Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम प्रदेश

अदालतको आदेशको अवज्ञा: गोदावरी-१० मा विद्यालय विवादले वडाबासीलाई आन्दोलित गरायो

अदालतको आदेशको अवज्ञा: गोदावरी-१० मा विद्यालय विवादले वडाबासीलाई आन्दोलित गरायो

कैलालीको गोदावरी -१० मा रहेको श्री शंकर आधारभुत माध्यमिक बिधालय मा वडा कार्यालय तत्काल नबनाउन र बिधालय समायोजन नगर्न अदालत आदेश दिएपछि पनि गोदावरी नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै  स्थानीय आन्दोलित भएका छन् । उनिहरुले बुधबार पत्रकार सम्मेलन गरी नगरपालिका विरुद्ध खनिएका छन् । संघर्ष समितिका संयोजक एबम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बासुदेब भट्टले बदनियतपुर्ण तवर ले बिधालय मर्ज गरिएको बताए। सरकारी मापदण्ड अनुसार नै बिधालयमा बिद्यार्थी भएपनी गाउँमा बिबाह परेको दिन नगरप्रमुख नेतृत्वमा छड्के अनुगमन गरिएको आरोप लगाए । उनले अहिले पनि बिधालय मा ९६ जना विद्यार्थी रहेको दाबी गरे। नगरपालिका मा गएको रिपोर्टमा योजना बद्द  रूपमा ५५ जना मात्रै…
Read More
प्रधानमन्त्रीलाई गेटामा विश्वविद्यालय खोल्न आग्रह गर्दै ज्ञापनपत्र

प्रधानमन्त्रीलाई गेटामा विश्वविद्यालय खोल्न आग्रह गर्दै ज्ञापनपत्र

धनगढी: कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र सञ्चानल प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल सरकारले २०७९ माघ २९ गते गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय अनुसार विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ। उक्त विधेयक चालु अधिवेशनबाट नै पारित गरी विश्वविद्यालय स्थापना र सञ्चालनको वातावरण बनाउन संघर्ष समितिले आग्रह गरेको छ। राज्यबाट सुदूरपश्चिम अहिलेसम्म उपेक्षित पारिएकाले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउनु पर्ने माग गरिएको छ। सरकारलाई ६ सय शय्या क्षमताको अस्पताल चलाउन र विधेयक समेत पास गर्न ज्ञापनपत्रमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको…
Read More
बैतडीका जनकको जापानमा नुहाउने क्रममा मृत्यु: एक शोकपूर्ण घटना

बैतडीका जनकको जापानमा नुहाउने क्रममा मृत्यु: एक शोकपूर्ण घटना

बैतडीः जापानमा अध्ययन गर्दै आएका बैतडीका जनकको नुहाउनेक्रममा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–३ का २१ वर्षीय जनकप्रसाद अवस्थीको जापानमा नुहाउनेक्रममा मृत्यु भएको हो। अध्ययनका लागि करिब ३ महिनाअघिमात्रै अवस्थी जापान गएका आफन्तले बताएका छन्। सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको हो।  
Read More
मोहना नदीमा डल्फिन अवलोकनकर्ता बढे

मोहना नदीमा डल्फिन अवलोकनकर्ता बढे

धनगढी, साउन ९ गते । कैलालीका विभिन्न नदीमा देखा पर्ने दुर्लभ डल्फिन अवलोकन गर्न आउने आगन्तुकको सङ्ख्यामा बढोत्तरी हुन थालेको छ । नदीमा देखा परिरहेका डल्फिन अवलोकनका लागि विदेशीसमेतका पर्यटक आउन थालेका छन् । डल्फिन अवलोकनका लागि आन्तरिकसहित बाह्य पर्यटक आउन थालेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जनाउनुभयो । उहाँका अनुसार विगत वर्ष जस्तो यो वर्ष धेरै डल्फिन अवलोकनकर्ता नआए पनि विस्तारै अब सङ्ख्या बढ्दो क्रममा रहेको छ । “विगत वर्षको तुलनामा यो वर्ष डल्फिन नै ढिलो गरेर देखा परेको हो ।” उहाँले भन्नुभयो, “डल्फिन ढिलो गरेर देखिएका कारण अवलोकनकर्ता पनि यो वर्ष ढिलै आउने अनुमान गरिएको…
Read More
दार्चुलामा दुई हजार पाँच सयभन्दा बढीलाई ट्राफिक कारबाही

