16
Aug
सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले थामे गाउँलाई बिरुप बनाएर गएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा थामे गाउँमा ठूलो क्षति भएको हो बाढीले थामे गाउँका कयौँ घर पुरिएका छन् केही बगेका छन् । स्कुलदेखि होटल र रेस्टुराँसमेत दूधकोशीको बाढीमा पुरिएका छन् । थामे गाउँमा मात्रै कम्तीमा पनि २० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । दिउँसोको समय भएकाले मानवीय क्षति भएको छैन । एकजना भने बेपत्ता भएको खबर आएको छ । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि प्रहरी र सेना परिचालन गरेर…






