21
Aug
सरकारीमा काम पाउँदैनन्, निजीले कम पैसामा पेल्छन् काठमाडौँ, भदौ ५ गते । नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ । नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर एमबिबिएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् । एमबिबिएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन् । मणिपाल मेडिकल कलेजबाट एमबिबिएस पास गर्नुभएकी निष्मा शाक्य (नाम परिवर्तन) ले हरेक सरकारी अस्पतालमा करारमा खुल्दा आवेदन दिएको धेरै भयो । उहाँले हालसम्म कुनै अस्पतालमा नाम निकाल्न सक्नुभएन । त्यसबाहेक निजी अस्पतालमा समेत आफ्नो बायोडाटा छाड्नुभएको छ तर कुनै पनि अस्पतालले उहाँलाई बोलाएका…