दार्चुलामा दुई हजार पाँच सयभन्दा बढीलाई ट्राफिक कारबाही

दार्चुला — एक वर्षकाे अवधिमा दुई हजार पाँच सय बढी सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लघंन गर्ने दुई हजार ५ सय ३६ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरिले जनएकाे छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरका अनुसार जिल्लामा सबैभन्दा बढी एक हजार ५ सय ८ जीप र कारलाई कारबाही गरिएको छ । तीन सय ६६ माेटरसाइकल, दुई सय ४२ टेक्टर, एक सय १७ ट्रक, २१ बस र दुई सय ८२ अन्य सवारीसाधन कारबाहीमा परेका छन् ट्राफिक नियम उल्लघंन गर्ने ट्रकहरुलाई कारबाही गर्दा ६४ हजार ५ सय रुपैयाँ, बसबाट १२ हजार…
Read More
एसपिए कलेजले आयोजना गरेको वक्तृत्वकलामा तृप्ती सिंह प्रथम

एसपिए कलेजले आयोजना गरेको वक्तृत्वकलामा तृप्ती सिंह प्रथम

धनगढीः धनगढीको एसपिए कलेजले आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा धनगढी–६ मा रहेको राइजिङ स्टार इङ्गिस स्कुलकी छात्रा तृप्ती सिंहले प्रथम स्थान हासिल गरेकी हुन्। एसपिए कलेजले “लागुपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका“ शिर्षकमा मङ्गलवार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो। वर्तमान समयमा लागूपदार्थको कारणले थुप्रै युवा–युवतीहरूको भविष्य अन्धकार भइरहेको र समाजमा समेत नराम्रो असर परिरहेको परिपेक्षमा लागुपदार्थ सम्बन्धी विद्यार्थीहरूमा चेतना जगाउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ। पाँच विद्यालयबाट दुई÷दुई जना गरी जम्मा १० जना सहभागी भएको प्रतियोगितामा डिस्कभरी स्कुलका अनुपराज गिरी दोस्रो र एक्सिस विद्याश्रमकि मधु शर्कीले तृतीय स्थान हासिल गरेकी हुन्। विजेता तीनै जनालाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको आयोजक…
Read More
लागुऔषध दुव्र्यसनको सुदूरपश्चिममा बिगबिगी , एकैदिन ७ जना युवक समातिए

लागुऔषध दुव्र्यसनको सुदूरपश्चिममा बिगबिगी , एकैदिन ७ जना युवक समातिए

धनगढीः सुदूरपश्चिममा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्। सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरबाट लागुऔषधमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। सोमबार कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड चोकबाट भजनी नगरपालिका–९ डम्पुरका २५ वर्षीय गणेशमान सिंह ३ सय मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय सुखडको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। त्यस्तै गोदावरी नगरपालिका–७ श्रीपुरका २८ वर्षीय शेरबहादुर चौधरीलाई १ सय ७० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ। गौरीगंगा नगरपालिका–४ राजीपुरका ३५ वर्षीय सुनिलबहादुर खडायत ५ ग्राम, नगद ७ हजार ३८०, घरमा खानतलासी गर्दा ३९ हजार नेपाली रुपैयाँ र ३७ हजार भारतीय…
Read More
कञ्चनपुरमा महिलाको मृत शरीर भेटियो

कञ्चनपुरमा महिलाको मृत शरीर भेटियो

कञ्चनपुरः कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ। जिल्लाको दोधारा– चाँदनी नगरपालिका–३ जमुनाघाडी रमेश डौडेको खेतबारीमा नामथर नखुलेकि अन्दाजी २९ वर्षीया महिलाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ। उक्त शबलाइ पोष्टमार्टमका लागि दोधारा–चाँदनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जनाएको छ।  
Read More
आजदेखि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन

आजदेखि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन

धनगढी – सुदूरपश्चिम प्रदेशमा आजदेखी प्रदेश सभाको विशेष अधिवेशन सुरु हुने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि आजदेखी विशेष अधिवेशनसुरु हुने भएको हो । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए । प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस–एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा २० असारमा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो । एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि ल्याएको…
Read More
” महेन्द्रनगर जाँदै गरेको बसको ढोका भाँचिएपछि यात्रु त्रसित “

” महेन्द्रनगर जाँदै गरेको बसको ढोका भाँचिएपछि यात्रु त्रसित “

धनगढी: बैतडीबाट महेन्द्रनगरतर्फ आइरहेको बसको ढोकाबाट खसेर महिला घाइते भएकी छन्। भीमदत्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका–१ को बुडरमा ना ७ ख १२६४ नम्बरको बसको आपतकालीन ढोकाबाट खसेर महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–१ की ४० वर्षीया कलावती बोहोरा रहेकी छन्। आपतकालीन ढोका भाँचिदा खसेर घाइते भएकी बोहोराको छतिवन स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धनगढी ल्याइएको छ। माया मेट्रो अस्पतालमा अहिले उनको उपचार जारी छ। बस र चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने ४५ वर्षीय प्रेमसिंह धामीलाई इलाका प्रहरी कार्यालय बुडरले नियन्त्रणमा लिएको छ।
Read More