Skip to main content

धनगढी न्यूज

Month: July 2024

प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसक्नुभएको छ । विश्वासको मत हासिल गर्न प्रतिनिधि सभामा उहाँले कम्तीमा १३८ मत पाउनु पर्छ । असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीले सभामा ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । वर्तमान सरकारमा सहभागी दलहरूको अङ्कगणित अनुसार प्रधानमन्त्रीका पक्षमा सहज बहुमत छ । अहिले सरकारमा कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी…
Read More
अफ्रिकामा १ करोड ५० लाख जना शिक्षकको कमी

अफ्रिकामा १ करोड ५० लाख जना शिक्षकको कमी

अफ्रिकामा शिक्षकको अभाव भएको छ । अफ्रिकी संघ एयूले अफ्रिकी देशमा अहिले एक करोड ५० लाख जना शिक्षकको कमी रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एयूका शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तन आयुक्त मोहम्मद बेलहोसिनले घानाको राजधानी अकरामा भइरहेको एउटा सम्मेलनमा बोल्दै अहिले अफ्रिकामा आवश्यकताभन्दा एक करोड ५० लाख जना शिक्षक कमि रहेको बताउनुभएको हो । उहाँले शिक्षकको कमी हुँदा अफ्रिका महादेशको शिक्षा र विकासको आकांक्षा पूरा गर्ने क्षमतामा नकारात्मक प्रभाव पार्ने पनि चेतावनी दिनुभएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्नका लागि शिक्षकको सङ्ख्यामा देखिएको यो खाडललाई कम गर्न आग्रह गरेको छ ।…
Read More
कैलालीको सुपली खोलामा बगेर एक महिला हराइन्

कैलालीको सुपली खोलामा बगेर एक महिला हराइन्

कैलालीको सुपली खोलामा बगेर एक महिला बेपत्ता भएकी छिन । शुक्रबार मोहन्याल गाउँपालिका – ४ का २५ वर्षीय कल्पना बम खोलामा बगेर बेपत्ता भएकी हुन् । उनी मोहन्याल गाउँपालिका – ५ मा रहेको माईतिघरबाट फर्कने क्रममा वडा नम्बर ४ मा रहेको सुपली खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले कल्पनाको खोजिका लागि इलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिएर खोजतलास भईरहेको जनाएको छ ।
Read More
देशका अधिकांश क्षेत्रमा एकैचोटी विद्युत अवरुद्ध

देशका अधिकांश क्षेत्रमा एकैचोटी विद्युत अवरुद्ध

५ साउन, काठमाडौं । शनिबार साँझ देशभरको विद्युत वितरण प्रणालीमा समस्या आएको छ । काठमाडौंसहित देशको अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको छ । उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो ‘प्रशारण लाइनको ब्याक अप नभएका कारण विद्युत अवरुद्ध भएको हो, विराटनगर वरपरबाहेक अन्य ठाउँमा समस्या भएको छ’, उनले भने । ढल्केबर हेटौंडा प्रशारण लाइन नबनेका कारण र लालबन्दीमा तार फेर्न नपाएका कारण अवरुद्ध भएको प्रवक्ता घोषले जानकारी दिए । ढल्केबर…
Read More
धनगढीमा मोेटरसाइकल दुर्घना हुँदा एक जना घाइते

धनगढीमा मोेटरसाइकल दुर्घना हुँदा एक जना घाइते

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना भएको छ। धनगढी–८ क्याम्पस चोक पेट्रोल पम्प नजिक शुक्रवार सुदूरपश्चिम प्रदेश ०२००४ प २९८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय नरेन्द्र राना घाइते भएका छन्। घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Read More
चम्पारणको सिमलताल घटनाः भारतमा दुई शव फेला परेका छन्।

चम्पारणको सिमलताल घटनाः भारतमा दुई शव फेला परेका छन्।

सिमलताल बस दुर्घटनामा ६५ जना यात्रुमध्ये दुई जनाको शव भारतको बिहार राज्यको पश्चिम चम्पारणमा फेला परेको छ भनी सशस्त्र प्रहरी बल (एपीएफ) ले जानकारी दिएको छ। एपीएफले अहिलेसम्म फेला परेका २३ शवमध्ये १५ जनाको पहिचान भइसकेको र आठ पुरुष र एक महिलाको शवको अझै पहिचान हुन बाँकी रहेको बताएको छ। एपीएफका उपप्रवक्ता शैलेन्द्र थापाले मृतकका शव चितवन जिल्लाको गोलाघाट, सालबास र सिसबारबाट उद्धार गरिएको र थप शवहरू नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी बाँध क्षेत्रमा फेला परेको जानकारी दिए। उपप्रवक्ता थापाले गत बिहीबार चम्पारण नागाहा स्थित नारायणी नदीमा दुई शव फेला परेको जानकारी दिए। भारतको एसएसबी टोली र नेपालका एपीएफको सीमा…
Read More
विदेश जान सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

