19
Aug
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को गोदावरी धाममा धार्मिक महिना साउन महिनाको अबसरमा साउन महिनाको पहिलो दिन देखि लागेको पूजाआजा आज विशेष पूजा आराधनाको कार्यक्रम गरी बिबिधव बिर्सर्जन गरिएको छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने…






