Skip to main content

धनगढी न्यूज

सुदूरपश्‍चिम प्रदेश

बैतडीमा हैजाको जोखिम बढ्दै

बैतडीमा हैजाको जोखिम बढ्दै

बैतडी । बैतडीमा हैजाको जोखिम बढ्दै गएकाले यहाँका खानेपानीको नमूना सङ्कलन गरिएको छ । देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि यहाँबाट पनि खानेपानीको नमूना सङ्कलन गरिएको छ । विभिन्न ब्राण्डका खानेपानीमै हैजाका किटाणु देखिन थालेपछि विभागको निर्देशनअनुसार खानेपानीको नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए । जिल्लाको दोगडाकेदारमा  रहेको नवयुग सहकारी संस्थाले उत्पादन गरिरहेको दोगडाकेदार ब्राण्डको खानेपानी उद्योगमै पुगेर नमूना सङ्कलन गरिएको हो ।  साथै जिल्लामा बिक्रीका लागि विभिन्न ठाउँबाट आयात गरिएका खानेपानीको नमूना सङ्कलन गरिएको जनाएको छ । सङ्कलित नमूना परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला धनगढी पठाउने जनाएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा…
Read More
टीकापुरमा एक महिला मृत फेला

टीकापुरमा एक महिला मृत फेला

धनगढीः कैलालीको टीकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको टीकापुर नगरपालिका–२ मिलनचोक स्थित बिष्टपाटी कुलोमा सोही ठाउँ बस्ने बर्ष ३५ की बालकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन्। सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ।
Read More
सुदूरपश्चिम: ओल्के र बुढी हाल्ने पर्वको रौनक

सुदूरपश्चिम: ओल्के र बुढी हाल्ने पर्वको रौनक

बैतडी:  आज भदौ १ गते, ओल्के संक्रान्ति । बैतडी सहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाईदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रही आएको छ । यसका साथै विहानै नुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ । वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए । यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न,…
Read More
विराज र समीरको एक्सनमा ‘१२ गाउँ’ टिजर

विराज र समीरको एक्सनमा ‘१२ गाउँ’ टिजर

आगामी असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट २१ सेकेण्ड लम्बाईको टिजरमा अभिनेता विराज भट्ट र उनका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत भएका छन् । विराजको ‘भ्वाइस ओभर’बाट सुरु भएको टिजरमा समीरलाई योद्धाको रुपमा चित्रित गरिएको छ । टिजर हेर्दा फिल्मले बदलाको कथा उठाएको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको छ । विराज र समीर दुवै एक्सनमा छरितो देखिन्छन् । तर, टिजरमा समीरको संवाद छैन । उनले यही फिल्मबाट डेब्यु गरेका हुन् । लामो समय भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका…
Read More
धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु

धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु

बाजुरा । धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मिक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पूजाका लागि धार्मीक बिहीबारबाट तीर्थयात्रा सुरु भएको छ । दुवै शक्ति पीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नुपर्ने धार्मिक मान्यता छ । सयौँको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका गएको छ । नगर उपप्रमुख नन्दाकुमारी थापा नेतृत्वमा टोली बडीमालिका तीर्थयात्रामा प्रस्थान गरेको हो । बडीमालिका नगरपालिकाले…
Read More
डोटीको सिलगडी नगरपालिका-४ समुहगाडमा बस दुर्घटना

डोटीको सिलगडी नगरपालिका-४ समुहगाडमा बस दुर्घटना

डोटीः डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ।
Read More
गोदावरीमा सर्पले टोक्दा एक जना घाइते

गोदावरीमा सर्पले टोक्दा एक जना घाइते

धनगढीः कैलालीमा सर्पले टोकेर एक जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ बसन्ताका ४० वर्षीय सुरेश मगर सर्पले टोक्दा घाइते भएका छन्। सुरेशको दाहिने खुट्टाको बुढी औँलामा सर्पले टोकेको हो। घाइते सुरेशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Read More
धनगढीमा:एक्सपर्ट एजुकेसन एक्सोपो

धनगढीमा:एक्सपर्ट एजुकेसन एक्सोपो

धनगढी : एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले धनगढीमा एजुकेसन एक्सो पो कार्यक्रमको आयोजना गर्ने भएको छ। एक्सपर्ट एजुकेशन धनगढीले पत्रकार सम्मेलन गर्दै बिहिबार बिहान १० बजेदेखि ३ बजेसम्म धनगढीमा कार्यक्रमको आयोजना हुने बताएको हो। धनगढीको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा आयोजना हुने सो एक्सो कार्यक्रममा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिन सक्ने र उनीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक निलम चौधरीले बताइन्। उनले सो कार्यक्रममा अभिभावकहरु पनि आउन सक्ने बताइन्। कार्यक्रममा विदेशका विभिन्न विश्वविद्यालयहरुका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ । कार्यक्रममा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको परामर्श र मार्गदर्शन गरिने चौधरीको भनाइ…
Read More
कैलालीमा एक बर्षमा औलोका विरामी १४० र डेङ्गुका १ हजार ८३

कैलालीमा एक बर्षमा औलोका विरामी १४० र डेङ्गुका १ हजार ८३

अत्तरिया : कैलालीमा औलो रोगका बिरामीको संख्या १ सय ४० पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा कैलालीमा सो संख्याका औलो रोगका बिरामी पुगेका हुन । अन्य स्थानीय तहभन्दा गौरीगंगा नगरपालिकामा सबैभन्दा बढी ३८ जना औलो रोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले जानकारी दिइन । गोदावरी नगरपालिकामा २४, लम्कीचुहा नगरपालिकामा ८, टिकापुर नगरपालिकामा २३, घोडाघोडी नगरपालिकामा १० र धनगढी उपमहानगरपालिकामा २२ जना औलोका बिरामी फेला परेको उनले बताइन । त्यस्तै, भजनी नगरपालिकामा ३, मोहन्याल गाउँपालिकामा ३, चुरे गाउँपालिकामा १, बर्दगोरिया गाउँपालिकामा ४, जानकी गाउँपालिकामा २ र जोशीपुर गाउँपालिकामा १…
Read More
विकासको पहिलो आधार राजनीतिक स्थिरता : मुख्यमन्त्री शाह

विकासको पहिलो आधार राजनीतिक स्थिरता : मुख्यमन्त्री शाह

धनगढी,  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासको पहिलो आधार राजनीतिक स्थिरता रहेको बताउनुभएको छ । प्रदेश सभामा आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि नयाँ राजनीतिक सहमति भएको मुख्यमन्त्रीको भनाइ छ । मुख्यमन्त्री शाहले राजस्व सङ्कलनमा देखिएको समस्या समाधान भइसकेको जनाउँदै बजेटको समस्या पनि चाँडै निकास दिने प्रयासमा प्रदेश सरकार रहेको उल्लेख गर्नुभयो । “विनियोजन ऐन र आर्थिक ऐन पास गरेर चाँडै नै चालु र पुँजीगत खर्च अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री…
Read More