Skip to main content

धनगढी न्यूज

समाज

कञ्चनपुर झलारीकी किशोरीको रहस्यमय बेपत्ता: खोजी कार्य जारी

कञ्चनपुर झलारीकी किशोरीको रहस्यमय बेपत्ता: खोजी कार्य जारी

कञ्चनपुरः कञ्चनपुरमा एक १८ वर्षीया किशोरी बेपत्ता भएकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारीकी १८ वर्षीया ममता नेपाली बेपत्ता भएकी हुन्। उनको खोजीकार्यमा सहयोग गरिदिन वा फेला परेमा ९८१२६५१९४५ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्।
Read More
अत्तरियामा जताजतै जुवाखाल, १९ जना प्रहरी नियन्त्रणमा

अत्तरियामा जताजतै जुवाखाल, १९ जना प्रहरी नियन्त्रणमा

धनगढीः कैलालीको अत्तरियामा जताजतै जुवाखाल चल्ने गरेको पाइएको छ। अत्तरियामा सञ्चालित केही होटल र संघसंस्थाका कार्यालयमा समेत जुवा खेल्न जुवाडे समुह जम्मा हुने गरेको पाइएको हो। २०८१ बैशाख मा मात्र अत्तरियामा ५ जुवाडे पक्राउ परेका थिए। एक लाख ५५ हजार २ सय नगदसहित ५ जुवाडे पक्राउ परेका थिए। अत्तरियामा रहेको रेडसन प्लाजाको दोस्रो तलाको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ५५ हजार २ सय नगदसहित ५ जनालाई पक्राउ गरेको थियो। २०८० असोजमा इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–४ बास्कोटाबाट ५ जुवाडेलाई पक्राउ गरेको थियो। लोकबहादुर खड्काको पसलमा जुवा खेलिरहेको अवस्थामा ३ गड्डी तास र नगद २० हजार ५७० रुपैयाँसहित ५…
Read More
प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

काठमाडौँ, साउन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसक्नुभएको छ । विश्वासको मत हासिल गर्न प्रतिनिधि सभामा उहाँले कम्तीमा १३८ मत पाउनु पर्छ । असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीले सभामा ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । वर्तमान सरकारमा सहभागी दलहरूको अङ्कगणित अनुसार प्रधानमन्त्रीका पक्षमा सहज बहुमत छ । अहिले सरकारमा कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी…
Read More
अफ्रिकामा १ करोड ५० लाख जना शिक्षकको कमी

अफ्रिकामा १ करोड ५० लाख जना शिक्षकको कमी

अफ्रिकामा शिक्षकको अभाव भएको छ । अफ्रिकी संघ एयूले अफ्रिकी देशमा अहिले एक करोड ५० लाख जना शिक्षकको कमी रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एयूका शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तन आयुक्त मोहम्मद बेलहोसिनले घानाको राजधानी अकरामा भइरहेको एउटा सम्मेलनमा बोल्दै अहिले अफ्रिकामा आवश्यकताभन्दा एक करोड ५० लाख जना शिक्षक कमि रहेको बताउनुभएको हो । उहाँले शिक्षकको कमी हुँदा अफ्रिका महादेशको शिक्षा र विकासको आकांक्षा पूरा गर्ने क्षमतामा नकारात्मक प्रभाव पार्ने पनि चेतावनी दिनुभएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्नका लागि शिक्षकको सङ्ख्यामा देखिएको यो खाडललाई कम गर्न आग्रह गरेको छ ।…
Read More
कैलालीको गोदावरीमा लागुऔषधसहित ९८ जना पक्राउ, जोडीहरु समेत नियन्त्रणमा

कैलालीको गोदावरीमा लागुऔषधसहित ९८ जना पक्राउ, जोडीहरु समेत नियन्त्रणमा

धनगढीः कैलालीको गोदावरीमा लागुऔषधमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्। लागुऔषध सेवन, कारोवार र ओसारपसारमा संलग्नहरु गोदावरी नगर क्षेत्रबाट धमाधम पक्राउ पर्न थालेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीले लागुऔषधमा संलग्नहरुलाई खोजीखोजी नियन्त्रणमा लिन थालेका छ। मालाखेतीले आर्थिक वर्ष २०८०/८१ मा ६६ लागुऔषध मुद्दाका ९८ जनालाई पक्राउ गरेको छ। साथै इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) मा एक वर्षको अवधिमा विभिन्न अपराधका तीन सय ८० घटना दर्ता भएका छन्। सो अवधिसम्म सबैभन्दा बढी सार्वजनिक हितविरुद्ध ८४, लागुऔषध ६६, बैंकिङ कसुर ६१, देहत्याग ४५ र आत्महत्या दुरुत्साहनका ४ वटा उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताएका छन्।…
Read More
मनसुनअवधिको विपत्तिमा १२४ को मृत्यु, १४० जना घाइते

