Skip to main content

धनगढी न्यूज

स्वास्थ्य

प्रसिद्ध लोकगायक एलपी जोशीको निधन!

प्रसिद्ध लोकगायक एलपी जोशीको निधन!

बिर्तामोड, साउन ११ गते । पूर्वका चर्चित लोकगायक एलपी जोशीको बिहीबार राति निधन भएको छ । बिहिवार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो । दमक –१ निवासी जोशीले  ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाउनुभएको छ । जुन गीत अहिले पनि कालजयी मानिन्छ । एल.पी.जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो । जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहनुभएको थियो । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए । उमेरले ४ दशक पार गरे पनि जोशी हालसम्म…
Read More
अत्यधिक भोजन सेवन गर्दा एकजनाको निधन!

अत्यधिक भोजन सेवन गर्दा एकजनाको निधन!

बेइजिङ । चीनमा एक जना २४ वर्षीय स्ट्रिमरको निधन भएको छ । मृतक मुकबाङ स्ट्रिमर थिइन् । यसमा दर्शकको मनोरञ्जनका लागि एकै ठाउँमा बसेर ठुलो परिमाणमा खानेकुरा खाइन्छ । चाहिनेभन्दा धेरै खाना खाने र खानेकुरा खेर फाल्ने प्रवृत्तिमा अंकुश लगाउन चीनले सन् २०२० मै मुकबाङ स्ट्रिमिङमा रोक लगाएको थियो । यो नियमको उल्लंघन गर्नेहरूलाई १० हजार युआनसम्म जरिवाना लगाइने व्यवस्था छ । तर अझै पनि चीनमा मुकबाङ स्ट्रिमिङ रोकिएकोे छैन । भ्युज बटुल्नकै लागि पत्याउनै नसक्ने परिमाणमा खानेकुरा खाएर भिडियो बनाउनेहरू त्यहाँ हजारौँ छन् । यही महिना पान सियाओतिङ नाम गरेकी मुकबाङ स्ट्रिमरको मृत्यु भएको छ । पानको आन्द्रा नपचेका खानेकुराले…
Read More
छ वर्षको अनुसन्धानमा निर्मला पन्त हत्या प्रकरण: नतिजाविहीन महँगो प्रयास

छ वर्षको अनुसन्धानमा निर्मला पन्त हत्या प्रकरण: नतिजाविहीन महँगो प्रयास

१० साउन, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । ६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । गृह प्रशासन ‘अनुसन्धान जारी छ, अत्यन्त नजिक पुगेका छौं’ भन्ने रेडिमेट जवाफमा सीमित छ । १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त-१८ का १५ वर्षीय सनी खुनाको ज्यानै…
Read More
सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

सौर्य एयरलाइन्स दुर्घटना : छानबिन गर्न पाँच सदस्यीय आयोग गठन

काठमाडौँ, साउन ९ गते । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । उहाँका अनुसार सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन,  डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल रहनुभएको छ । त्यस्तै शोकका लागि साउन १० गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले २०८१ साल साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय…
Read More
प्रधानमन्त्रीलाई गेटामा विश्वविद्यालय खोल्न आग्रह गर्दै ज्ञापनपत्र

प्रधानमन्त्रीलाई गेटामा विश्वविद्यालय खोल्न आग्रह गर्दै ज्ञापनपत्र

धनगढी: कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र सञ्चानल प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइएको छ। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल सरकारले २०७९ माघ २९ गते गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय अनुसार विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ। उक्त विधेयक चालु अधिवेशनबाट नै पारित गरी विश्वविद्यालय स्थापना र सञ्चालनको वातावरण बनाउन संघर्ष समितिले आग्रह गरेको छ। राज्यबाट सुदूरपश्चिम अहिलेसम्म उपेक्षित पारिएकाले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउनु पर्ने माग गरिएको छ। सरकारलाई ६ सय शय्या क्षमताको अस्पताल चलाउन र विधेयक समेत पास गर्न ज्ञापनपत्रमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको…
Read More
डेढ महिनामा एक हजार ५९२ विपत् घटना: १३३ जनाको मृत्यु, ४८ बेपत्ता

