16
Jul
कञ्चनपुर : गत साताको अविरल वर्षापछि तरकारीको मूल्य आकासिएको छ । लगातारको वर्षा र डुबानका कारण बोट नै कुहिएपछि तरकारीको भाउ आकासिएको हो । अहिले बजारमा तरकारीको मूल्य तीन गुणाले बढेको छ । टमाटर प्रतिकिलो दुई सय, लौका र फर्सी डेढ सय, करेला दुई सय, आलु एक सय, काक्रा दुई सय रुपैयाँमा बिक्री भइरहेको छ । एक साताअघिसम्म यीनै तरकारीको मूल्य प्रतिकिलो ५०/६० रुपैयाँ हाराहारी थियो । ‘अहिले त तरकारी छोइसक्नु छैन, मूल्य मात्रै बढेको छैन सहजै पाउन पनि गाह्रो छ,’ महेन्द्रनगर बजारका बासिन्दा वीरेन्द्र जोशी भने, ‘एकै पटक तीनरचार गुणाले मूल्य बढेको छ ।’ एकातिर बाढी र डुबानका कारण स्थानीय…






