Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम प्रदेश

कैलालीको सुपली खोलामा बगेर एक महिला हराइन्

कैलालीको सुपली खोलामा बगेर एक महिला हराइन्

कैलालीको सुपली खोलामा बगेर एक महिला बेपत्ता भएकी छिन । शुक्रबार मोहन्याल गाउँपालिका – ४ का २५ वर्षीय कल्पना बम खोलामा बगेर बेपत्ता भएकी हुन् । उनी मोहन्याल गाउँपालिका – ५ मा रहेको माईतिघरबाट फर्कने क्रममा वडा नम्बर ४ मा रहेको सुपली खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले कल्पनाको खोजिका लागि इलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिएर खोजतलास भईरहेको जनाएको छ ।
Read More
धनगढीमा मोेटरसाइकल दुर्घना हुँदा एक जना घाइते

धनगढीमा मोेटरसाइकल दुर्घना हुँदा एक जना घाइते

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना भएको छ। धनगढी–८ क्याम्पस चोक पेट्रोल पम्प नजिक शुक्रवार सुदूरपश्चिम प्रदेश ०२००४ प २९८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय नरेन्द्र राना घाइते भएका छन्। घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Read More
विदेश जान सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

विदेश जान सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

धनगढीः विदेश जान सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन्। सुदूरपश्चिमबाट विदेश जानेको संख्या वर्षेनि बढ्दो छ। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेमा पुरुषसँगै महिलाको संख्या पनि बढ्न थालेको छ। साथै वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढ्न थालेको छ। यहाँबाट धेरै संख्यामा जाने तीन देशसहित मलेसिया, ओमन, बहराइन, रोमानिया, जोर्डन, जापान, कोरिया, पोल्यान्ड, कंगो, माल्दिभ्स, इन्डोनेसिया, इजरायल र माल्टा छन्। यसका साथै यूएई, कतार, साउदी र माल्टाका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशबाट ९ हजार ४४७ पुरुषले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन्। ९ सय ४२ महिलाले समेत वैदेशिक…
Read More
बझाङमा जंगली च्याउ खाएर ३ जना बिरामी

बझाङमा जंगली च्याउ खाएर ३ जना बिरामी

बझाङः बझाङमा जंगली च्याउ खाएर ३ जना बिरामी भएका छन्। जिल्लाको दुर्गाथली गाउँपालिका–५ का ४० वर्षीय तिलक पुजारा र उनका छोराहरु १२ वर्षीय दर्सन पुजारा र ५ वर्षीय सुभम पुजारा बिरामी भएका हुन्। जंगली च्याउको तरकारी खादा तीनै जनालाई घर भित्र बेहोस अबस्थामा उनको श्रीमतीले फेला पारेपछि तत्काल जिल्ला अस्पत्ताल बझाङमा पुर्‍याएर उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिए। उपचाररत बुवा र कान्छो छोरा सुभमको अबस्था सिरियस रहेकोले दुबै जनालाई थप उपचारको लागि डडेल्धुरा अस्पत्ताल रिफर गरेको जोशीले बताए। जेठो छोरा दर्सन भने सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन्। दिनेश खबर बाट साभार
Read More
रोपाइँ सकेर कामको खोजीमा भारत जाने युवाहरुको सिमानामामा घुईचो

रोपाइँ सकेर कामको खोजीमा भारत जाने युवाहरुको सिमानामामा घुईचो

धनगढी । धान रोपाइँ सकिए पछि यति वेला सुदूरपश्चिम प्रदेशको ग्रामीण भेगका युवाहरू धमाधम भारत पस्न थालेका छन् । रोपाइँपछि बेरोजगार युवाहरू सिजन अनुसारको कामको खोजीमा मजदुरी गर्न भारत पस्न लागेका हुन् । प्रदेशका युवाहरु बर्सेनि यो बेला भारत पस्दै आएका छन् । रोपाइँ सकेपछि दसैँसम्मका लागि रोजगारी गर्न उनीहरू भारत जाने गरेका हुन् । अहिले त्रिनगर भन्सार नाका, गड्डाचौकी नाकामा भारत जाने नेपाली युवाको लर्को लाग्ने गरेको छ । कैलालीको कैलारी गाउँपालिका–९ का विन्दु चौधरी रोपाइँ सकेर भारतको हिमाचल प्रदेशको सिमलामा स्याउ टिप्ने काममा जाने तयारीमा छन् । उनी अरुबेला ईंटा बनाउने काम गर्छन् र सिजन अनुसारको खेतीपाती गर्छन् ।…
Read More
मोहनाको बाढीमा फसेका ५ जनाको उद्धार