डेढ महिनामा एक हजार ५९२ विपत् घटना: १३३ जनाको मृत्यु, ४८ बेपत्ता

काठमाडौँ, साउन ९ गते  । मनसुन सुरु भएयताको डेढ महिनामा विपत्का घटनामा परी १३३ जनाको मृत्यु भएको छ । जेठ २८ गतेयता एक हजार ५९२ वटा विपत्का घटनामा १३३ जनाको मृत्यु भएको हो । घटनामा १४४ जना घाइते भएका छन् र ४८ जना बेपत्ता छन् । मृतक परिवारलाई व्रmमशः राहत उपलब्ध गराउने कार्य भइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभएको छ । प्रतिनिधि सभामा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले विभिन्न विपत्का घटनामा १३० जनाको मृत्यु भएको जानकारी दिनुभएको थियो । त्यसपछि नेपाल प्रहरीले विवरण अद्यावधिक गरी १३३ जनाको मृत्यु भएको जनाएको छ । विपत्का घटनामा ५९४ पशु चौपायामा नोक्सानी पुगेको र २३१…
Read More
घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलामा महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलामा महिलाको मृत्यु

दार्चुलाः भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ।  जिल्लाको लेकम गाउँपालिका-१ काँटैकी सरिता साउँदको मृत्यु भएको हो । साउँदको आइतबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको उनका आफन्त दीपकबाबु साउँदले बताए ।
Read More
धनगढीस्थित बाबा बिजुली भण्डारमा आगलागी

धनगढीस्थित बाबा बिजुली भण्डारमा आगलागी

धनगढीस्थित बाबा बिजुली भण्डारमा आगलागी भएको खबर छ। धनगढी चौराहमा रहेको बाबा बिजुली भन्डारको गोदाममा आइतवार साँझ बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त आगलागी नगरपालिकाको दमकल, प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएको हो। आगलगीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।  
Read More
सुदूरपशिचम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसले कमलवहादुर शाहलाई बनाउने

सुदूरपशिचम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसले कमलवहादुर शाहलाई बनाउने

नेपाली कांग्रेसले सुदूरपशिचम प्रदेशमा कमलवहादुर शाहलाई नै मुख्यमन्त्री बनाउने भएको छ। अहिले भएको केन्द्रमा कांग्रेस र एमालेको गठबन्धनपछि नेपाली कांग्रेसले शाहलाई नै फेरि प्रदेशको मुख्यमन्त्री बनाउने तयारी गरिरहेको जनाएको हो। नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले केन्द्रमा नेकपा एमाले र माओवादी, रास्वपा लगायतका दलको नयाँ समीकरण बनेपछि गत चैत २२ गते राजिनामा दिएका थिए। यसअघि नेकपा माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्तीको सर्मथनमा १४ महिना सुदूरपश्चिम सरकारको नेतृत्व गरेका शाहले फेरि मुख्यमन्त्रीको जिम्मेवारी पाउने भएका हुन्।मुख्यमन्त्री शाह २०७९ माघ २६ गते सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा नयाँ समिकरणपछि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता दीर्घवहादुर…
Read More
अत्तरियामा लागूऔषध सहित एक अभियुक्तको गिरफ्तारी

अत्तरियामा लागूऔषध सहित एक अभियुक्तको गिरफ्तारी

अत्तरिया – कैलालीको अत्तरियाबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन । शनिबार राती गोदावरी नगरपालिका – १ बिजयनगरबाट लागूऔषध चरेश सहित ५० वर्षीय राम बहादुर रोकाया पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रोकायाले सञ्चालन गरेको होटलबाट लागूऔषध बरामद गरेको थियो । उक्त होटलको काउन्टरको घर्राबाट २६ ग्राम ५७० मिलीग्राम लागूऔषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।
Read More