विदेश जान सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

धनगढीः विदेश जान सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन्। सुदूरपश्चिमबाट विदेश जानेको संख्या वर्षेनि बढ्दो छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेमा पुरुषसँगै महिलाको संख्या पनि बढ्न थालेको छ। साथै वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढ्न थालेको छ। यहाँबाट धेरै संख्यामा जाने तीन देशसहित मलेसिया, ओमन, बहराइन, रोमानिया, जोर्डन, जापान, कोरिया, पोल्यान्ड, कंगो, माल्दिभ्स, इन्डोनेसिया, इजरायल र माल्टा छन्। यसका साथै यूएई, कतार, साउदी र माल्टाका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशबाट ९ हजार ४४७ पुरुषले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन्। ९ सय ४२ महिलाले समेत वैदेशिक…
Read More
बझाङमा जंगली च्याउ खाएर ३ जना बिरामी

बझाङमा जंगली च्याउ खाएर ३ जना बिरामी

बझाङः बझाङमा जंगली च्याउ खाएर ३ जना बिरामी भएका छन्। जिल्लाको दुर्गाथली गाउँपालिका–५ का ४० वर्षीय तिलक पुजारा र उनका छोराहरु १२ वर्षीय दर्सन पुजारा र ५ वर्षीय सुभम पुजारा बिरामी भएका हुन्। जंगली च्याउको तरकारी खादा तीनै जनालाई घर भित्र बेहोस अबस्थामा उनको श्रीमतीले फेला पारेपछि तत्काल जिल्ला अस्पत्ताल बझाङमा पुर्‍याएर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिए। उपचाररत बुवा र कान्छो छोरा सुभमको अबस्था सिरियस रहेकोले दुबै जनालाई थप उपचारको लागि डडेल्धुरा अस्पत्ताल रिफर गरेको जोशीले बताए। जेठो छोरा दर्सन भने सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन्। दिनेश खबर बाट साभार
Read More
एसिया कपमा नेपालको ऐतिहासिक जित

एसिया कपमा नेपालको ऐतिहासिक जित

महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको छ । शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ७२ रनको योगदान दिइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् । करिअरको पहिला अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । उनले त्यसक्रममा ८ चौका प्रहार गर्दै नेपालको इनिङ सम्हालिन् । पुजा महतो ७ रनमा नटआउट रहिन् । नेपालका लागि…
Read More
पूर्वपश्चिम रेलमार्गको लागत ६ खर्ब रुपैयाँले वृद्धि, काम चाहिँ ‘जहाँको त्यहीँ’ हुँदा भविष्य ‘सङ्कटमा’

पूर्वपश्चिम रेलमार्गको लागत ६ खर्ब रुपैयाँले वृद्धि, काम चाहिँ ‘जहाँको त्यहीँ’ हुँदा भविष्य ‘सङ्कटमा’

झन्डै पाँच वर्षअघि ९५५ अर्ब रुपैयाँ अनुमान गरिएको पूर्वपश्चिम विद्युतीय रेलमार्गको संशोधित लागत अहिले बढेर १,५०० अर्ब रुपैयाँ पुगे पनि त्यसका लागि भएका काम 'जहाँको त्यहीँ' जस्तो रहेको जानकारहरूले बताएका छन्। पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्मको पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गका लागि बहुवर्षीय योजना बनाएर बर्सेनि अर्बौँ रुपैयाँ खर्च गर्नुपर्ने बताइन्छ। तर आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले पूर्वपश्चिम रेलमार्ग समेत समेटिने गरी कुल ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको छ। "रेल पूर्वाधार बनाउनु भनेको पैसा नै भएको अवस्थामा समेत समय लाग्ने काम हो, तर पैसा नै नभईकन कसरी काम सुरु गर्ने?" रेल विभागका प्रवक्ता कमलकुमार शाहले बीबीसीसँग भने।…
Read More