मनसुनअवधिको विपत्तिमा १२४ को मृत्यु, १४० जना घाइते

काठमाडौँ : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपद्‍मा परी आजसम्म मृत्यु हुनेको सङ्ख्या एक सय २४ पुगेको छ। बाढीपहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा १२४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्‍चिम प्रदेशमा ११ गरी जम्मा १४० जना घाइते भएका…
Read More
मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी

मुख्यमन्त्री सोडारीकी पत्नी गीता भ्रष्टाचार मुद्दामा दोषी

काठमाडौं – सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा गीतालाई बिहीबार दोषी ठहर गरेको हो । गीतामाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी शिक्षकको जागिर खाएको आरोप थियो । त्यही कसुरमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । कैलालीको धनगढी उपमहानगरपालिका-९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेशन, दिल्लीबाट १० कक्षा पूरा गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकी थिइन् । अख्तियारको छानबिनमा उक्त प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो । अख्तियारले उनीविरुद्ध २०७९…
Read More
प्रविधिमैत्री किसान, धान रोपाइँ र थ्रेसिङ सँगसँगै

प्रविधिमैत्री किसान, धान रोपाइँ र थ्रेसिङ सँगसँगै

धनगढी । कैलालीको कैलारी गाउँपालिका ६ का प्रभात कुमार चौधरी असारमा पाकेको चैते धान भित्र्याएर बर्खे धान रोप्न भ्याइसकेका छन् । चैते धान काटे लगत्तै उनले बर्खे धानको रोपाइँ गरेका हुन् । प्रविधिको विकाससँगै किसानलाई कृषियन्त्रको प्रयोगले खेतीमा सहजता भएको छ । धानको रोपाइँदेखि खेतमै थे्रसिङ गर्ने कृषियन्त्र प्रयोग गर्न थालेपछि पछिल्लो समय एक लटको धानको थ्रेसिङ र अर्को लटको धानको रोपाइँ सँगसँगै सम्भव भएको हो । प्रभात चौधरीले भने, ‘यन्त्र–उपकरण नभएको भए कहाँ गर्न सकिथ्यो रु यन्त्र–उपकरणले खेती गर्न निकै सहज भएको छ ।’ कैलारी–२, कैलारी गाउँका तिलक चौधरीले पनि एक बिघा जमिनमा रोपिएको चैते धान असारमा भित्र्याएका छन् ।…
Read More
गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कम्प्युटर अपरेटर विष्ट पक्राउ

गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कम्प्युटर अपरेटर विष्ट पक्राउ

काठमाडौँ — गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्। विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते (शुक्रबार) थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएका थिए। प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको थियो। गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएका थिए।…
Read More
धनगढीमा सर्पको बिगबिगी, सात घरबाट नगरप्रहरीले समात्यो ‘ब्ल्याक कोब्रा’

धनगढीमा सर्पको बिगबिगी, सात घरबाट नगरप्रहरीले समात्यो ‘ब्ल्याक कोब्रा’

धनगढीः कैलालीको धनगढीमा सर्पको बिगबिगी बढेको छ। वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै सर्पको बिगबिगी बढेको छ। नगर प्रहरीले वडा नम्बर २ देखि वडा नम्बर १४ मा बसोबास गर्ने केही स्थानीयको घरभित्र पसेको सर्पको उद्दार गरेको छ। धनगढी उपमहानगरपालिका–३ फाप्ला नजिकै रहेको रेशम पन्तको घरबाट नगर प्रहरीले सर्पको उद्दार गरेको छ। धनगढी–३ मै पक्की कुवाकी धना बिष्टको घरबाट सर्प समातेर सुरक्षित स्थानमा छोडिएको छ। धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले धनगढी–७ की कल्पना बोहराको घरबाट ब्ल्याक कोब्रा सर्पको उद्दार गरेको छ। धनगढी–१४ मा पनि स्थानीयको घर भएको स्थानबाट कोब्रा सर्प उद्दार गरेर सुरक्षित स्थानमा छोडीएको छ। त्यस्तै धनगढी–१३ हिमाली टोलका…
Read More