19
Aug
धनगढी:धनगढीमा मृत अवस्थामा फेला परेकी युवतीको शरीरमा निलडाम रहेको खुलेको छ। पीडित परिवारका आफन्तले मृतकको शरीर नाङ्गै रहेको र निलडाम पनि देखिएको जनाएका छन्। हिजो (आइतबार) धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै युवती मृत अवस्थामा फेला परेकी थिइन्। कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएकि थिइन्। आफन्तले भने उनको हत्या भएको भनेका छन्। यस्तै उनीहरूले घटनाको दिन उनकी साथी मोनिका कोठामा नरहेको र महेन्द्रनगर जान्छु भन्दै एक दिन अगाडि गएको बताएका छन्। तिनै साथी फर्किएपछि घटनाको बारेमा जानकारी भएको आफन्तहरुको भनाई छ। अहिले अस्पतालमा राखिएको थापाको शव आफन्तले बुझेका छैनन्।…






