Skip to main content

धनगढी न्यूज

सूचना प्रबिधि

७ लाख नगद राशिसहितको कोडफेष्ट २०२४ आयोजना हुँदै

७ लाख नगद राशिसहितको कोडफेष्ट २०२४ आयोजना हुँदै

कोड फर चेन्ज नेपालले कोडफेष्ट २०२४ का लागि पूर्व घोषित मितिको दर्ता कार्य तथा कार्यक्रमको रुपरेखामा व्यापक हेरफेर गरेको छ । सेप्टेम्बर १७ अन्तिम मिति तोकिएकोमा हाल उक्त दर्ता मिति २०२४ नोभेम्वर १० सम्म राखिएको छ । कोडिङमा आकर्षित विद्यार्थीहरुको बृहत सहभागिता तथा पहिले नै दर्ता भैसकेका १७१ टिम लगायतलाई अधिकतम फाइदा पुग्ने गरी सो दर्ता अवधी तोकिएको आयोजकले जनाएको छ । दर्ता शुल्क रु. ५००० तोकिएको भएता पनि क्याम्पसमा अध्ययनतर विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष छुटको व्यवस्था समेत गरिएको छ । जसमा कुनै एउटै क्याम्पसबाट तीन ओटा टिम दर्ता भएमा जम्मा दुई ओटा टिमले मात्र दर्ता शुल्क बुझाउनु पर्नेछ…
Read More
राज्य व्यवस्था समितिमा गृहमन्त्रीमाथि प्रश्नैप्रश्न

राज्य व्यवस्था समितिमा गृहमन्त्रीमाथि प्रश्नैप्रश्न

१५ असोज, काठमाडौं । सरकारले समयमै ध्यान नदिँदा बाढी, पहिरो र डुवानका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गत शनिबारको बाढी पहिरो र डुवानको समस्यामा सरकारको कामबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकलाई बोलाएको थियो । बैठकमा रक्षामन्त्री मानवीर राईलाई पनि बोलाइएको थियो । तर, अधिकांश सांसदले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले विपदका बेला पनि सरकारले नियमित समयमा भन्दा बढी काम नगरेको आरोप लगाए । गृहमन्त्री लेखकले स्रोत साधनले भ्याएसम्म काम गरेको बताएपछि उनले…
Read More
टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

टिकटकमाथिको प्रतिबन्ध हटाइँदै

काठमाडौँ — सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारीमा सरकार लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध हटाउन निर्देशन दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यससम्बन्धमा प्रक्रिया थालेको हो । कुनै निश्चित सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा गलत सन्देश जाने भन्दै ओलीले मन्त्रिपरिषद् बैठकमै टिकटक खुलाउने विकल्पमा अनौपचारिक छलफलसमेत गरेको स्रोतको भनाइ छ । ‘अहिले छलफलकै क्रममा छ, विज्ञ र सम्बन्धित प्रतिनिधिसँग छलफल भइरहेको छ,’ सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले भने, ‘टिकटक युवाको रचनात्मक अभिव्यक्ति साझा गर्ने प्लेटफर्म भएको र अभिव्यक्ति स्वतन्त्रता संरक्षणका बारेमा सचेत रहेर कार्य गर्न प्रधानमन्त्रीले दिनुभएको सुझावअनुसार…
Read More
केही स्थानमा भारी वर्षाको सम्भावना

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ ५ गते । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले बुधबार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई…
Read More
अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

काठमाडौं-  दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मूलकी नर्स ममता काफ्ले अझै सम्पर्कविहीन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ। भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँगसमेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गराएको जनाएको छ। प्रहरीको अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। उनी २७ जुलाइमा युभीए हेल्थ  प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको र उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका पाइएको…
Read More
विराज र समीरको एक्सनमा ‘१२ गाउँ’ टिजर

