06
Jul
धनगढी: सुदूर पश्चिमाञ्चल क्याम्पस एसपीए कलेज र सिद्धार्थ हस्पिटालिटी प्रा.लि. बिच सम्झौता भएको छ । शुक्रवार एक समारोहका बिच एसपीए कलेजको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । देशभर ३२ आउटलेटहरु बाट १८०० जनालाई रोजगारी दिइरहेको सिद्धार्थ हस्पिटालिटी र एसपीए कलेज बिच भएको सम्झौता पत्रमा एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही र सिद्धार्थ हस्पिटालिटीका वइस्ट्रन रिजनल एज्क्युटिभ डाइरेक्टर केशव राज न्यौपानेले हस्ताक्षर गरेका छन् । समझदारीसँगै एसपीए कलेज, कलेजका कर्मचारी, फ्याकल्टीज र विद्यार्थीहरू लाई रेस्टुरेन्ट सेल्स फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट दिने र कर्पोरेट रेटमा सेवा सुविधा प्रदान गर्ने सिद्धार्थ हस्पिटालिटीका वईस्र्टन सिजनल एज्क्युटिभ डाइरेक्टर केशव राज न्यौपानेले बताए ।…






