15
Aug
काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलतर्फ जाने भित्री सडकमा बुधबार बिहान भ्वाङ पर्यो । झन्डै ३ मिटर क्षेत्र भासिएपछि सडक नै अवरुद्ध भयो । सडकमा भ्वाङ पर्नुको कारण खुलिसकेको छैन । एक साताअघि (साउन २४) काठमाडौंको दरबारमार्गको महेन्द्र सालिकबाट काठमाडौं प्लाजा निस्कने बीचबाटोमै भ्वाङ परेको थियो । त्यो भ्वाङमुनिबाट टुकुचा खोला बगिरहेको छ । टुकुचाको कल्भर्ट जीर्ण भई सडक भासिएको सडक डिभिजन काठमाडौंले जनाएको छ । त्यहाँ ५ मिटर गहिराइ र ४ मिटर चौडाइको भ्वाङ परेको थियो । गत असार १९ मा सोह्रखुट्टेबाट बालाजुतर्फ जाँदै गर्दा नयाँबजारमा बनेको खाडलमा एक मोटरसाइकल नै खस्यो । मोटरसाइकल चालक जसोतसो निस्किए । करिब ३ घण्टा लगाएर काठमाडौं महानगर र सशस्त्र प्रहरी बलको…






