Skip to main content

धनगढी न्यूज

प्रमुख समाचार

धनगढीको एलाईन्स इन्टरनेशनल मोडेल स्कुलले असार १ गते रक्तदान कार्यक्रम गर्दै

धनगढीको एलाईन्स इन्टरनेशनल मोडेल स्कुलले असार १ गते रक्तदान कार्यक्रम गर्दै

धनगढी । धनगढी-२ बैयाबेहेडीमा रहेको एलाईन्स इन्टरनेसनल मोडेल स्कुलमा रक्तदान कार्यक्रम हुने भएको छ । अहिलेको वर्तमान अवस्थामा रक्त सञ्चार केन्द्रमा रगतको अभाब भएकाले रक्तदान कार्यक्रम हुन लागेको हो । भोलि असार १ गते बिध्यालयमै रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान गरौँ जीवन बचाऔँ भन्ने नारासहित बिहान ८ बजे देखि रक्तदान कार्यक्रम गर्न लागेको बिद्यालय प्रशासनले जनाएको छ । उक्त कार्यक्रममा अभिभाबक,शिक्षक कर्मचारी सहभागी भई बढी भन्दा बढी रगत संकलन गरि अरुको जीवन बचाउन तिर लाग्न प्रिन्सिपल मनोज पन्तले बताएका छन्।
Read More
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको काम प्रारम्भ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको काम प्रारम्भ

कन्चनपुर । भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ  प्राविधिकको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ ।                   नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको बताए । ‘वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको छ’, कार्यकारी निर्देशक गजुरेलले भने, ‘हाम्रो गुरुयोजनाभन्दा आकारमा…
Read More
राष्ट्रपति पौडेल जेनेभामा

राष्ट्रपति पौडेल जेनेभामा

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका छन्। उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा  दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।                     उनले यही जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ ग्लोबल कोलिसन फर सोसल जस्टिसको उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। जेठ ३१ गते नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओका महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको…
Read More

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

३० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।           पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।
Read More
खच्चड हिँडाउँदा लट्ठा चुँडिएको झोलुङ्गे पुलबाट आवागमन बन्द

खच्चड हिँडाउँदा लट्ठा चुँडिएको झोलुङ्गे पुलबाट आवागमन बन्द

अछाम । खच्चड हिँडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ । सोमबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिँडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको उक्त पुलमा आवागमन बन्द गरिएको हो ।                   प्राविधिक नापजाँच, मूल्याङ्कन एवं परीक्षण नगरी उक्त पुलबाट मानिस आवतजावत गर्न जोखिम युक्त हुँदा तत्कालका लागि पुलको दुवै प्रवेश स्थानमा तारजाली लगाइपुल प्रयोगमा रोक लगाइएकोले तत्कालका लागि पुल प्रयोग नगर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अपिल गरे । अछाम जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रि नर्सरी स्कुलमा…
Read More
आज ३३ अंकले बढ्यो नेप्से

आज ३३ अंकले बढ्यो नेप्से

काठमाडौँ : जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३३ दशमलव १५ अंकले बढेको छ। आज नेप्से परिसूचक १ दशमलव ५९ प्रतिशतले बढेर २ हजार ११५ दशमलव २४ को बिन्दुमा कायम भएको हो । आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ। जलविद्युत् कम्पनीहरुको मात्र आज २ अर्ब २८ करोड ७ लाख ९० हजार ८४५ रुपैयाँ बराबरको ५९ लाख ७९ हजार ४४३ कित्ता शेयर किनबेच भएको छ। आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक २ दशमलव…
Read More
सुमनालाई देवेन्द्र पौडेलको सुझाव : शिक्षकको ‘डीएनए परीक्षण’ गर्नु राम्रो होइन

सुमनालाई देवेन्द्र पौडेलको सुझाव : शिक्षकको ‘डीएनए परीक्षण’ गर्नु राम्रो होइन

२९ जेठ, काठमाडौं । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शिक्षकको राजनीतिक आवद्धता नखोज्न वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले बरु शिक्षकले विद्यालय समयमा कस्तो शिक्षण गरेको छ भनेर अनुगमन र नियमन गर्न आग्रह गरे । मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिंदै उनले शिक्षकको राजनीतिक आवद्धता खोजेर गाली गर्ने काम उचित नभएको बताए । ‘आजकल शिक्षकलाई गाली गरेपछि विद्यालय सुध्रिन्छ कि भन्ने तर्क गरिन्छ । ड्राइभरलाई गाडी चलाउँदा राम्रो गरिनस् भनेर गाली गर्दा…
Read More
परामर्शदाता संस्थाको नवीकरणमा कडाइ गर्दै शिक्षा मन्त्रालय

परामर्शदाता संस्थाको नवीकरणमा कडाइ गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थलगत अनुगमनपछि मात्र शैक्षिक परामर्शदाता संस्थाको नवीकरण गर्ने निर्णय गरेको छ । लामो समयसम्म नवीकरण नभएका संस्थाको नवीकरण गर्नुपूर्व मन्त्रालयको उच्च शिक्षा महाशाखाको नेतृत्वमा अनिवार्य स्थलगत अनुगमन गरिने मन्त्रालयले जनाएको छ । हालसम्म शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ अनुसार एक हजार चार सय ७३ वटा संस्था शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्ने गरी दर्ता भएका छन् । विसं २०७५ साल साउन १६ गतेबाट संस्था दर्ता तथा नवीकरणलगायतका कार्य रोकिएका थिए भने शैक्षिक मेला सञ्चालन अनुमतिसमेत दिइएको थिएन । अब नवीकरण भएका संस्थालाई मात्रै…
Read More
कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ

कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय हेमन्त कार्की, टीकापुर नगरपालिका–१ खडेनाका -१९ वर्षीय निराजन सिंह र टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ का १८ बषिएय किशोर रहेका छन्। कार्कीलाई ५१०  मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका- ५ गेटाबाट बिशेष सुचनाकोआधारमा पैदल हिडिरहेको अवस्थामा प्रहरिले नियन्त्रणमा लिएको हो । सिंहलाइ २९० मिलिग्राम लागूऔषधसहित टीकापुर नगरपालिका–१ खडेनाबाट पक्राउ गरिएको हो भने १८ बर्षिय किशोरलाइ उनको घरमा चेकजाँच गर्दा ५४० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। तीनै जनालाई  नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
Read More
अब राज्यका सबै निकायमा शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री पुन

अब राज्यका सबै निकायमा शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री पुन

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन्।   शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने जानकारी गराए। उनले सरकारले भ्रष्टाचारको सफाइ गर्न खोजेको बताउँदै भ्रष्टाचारको सम्बन्धमा फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बीचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै आफूहरूले त्यसको अन्त्य गर्ने बताए। उनले नजिक र टाढाको नभनी दोषी उपर कारबाही गरिने पनि बताए। अर्थमन्त्री पुनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार उभिएको भन्दै…
Read More