विराज र समीरको एक्सनमा ‘१२ गाउँ’ टिजर

आगामी असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट २१ सेकेण्ड लम्बाईको टिजरमा अभिनेता विराज भट्ट र उनका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत भएका छन् । विराजको ‘भ्वाइस ओभर’बाट सुरु भएको टिजरमा समीरलाई योद्धाको रुपमा चित्रित गरिएको छ । टिजर हेर्दा फिल्मले बदलाको कथा उठाएको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको छ । विराज र समीर दुवै एक्सनमा छरितो देखिन्छन् । तर, टिजरमा समीरको संवाद छैन । उनले यही फिल्मबाट डेब्यु गरेका हुन् । लामो समय भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका…
Read More
टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्दै, आज ४ घण्टा सेवा प्रभावित हुने

टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्दै, आज ४ घण्टा सेवा प्रभावित हुने

काठमाडौं - नेपाल टेलिकमले आज ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्दै छ ।   ' ग्राहक सेवा प्रणालीको स्तरोन्नति कार्य आज राति हुने भएकोले राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । टेलिकमले आज सूचना जारी गरी स्तरोन्नति कार्य नियमित भएको पनि उल्लेख गरेको छ ।
Read More
अन्तर्राष्ट्रिय प्रतियोगितामा कैलालीका तीन स्कुलद्धारा प्रथम , द्धितिय र चौथो स्थान प्राप्त

अन्तर्राष्ट्रिय प्रतियोगितामा कैलालीका तीन स्कुलद्धारा प्रथम , द्धितिय र चौथो स्थान प्राप्त

R.A.N पब्लिक स्कुल , रुद्रपुर , भारतद्धारा आयोजना गरिएको दक्षिण एसिया कोडआर्ट २४ फेष्ट अन्तर्गत Robo Car War प्रतियोगितामा कैलालीका ३ स्कुलले विभिन्न विजयी स्थान हात पारेका छन् । अगस्त १२ तारिखका दिन आयोजित उक्त प्रतियोगितामा नेपालबाट ४ तथा भारतको उद्यमसिंह नगर जिल्लाका ९ स्कुलको सहभागिता रहेको थियो । रोबो कार वारमा अत्तरियाको सत्यवती एकेडेमीले प्रथम , धनगढीको ग्ली एकेडेमीले दोस्रो तथा अत्तरियाकै जनकल्याण स्कुलले चौथो स्थान हासिल गरेका हुन् । सो प्रतियोगिताको लागि निर्णायकको रुपमा जि.बि.पन्त विश्वविद्यालयका प्राध्यापकहरु रहेका थिए । विजेताहरुलाई नगद पुरस्कार , ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
Read More
घुस दिएर सुदूरपश्चिममा रिसोर्ट र केबलकार बनाउँदै ढकाल

घुस दिएर सुदूरपश्चिममा रिसोर्ट र केबलकार बनाउँदै ढकाल

धनगढी: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिममा केबलकार सहितको रिसोर्ट सञ्चालनमा ल्याउने भएका छन्। ढकालले कैलालीको चिसापानी क्षेत्रमा केबलकार बनाउन लागेका हुन्। त्यसकै सिलसिलामा आज बिहान कैलालीको चिसापानी क्षेत्रको पहाडी भूभागतिर ढकाल ट्रेकिङमा गएका थिए।उनले राजमार्गसँगैको चिसापानीदेखि राजकाँडासम्म उनले लौरो टेकेर यात्रा गरेका थिए। करिब साढे तीन घण्टा लामो ट्रेकिङ गर्दै उनी राजकाँडा पुगेको बताइन्छ। सोही स्थानमा उनी अध्यक्ष रहेको आईएमई ग्रुपले केबलकार र रिसोर्ट निर्माण गरिरहेको छ। जाल्पादेवी केबलकार निर्माणपछि सो क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धन हुने ढकालको विश्वास छ। तर ढकालले सो क्षेत्रमा आफ्नो योजना लागू गराउन घुस दिनेदेखि शक्तिकेन्द्रलाई खुसामद गराउनेसम्मको हतकन्डा अपनाएको पनि…
Read More
३ दिन सम्म मौसम सक्रिय सतर्क रहन आग्रह

३ दिन सम्म मौसम सक्रिय सतर्क रहन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । २०८१ साउन २८ गते (सोमबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको…
Read More