14
Aug
काठमाडौं (हाम्रो खेलकुद)- भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिग समूह चरणका लागि छनोट भएको छ। दशरथ रंगशालामा मंगलवार नेपालको चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै पारो समूह चरणमा पुगेको हो। पारोको जितमा किंगा वाङचुक र विलियम ओकोपोले गोल गरे। लाकेन लिम्बुको गोल सान्त्वना गोलमा सिमित बन्यो। खेलको ३९औं मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो। मोजेजको हेडर पासमा क्लोज रेन्जबाट लाकेन लिम्बुको ट्याप इन गोलमा परिणत भयो। तर यो अग्रता एक मिनेट पनि टिक्न सकेन। गोल भएर रिलिज भएकै बलमा चर्च ब्वाइजका दीप कार्कीले मिस गरेको बलमा किंगा वाङचुकले खाली पोष्टमा गोल गरे। पहिले हाफ एक-एक गोलको बराबरीमा सकियो। खेलको ६७औं मिनेटमा पारोले…






