Skip to main content

धनगढी न्यूज

सुरक्षा र कुटनिती

धनगढीमा आस्था मृत्युकाण्ड: नाङ्गो शरीरमा निलडाम, साथी कता ?

धनगढीमा आस्था मृत्युकाण्ड: नाङ्गो शरीरमा निलडाम, साथी कता ?

धनगढी:धनगढीमा मृत अवस्थामा फेला परेकी युवतीको शरीरमा निलडाम रहेको खुलेको छ। पीडित परिवारका आफन्तले मृतकको शरीर नाङ्गै रहेको र निलडाम पनि देखिएको जनाएका छन्। हिजो (आइतबार) धनगढी उपमहानगरपालिका-१ काे चकमेली चाेक नजिकै युवती मृत अवस्थामा फेला परेकी थिइन्। कञ्चनपुरकाे बेलाैरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएकि थिइन्। आफन्तले भने उनको हत्या भएको भनेका छन्। यस्तै उनीहरूले घटनाको दिन उनकी साथी मोनिका कोठामा नरहेको र महेन्द्रनगर जान्छु भन्दै एक दिन अगाडि गएको बताएका  छन्। तिनै साथी फर्किएपछि घटनाको बारेमा जानकारी भएको आफन्तहरुको भनाई छ। अहिले अस्पतालमा राखिएको थापाको शव आफन्तले बुझेका छैनन्।…
Read More
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर

पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ। खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले मुद्दा दायर गरेका हुन्। अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन्। खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौं रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलले दाबी गरेका छन्। कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन्। सही सुराकीलाई नदिइकन नक्कली सुराकी खडा गरी सुराकी रकम लिन…
Read More
धनगढीमा एचए पढ्ने बेलौरीकी आस्था मृत फेला

धनगढीमा एचए पढ्ने बेलौरीकी आस्था मृत फेला

धनगढी: धनगढीमा एक किशोरी मृत फेला परेकी छन्। आज (आइतबार) धनगढी उपमहानगरपालिका १ मा किशोरी मृत फेला परेकी हुन्। कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा भाडामा बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार थापा आफू बस्ने कोठाको झ्यालको ग्रीलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनी शैलेश्वरी स्कुल अफ हेल्थ साइन्समा एचए प्रथप वर्षमा अध्यनरत थिइन्। निकटस्थ स्रोतका अनुसार प्रेम सम्बन्धमा थिइन्। अहिले प्रहरीले भने घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
Read More
दुई दल मात्रै रहने गरी संविधान संशोधन गर्न खोजे मान्दैनौँ : भुसाल

दुई दल मात्रै रहने गरी संविधान संशोधन गर्न खोजे मान्दैनौँ : भुसाल

काठमाडौं : राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताएका छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको बताए। उनले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने? कस्तो संशोधन गर्ने? केका निम्ति संशोधन गर्ने? भन्ने प्रश्न रहेको बताए। उनले दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने चेतावनी दिए। उनले भने, ‘अनियमितता बढेर गएका छन्। बेरुजु बढेर गएको छ। भ्रष्टचार बढेर गएको छ। यसलाई नियन्त्रण…
Read More
रोल्पामा पहिरोले पुरिँदा एकको मृत्यु

रोल्पामा पहिरोले पुरिँदा एकको मृत्यु

रुकुमपूर्व, भदौ २ गते । लगातार वर्षापछि आएको पहिरोले घर भत्किँदा रोल्पाको लिबाङमा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोले लिबाङ स्थित मण्डली भत्किँदा आइतबार बिहान महिलाको मृत्यु भएको हो । आइतबार बिहान ४ बजेतिर रोल्पा नगरपालिका–२ मूल पानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेका रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षीया धनजिता बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । अत्यधिक वर्षापछिको पहिरोले निर्माणाधीन मण्डली भत्किँदा पुरिएर ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो । उक्त घटनामा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ मौलावन घर भई सोही मण्डलीमा बस्ने १८ वर्षीया नौभा घर्ती…
Read More
कञ्चनपुरको भुजेला बस्तीमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित

कञ्चनपुरको भुजेला बस्तीमा चितुवा देखिएपछि स्थानीयबासी त्रसित

कञ्चनपुर: भीमदत्त नगरपालिका-११ भुजेलामा चितुवा देखिएपछि स्थानीयबासी त्रसित भएका छन् । स्थानीयले शनिबार बिहान बस्तीमा चितुवा देखेका हुन् । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमखु भीम प्रसाद कँडेलले भाुजेला खोला र नजिकै रहेको माछा पोखरीकोबीचमा चितुवा देखिएको बताए । अहिले चितुवालाई केज (खोर) मा फसराउने प्रयास भइरहेको उनले बताए । एकातर्फ बाख्राको पाठो बाँधेर नजिकै दुई वटा केज राखिएको उनले बताए । वन कार्यालय र निकुञ्जका कर्मचारीले निगरानी गरिरहेका छन् । चितुवालाई नियन्त्रणमा लिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई हात्ती समेत परिचालन भएको डिभिजन वन अधिकृत कँडेलले बताए । उनका अनुसार केजमा फसाउन नसकेपछि डाट गरेर पनि नियनत्रणमा लिने प्रयास गरिने बताए ।…
Read More
कैलाली: घोडाघोडीमा एक जना मृत अवस्थामा फेला

कैलाली: घोडाघोडीमा एक जना मृत अवस्थामा फेला

   
Read More
टीकापुरमा एक महिला मृत फेला

टीकापुरमा एक महिला मृत फेला

धनगढीः कैलालीको टीकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको टीकापुर नगरपालिका–२ मिलनचोक स्थित बिष्टपाटी कुलोमा सोही ठाउँ बस्ने बर्ष ३५ की बालकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन्। सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ।
Read More
अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

काठमाडौं-  दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मूलकी नर्स ममता काफ्ले अझै सम्पर्कविहीन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ। भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँगसमेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गराएको जनाएको छ। प्रहरीको अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। उनी २७ जुलाइमा युभीए हेल्थ  प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको र उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका पाइएको…
Read More
दूधकोशीमा आएको बाढीले थला पर्‍यो सुन्दर थामे गाउँ

दूधकोशीमा आएको बाढीले थला पर्‍यो सुन्दर थामे गाउँ

सोलुखुम्बु- सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा आएको बाढीले थामे गाउँलाई बिरुप बनाएर गएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आउँदा थामे गाउँमा ठूलो क्षति भएको हो बाढीले थामे गाउँका कयौँ घर पुरिएका छन् केही बगेका छन् । स्कुलदेखि होटल र रेस्टुराँसमेत दूधकोशीको बाढीमा पुरिएका छन् । थामे गाउँमा मात्रै कम्तीमा पनि २० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । दिउँसोको समय भएकाले मानवीय क्षति भएको छैन । एकजना भने बेपत्ता भएको खबर आएको छ । सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि प्रहरी र सेना परिचालन गरेर…
Read More