26
Jul
बेइजिङ । चीनमा एक जना २४ वर्षीय स्ट्रिमरको निधन भएको छ । मृतक मुकबाङ स्ट्रिमर थिइन् । यसमा दर्शकको मनोरञ्जनका लागि एकै ठाउँमा बसेर ठुलो परिमाणमा खानेकुरा खाइन्छ । चाहिनेभन्दा धेरै खाना खाने र खानेकुरा खेर फाल्ने प्रवृत्तिमा अंकुश लगाउन चीनले सन् २०२० मै मुकबाङ स्ट्रिमिङमा रोक लगाएको थियो । यो नियमको उल्लंघन गर्नेहरूलाई १० हजार युआनसम्म जरिवाना लगाइने व्यवस्था छ । तर अझै पनि चीनमा मुकबाङ स्ट्रिमिङ रोकिएकोे छैन । भ्युज बटुल्नकै लागि पत्याउनै नसक्ने परिमाणमा खानेकुरा खाएर भिडियो बनाउनेहरू त्यहाँ हजारौँ छन् । यही महिना पान सियाओतिङ नाम गरेकी मुकबाङ स्ट्रिमरको मृत्यु भएको छ । पानको आन्द्रा नपचेका खानेकुराले…