मोहनाको बाढीमा फसेका ५ जनाको उद्धार

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित नुक्लिपुरमा बाढीमा फसेका व्यक्तिको उद्धार गरिएको छ। नुक्लिपुरबाट दक्षिण मोहना नदीमा बर्षाको कारण आएको बाढीमा फसेका ४ जना महिला र १ जना पुरुषको शुक्रवार सकुसल उद्धार गरिएको हो। शुक्रवार बिहान घाँस काटन गएका केही उनीहरू मोहना नदीमा आएको बाढीको कारण पारिपट्टी  थुनिएका थिए। सशस्त्र प्रहरी र नगर प्रहरीले बोटबाट उनीहरूको उद्धार गरेको हो। दिनेश खबर बाट साभार  
Read More
बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते

बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते

बैतडीः बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–१ स्वालाका हरिसिँ चौक्यालको भान्सा घर भत्किएको हो। घर भत्किँदा उनका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिस्मा चौक्याल घाइते भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका–१ स्वालाका हरिसिँ चौक्यालको भान्सा घर भत्किएको हो। घर भत्किँदा उनका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिस्मा चौक्याल घाइते भएका छन्। दिनेश खबर बाट साभार
Read More
कैलालीमा बस र टिप्पर ठोक्किदा दुर्घटना, ६ जना घाईते

कैलालीमा बस र टिप्पर ठोक्किदा दुर्घटना, ६ जना घाईते

धनगढीः कैलालीमा बस र टिप्पर टोक्किदा दुर्घटना भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीले चलाएको रा १ ख २७३३ नम्बरको टिप्पर र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहराले चलाएको ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर बिहीवार दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उक्त बसमा सवार ६ जना घाईते भएको प्रहरीले जनाएको छ। घाईते हुनेमा बस चालक बोहरा, कैलालीको गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, वर्ष पहिचान नभएकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपीन र एक जना भारतिय नागरिक ३२…
Read More
श्रीमती र छोरी मिलेर हत्या

श्रीमती र छोरी मिलेर हत्या

सर्लाही, साउन ३ गते। सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर आले टोलमा श्रीमती र छोरी मिलेर एक पुरुषको हत्या गरेका छन्। स्थानीय ५९ वर्षीय जङ्गलबहादुर बलको आफ्नै परिवारका सदस्यबाट हत्या भएको हो। प्रहरीले जङ्गलबहादुरको हत्यामा संलग्न श्रीमती ६६ वर्षीया रिता बल र विवाहित छोरी सिरहा जिरोमाइल घर भएकी २५ वर्षीया शीतल लामालाई नियन्त्रणमा लिएको छ। श्रीमती रिता र छोरी शीतल मिलेर घरायसी विवादमा जङ्गलबहादुरलाई मरणासन्न हुने गरी कुटपिट गरी शरीरमा तातो पानी खन्याइदिएका थिए। कुटपिट र शरीरमा तातो पानी खन्याउँदा जङ्गलबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बुधबार दिउँसोतिरकै भए पनि प्रहरीमा बेलुकातिर मात्रै जानकारी प्राप्त भएको थियो। गाउँलेबाट घटनाबारे जानकारी पाउनासाथ…
Read More
डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

डोटीः डोटीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको केआई सिहँ गाउँपालिका–३ बासुदेबिमा ट्याक्टर दुर्घटना भएको हो। दशरथ कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१००२ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर चालक दशरथ र पछाडी सवार रहेका रेखबहादुर पुन घाइते भएका छन्। घाइते दुबै जनालाई उपचारका लागि दिपायल ल्याइएको छ। ट्याक्टर सडकबाट  करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ। ट्याक्टर दुर्घटना हुनुको कारण भने खुलेको छैन्।
Read More