “प्रदेशमा आजको दिनलाई ‘लुतो फाल्ने’ दिनका रूपमा पनि लिइन्छ। असार महिनाभरि कृषि…
Read More
एसपीएसँग ३ वर्षको सम्झौता

एसपीएसँग ३ वर्षको सम्झौता

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि सुदूरपश्चिमकै धनगढीस्थित एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा गर्व महसुस गरेको छ। एसपीए कलेजले सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) पनि सञ्चालन गर्दै आएको छ, जसले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने कार्य गरिरहेको छ। पहिलो सिजनदेखि नै एसपीए कलेजले टिमसँग सहकार्य गर्दै आएकोमा थप २ सिजन यो साझेदारी रहने हामी सहर्ष जानकारी गराउन चाहन्छौं । धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहनुभएका एसपीए कलेजका प्रबन्ध निर्देशक सुभाष शाहीले भन्नुभयो, 'हामीले देखेका छौं कि खेलकुदले युवालाई प्रेरणा दिने ठूलो क्षमता राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षाकोठाबाहिर…
Read More
कैलालीको कैलारीमा एक महिना नपुग्दै भत्कियो ४४ लाखको तटबन्ध

कैलालीको कैलारीमा एक महिना नपुग्दै भत्कियो ४४ लाखको तटबन्ध

धनगढी : कैलालीको कैलारी गाउँपालिका–७ स्थित बर्का वसन्ता र छटकपुर वसन्ताको बिचमा कटैनी नदीको तटबन्ध एक महिना नहुँदै भत्किएको छ।   सुदूरपश्चिम प्रदेश सरकारको ४४ लाख रुपियाँ खर्चेर बनाइएको तटबन्धलाई खेतबाट आएको पानीले भत्काएको हो । १५ मिटर तटबन्ध भत्केको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत एक सय आठ मिटर तटबन्धन बनाएको थियो। गत जेठबाट निर्माणको काम सुरु भई असार पहिलो साता पूरा भएको वडा सदस्य टुनीराम चौधरीले बताए । उनले उपभोक्ता समितिको कमीकमजोरीका कारण बेइज्जत भएको बताएका छन्। सुरक्षाका लागि बनाइएको तटबन्ध नै भत्केपछि स्थानीय आक्रोशित भएका छन्। उनीहरूले तटबन्ध निर्माणमा आर्थिक हिनामिना भएको आरोपसमेत लगाएका छन्। स्थानीय बलबहादुर चौधरीले…
Read More
एसपीएको प्रवेश परीक्षामा उल्लेख्य उपस्थिति , टाढा रहेका तथा छुटेका विद्यार्थीका लागि दोस्रो परीक्षा हुने

एसपीएको प्रवेश परीक्षामा उल्लेख्य उपस्थिति , टाढा रहेका तथा छुटेका विद्यार्थीका लागि दोस्रो परीक्षा हुने

धनगढीस्थित सुदूर पश्चिमाञ्चल मा.वि. (एसपिए कलेज) मा आज कक्षा ११ का लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विगत २७ वर्षदेखि अनवरत रुपमा विभिन्न संकायमा शिक्षा प्रदान गर्दै आएको सुदूर पश्चिमाञ्चल एकेडेमीमा आज कैलाली कञ्चनपुर लगायत सुदूर पश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाबाट समेत विद्यार्थीहरु प्रवेश परीक्षामा सहभागी भएका थिए । हरेक वर्ष उत्कृष्ट नतिजा प्रदान गर्दै आएको यस एकेडेमीमा विद्यार्थीले शिक्षासँगै खेलकुद तथा विविध अतिरिक्त क्रियाकलाप मार्फत आफ्नो क्षमतालाई निर्खान सक्ने वातावरण रहेको कलेजका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीले बताउनुभयो । क्याम्पसमा विज्ञान , व्यवस्थापन , कम्प्युटर विज्ञान , होटल व्यवस्थापन , मानविकी , शिक्षा , कानून लगायतका विषयको अध्ययन…
Read More
यु-१६ टोलीका भट्ट र रावललाई एसपिए कलेजद्धारा नगदसहित सम्मान

यु-१६ टोलीका भट्ट र रावललाई एसपिए कलेजद्धारा नगदसहित सम्मान

एसीसी यु-१६ पुरुष ईष्ट जोन कप विजेता नेपाल यु-१६ टोलीका दुई होनहार सदस्य, सुदूरपश्चिमका गौरव क्रिकेटर सचिन भट्ट र सुशील रावल ज्यू लाई एसपीए कलेजले सम्मान गरेको छ । आज क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा खेलाडी द्धयलाई जनही नगद रु. २५ हजार रुपैयाँसहित उक्त सम्मान गरिएको हो । यसै अवसरमा उनीहरुलाई क्याम्पसमा स्नातकोत्तरसम्म अध्ययनका लागि पनि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको छ । सम्मानित खेलाडीहरू हालै मलेसियामा सम्पन्न ‘एसीसी मेन्स यू-१६ ईस्ट जोन कप क्रिकेट प्रतियोगिता’मा सहभागी भई नेपाली यू-१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीसँगै उपाधि जित्न सफल भएका थिए। कार्यक्रममा खेलाडिहरुले विद्यार्थीहरुमाझ आफ्ना विविध खेल अनुभव पनि साटेका थिए ।…
Read More
अब धनगढीका दलित छात्राहरूलाई उपमहानगरले स्नातक तहसम्म छात्रवृत्ति दिने

अब धनगढीका दलित छात्राहरूलाई उपमहानगरले स्नातक तहसम्म छात्रवृत्ति दिने

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ।उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम १३ औं नगर सभाबाट असार ७ गते पारित भएको हो। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि दुई जना दलित अभियानकर्ताको नाममा छात्रवृत्ति दिने भएको छ। धनगढीका दलित अभियन्ता जुठे दमाई र टीकाराम पार्कीको नाममा छात्रवृत्ति योजना सुरू हुने भएको हो। नगर सभाबाट पारित भएको वार्षिक नीति तथा कार्यक्रममा दलित अभियन्ता जुठे दमाई योजना छात्रवृत्ति तथा दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति योजना घोषणा गरिएको छ। यी दुबै छात्रवृत्ति योजना अन्तर्गत धनगढीमा स्थायी बसोबास भएका दलित समुदायका छात्राहरूलाई स्नातक तहसम्मको शिक्षा हासिल गर्न छात्रवृत्ति दिइने छ।…
Read More
धनगढी उपमहानगरले गर्‍यो तीन वर्षमा २५ किलोमिटर सडक कालोपत्र

धनगढी उपमहानगरले गर्‍यो तीन वर्षमा २५ किलोमिटर सडक कालोपत्र

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले तीन वर्षमा २५ किलोमिटर सडक कालोपत्र गरेको छ।धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा गोपाल हमाल विजयी भएपछि २५ दशमलव चार किलोमिटर सडक कालोपत्र गरिएको हो। धनगढी उपमहानगरपालिकाको शनिवारको तेह्रो नगर सभाबाट पारित गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा २५ दशमलव चार किलोमिटर सडक तीन वर्षमा कालोपत्र गरिएको उल्लेख गरिएको छ। नगर प्रमुख हमालले कार्यकालको तीन वर्ष पूरा भएको बताउदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको जेठसम्म मात्र सात दशमलव २ किलोमिटर सडक कालोपत्र गरेको छ।   तीन वर्षमा ११ वटा मोटरेवल पुल निर्माण नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा मात्र…
Read More